सुर्यकुमार र रोहितको कप्तानीमा भारतीय टोलीको घोषणा

काठमाडौं । समान तीन तीन खेलको टी-२० आई तथा ओडिआई सिरिजका लागि श्रीलंका भ्रमणमा निस्कन लागेको भारतीय टोलीको घोषणा भएको छ ।

गत महिना अमेरिका र वेस्ट इन्डिजमा भएको टी–२० विश्वकप जितेको भारतीय टोलीको कप्तानमा हार्दिक पाण्ड्यालाई पछि पार्दै सूर्यकुमार यादवलाई नयाँ टी–२० कप्तानको जिम्मेवारी दिइएको छ ।

विश्वकपमा उपकप्तानको भुमिकामा रहेका पाण्ड्या टिम रहे पनि शुभमन गिललाई उपकप्तानको जिम्मेवारी दिईएको छ । गिलले जिम्बावेविरुद्धको पाँच खेलको टी–२० सिरिजमा भारतको कप्तानी गरेका थिए ।

तीन खेलको टी–ट्वान्टी जुलाई २७, २८ र ३० मा श्रीलंकामा हुनेछ । जुन भारतका नयाँ प्रशिक्षक गौतम गम्भीरको पहिलो जिम्मेवारी पनि हो । यसलाई सन् २०२६ मा भारत र श्रीलंकामा आयोजना हुने टी–२० विश्वकपका लागि सुरुआतका रुपमा हेरिएको छ ।

विश्वकप जितेपछि रोहित शर्माले टी–२० बाट सन्यास लिएपछि नयाँ कप्तानको खाँचो परेको हो । यद्यपि हार्दिक टी-२० विश्वकपमा रोहितको उपकप्तान थिए र पाण्ड्यालाई कप्तानीको अधिक अनुभव समेत रहेको थियो ।

उनले भारतका लागि तीन एकदिवसीय र १६ टी-२० आईमा कप्तानी गरिसकेका छन् । साथै उनले आईपीएलमा गुजरात टाइटन्स र मुम्बई इन्डियन्सको नेतृत्व गरेका छन् ।

श्रीलंका भ्रमणका लागि सूर्यकुमारलाई एकदिवसीय टोलीमा समावेश गरिएको छैन भने हार्दिकले पनि ५० ओभरको अन्तर्राष्ट्रिय खेलबाट विश्राम लिइरहेका छन् ।

ओडिआईमा भने नियमित कप्तान रोहित शर्मा नै रहेका छन् । ओडिआईमा पनि उपकप्तानको जिम्मा शुभमन गिलले नै पाएका छन् ।

टी-२० आई टिम

सूर्यकुमार यादव (कप्तान), शुभमन गिल (उपकप्तान), यशस्वी जयसवाल, रिंकू सिंह, रियान पराग, ऋषभ पन्त, सन्जु स्यामसन, हार्दिक पाण्ड्या, शिवम दुबे, अक्षर पटेल, वासिङ्टन सुन्दर, रवि बिश्नोई, अर्शदीप सिंह, खलील अहमद, मोहम्मद सिराज

एकदिवसीय टिम

रोहित शर्मा (कप्तान), विराट कोहली, केएल राहुल, ऋषभ पन्त, श्रेयस अय्यर, शिवम दुबे, कुलदीप यादव, मोहम्मद सिराज सिराज, वाशिंगटन सुंदर, अर्शदीप सिंह, रियान पराग, अक्षर पटेल, खलील अहमद, हर्षित राणा।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]