रैना भारत फर्कनुको कारण यस्तो, सफलता टाउकोमा चढेको टिम मालिकको आरोप

१३ औं आईपीएलमा सहभागी हुन युएई पुगेका सुरेश रैना अचानक लिग नखेल्ने निर्णय लिंदै भारत फर्किने निर्णय लिएको खबरपछि त्यसपछाडीको कारण बारे बिभिन्न अड्कलबाजी भइरहेको छ। टिमको मुख्य ब्याट्सम्यान नखेल्दा लिग जित्ने दावेदार टिम चेन्नाई टिम तथा फ्यानहरुमा चिन्ता छाएको छ। रैनाको टिम चेन्नाईले त्यसको पछाडी पारिवारिक कारण रहेको बताएको थियो। 

तर आइतबार भारतीय पत्रिका दैनिक जागरणले रैना फर्कनु पछाडीको कारण चेन्नाई सुपर किंग्सको व्यवस्थापनसंग होटलको कोठालाई लिएर भएको विवाद रहेको दावी गरेको छ। टिम व्यवस्थापनले रैनाको माग पुरा नगरेको कारण उनले घर फर्कने फैसला लिएका थिए। टिम व्यवस्थापनले अझै पनि रैनालाई फर्कने ढोका खुला राखेको बताईएको छ।

के भएको थियो : यो कुरा अगाडी आएको छ कि २१ अगस्टमा युएई पुगेपछि दिईएको कोठा रैनालाई चित्त बुझेको थिएन। रैना कोरोनाबाट जोगिन पुरा सुरक्षा अपनाउन चाहने त्यसकारण उनि कप्तान महेन्द्र सिंह धोनीलाई उपलब्ध गराइएको जस्तै कोठामा बस्न चाहन्थे।


यो कुरा पनि अघि आएको छ कि जुन होटलमा टिम क्वारेन्टाइनमा बसेको छ त्यहाँ रैनालाई दिईएको कोठामा बालकनी ( बार्दली ) पनि थिएन। उक्त कोठामा रैना बस्न असहज महसुस गरेका थिए। त्यसपछि धोनीले रैनालाई शान्त गर्न नसक्दा स्थिति नियन्त्रण बाहिर पुगेको थियो। चेन्नाई टिमका कुल १३ जना सदस्यमा कोरोना संक्रमण पाइए पछि रैना अझ भयभित भएका थिए। दैनिक जागरणले लेखेको छ। 

‘कहिलेकाहीं सफलता तपाईको टाउकोमा चढ्छ’ – टिम मालिक श्रीनिवासन 

चेन्नाई टिमका मालिक तथा भारतीय क्रिकेट बोर्डका पूर्व अध्यक्ष एन. श्रीनिवासनले रैना अचानक भारत फर्किएपछि टिमलाई धक्का पुगेको तर कप्तान धोनीले स्थितिलाई राम्रोसंग सम्हालेको बताएका छन्। श्रीनिवासनलेले रैनाको व्यवहार पुरानो जमानाको ‘सन्की’ कलाकार भएको बताउदै चेन्नाई टिम सधै परिवार जस्तो रहेको र सबै वरिष्ठ खेलाडीहरुले एक साथ रहन सिकेको पनि आउटलुकसंग बताएका छन्।

“सिजन अझै सुरु भएको छैन र रैनाले पक्कै महसुस गर्नेछन् कि उनको निर्णयले सबै पैसा ( ११ करोड भारु ) गुमाउदै छन्।” उनले रैनालाई आफुले गुमाएको कुरा महसुस हुने र पुनः टिममा फर्कने चाहने पनि बताएका छन्।

धोनीसंग टिम मालिक श्रीनिवासन

“मेरो सोच यही हो कि यदी तपाई खुसि हुनुहुन्न भने फर्किन सक्नुहुन्छ, म कसैलाई दवाव दिन सक्दिन। कहिले कहीं सफलता तपाईको टाउकोमा चढ्छ।” श्रीनिवासनले थपे।

श्रीनिवासनका अनुसार चेन्नाई टिम रैनाको विषयबाट बाहिर आइसकेको र धोनीले आफुलाई कुनै चिन्ता नलिन र कोरोनाबाट सतर्क रहन आग्रह गरेको बताएका छन्। टिमका २ खेलाडी दिपक चाहर र ऋतुराज गायकवाडलाई कोरोना संक्रमण पाइएको थियो। टिम सेप्टेम्बर १ सम्म दोश्रो पटक क्वारेन्टाइनमा बस्नेछ।

रैना फेरी चेन्नाईबाट नखेल्ने संकेत 

भारतीय समाचार एजेन्सी प्रेस ट्रस्ट इन्डियाले ( पीटिआई ) आईपीएलको एक विश्वासिलो श्रोतलाई उल्लेख गर्दै ३२ वर्षीय खेलाडीको व्यवहारले चेन्नाई टिम खुसि नरहेको बताएको छ।

“चेन्नाई टिमको प्रशिक्षक, कप्तान र व्यवस्थापकलाई होटलको ‘सुइट रुम’ दिने गरिन्छ। तर, रैनालाई पनि ‘सुइट रुम’ दिईएको थियो। यति हो कि रैनाको रुममा बालकनी थिएन।”  श्रोतले पीटिआईलाई बताएको छ।

“यो बारेमा बहस भएको थियो तर मलाई यो कुराले भारतनै फर्किने निर्णय गर्नुपर्ने जस्तो लाग्दैन। चेन्नाई टिममा बढेको कोरोना कहरका कारण त्यो निर्णय लिएको हुनसक्छ।” उनले थपे।

उनका अनुसार रैना र टिम बीचको विवाद पछि आगामी सिजन अप्रिल २०२१ मा आयोजना हुने अर्को सिजन पनि रैना चेन्नाईबाट खेल्ने सम्भावना कम रहेको छ। रैनालाई पहेंलो जर्सीमा चेन्नाई फ्यानहरुले देख्ने सम्भावना कम रहेको छ।

“यो सिजनको लागि उनि उपलब्ध नरहेको बिज्ञप्तिमा चेन्नाईले बताईसकेकको छ। टिमका उच्च अधिकारी र रैना बीच केहि गलत पक्कै भएको छ। अब उनि पुनः चेन्नाई फर्कने सम्भावना कम छ। हुनसक्छ कि अर्को सिजन उनि अक्सनमा हुनेछन् र अन्य कुनै टिमले उनलाई लिनेछ।” श्रोतले बतायो।

काकाको मृत्यु पनि हुनसक्छ कारण 

यस्तै भारतीय मिडियाहरुले रैना घर फर्कनुको कारण भर्खरै भएको काकाको निधन पनि हुनसक्ने लेखेको छ। केहिले टिमको सदस्यहरु कोरोना संक्रमित भएपछि आफ्नो स्वास्थ्यको चिन्ता पनि कारण हुनसक्ने बताएका छन्।  सुरेश रैनाले भने अझै पनि भारत फर्कनुको कारण बताएका छैनन्।

आईपीएल इतिहासकै दोश्रो सर्वाधिक रनकर्ता हुन् रैना

चेन्नाईका प्रमुख ब्याट्सम्यान रैना आईपीएल इतिहासकै दोश्रो सर्वाधिक रनकर्ता हुन्। उनले १९३ खेल खेल्ने क्रममा ५ हजार ३ सय ६८ रन बनाएका छन्। बिराट कोहली ( ५४१२ ) पछि लिगमा ५ हजार रन पुरा गर्ने रैना दोश्रो ब्याट्सम्यान हुन्। रैना आईपीएल नखेल्ने भए पछि प्रतियोगिता अघि टिमलाई अर्को झट्का लागेको छ। शुक्रबार मात्रै टिमका एक जना तिब्र गति बलर सहित ९ जना अन्य स्टाफमा कोरोना संक्रमण देखिएपछि टिम थप केहि दिन क्वारेन्टाइनमा बस्नु पर्ने भएको थियो।

आईपीएलको १३ औं सिजन सेप्टेम्बर १९ देखि युएईमा सुरु हुँदैछ।

यो पनि पढ्नुस :-

IPL : ५ महिना पछि अभ्यासमा फर्किए कोहली ( फोटो फिचर )

मोर्गन र मलान चम्किदा इंग्ल्यान्डको शानदार जित

निकोलस पुरनको सिपिएल इतिहासकै तेश्रो छिटो शतक, गायनाको जित

IPL : चेन्नाईलाई अर्को झट्का, चाहर पछि अर्को खेलाडीलाई पनि कोरोना

IPL 2020 : पर्पल क्याप जित्न सक्ने ५ बलर

IPL : दिल्लीले भित्र्याएको अस्ट्रेलियन बलर जसको नाममा छ बिग ब्यास लिगको २ ठुलो रेकर्ड

CPL : छैठौं खेलमा पनि सन्दिपले लिए २ विकेट, सर्वाधिक विकेटकर्ताको सूचीमा चौथो स्थानमा





थप समाचार

अनिल र आशिफको अर्धशतकमा नेपाल विजयी

काठमाडौं । ओपनर आशिफ शेख तथा अनिल शाहको अर्धशतकको सहयोगमा नेपालले वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ […]

अन्तिम खेल जित्न नेपाललाई १७३ रनको लक्ष्य

काठमाडौं । वेस्ट इन्डिज ए विरुद्धको पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा अन्तिम खेल जित्न नेपालले १ सय ७३ रनको […]

नेपालले टस हार्यो, नेपाली टिममा दुई परिवर्तन

काठमाडौं । वेस्ट इन्डिज ए सँगको पाँच खेलको टी-२० सिरिजको पाँचौ खेलमा नेपालले टस हारेको छ । वेस्ट इन्डिज ए […]

विश्वकपका लागि अमेरिका र वेस्ट इन्डिजको टोली घोषणा

काठमाडौं । आगामी जुनमा आयोजना हुने टी-२० विश्वकपको संयुक्त आयोजक रहेका अमेरिका र वेस्ट इन्डिजले विश्वकपका लागि टोली घोषणा गरेका […]

वेस्ट इन्डिज ए सँगको अन्तिम खेल आज

काठमाडौं । नेपाल भ्रमणमा रहेको वेस्ट इन्डिज ए र नेपालको सिनियर राष्ट्रिय टोलीबीचमा जारी पाँच खेलको टी-२० सिरिजको पाँचौ तथा […]

विश्वकपमा नेपालको खेलतालिका यस्तो छ

काठमाडौं । नेपालले आगामी जुनमा अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने टी-२० नवौं संस्करणको विश्वकपमा सहभागीता जनाउदै छ […]