हार्दिकलाई पछि पार्दै सुर्यकुमार नयाँ कप्तान बन्दै

२०८१ श्रावण २, बुधबार १०:१२

काठमाडौं । भर्खरै सकिएको टी-२० विश्वकपको उपाधि जितेको भारतीय टोलीको यस महिनाको अन्त्यमा हुने श्रीलंका भ्रमणमा टी-२० टोलीको कप्तानीमा सुर्यकुमार यादव रहने सम्भावना रहेको छ ।

भारतीय संचारमाध्यमका अनुसार कप्तानीको दावेदार रहेका हार्दिक पान्ड्यालाई पछि पारेर यादवले टोलीको कप्तानीको सम्भावना रहेको छ । सन् २०२४ को टी–२० विश्वकपको उपाधि जितेपछि नियमित कप्तान रोहित शर्माले यस फर्म्याटको अन्तर्राष्ट्रिय क्रिकेटबाट सन्न्यास लिएका छन् ।

नियमित कप्तानको सन्यास पछि टोलीले २०२६ को विश्वकपका लागि कप्तानको तयारी गरिरहेको छ । यस्तोमा पान्ड्यालाई पछि पारेर यादवले कप्तानको जिम्मेवारी पाउँन लागेका हुन् ।

सूर्यकुमारलाई नयाँ जिम्मेवारी दिनुमा हार्दिकको चोटको समस्या प्रमुख कारण मानिएको छ। यसअघि पनि सूर्यकुमारले भारतीय टोलीको कप्तानी गरिसकेका छन्।

अष्ट्रेलियाविरुद्धको घरेलु टी–२० सिरिजमा पनि सूर्यकुमारले भारतीय टोलीको नेतृत्व गरेका थिए । चोटले पछिल्ला केही वर्षदेखि हार्दिकलाई सताइएको छ। गत वर्ष एकदिवसीय विश्वकपमा बंगलादेशविरुद्धको खेलमा बलिङ गर्दा उनको खुट्टामा चोट लागेको थियो।

बुधबार छनोट समितिले आगामी श्रीलंका भ्रमणका लागि टोली घोषणा गर्न सक्नेछ । जुलाई २६ बाट सुरु हुने यो भ्रमण तीन खेलको टी–२० सिरिजबाट सुरु हुनेछ । ट्वान्टी–२० खेल पल्लेखेले र तीन एकदिवसीय खेल कोलम्बोमा खेलाइनेछ।

यो भ्रमण भारतीय प्रशिक्षकका रुपमा गौतम गम्भीरको पहिलो भ्रमण पनि हुनेछ । राहुल द्रविडको कार्यकाल सकिएपछि गम्भीरलाई हालै मुख्य प्रशिक्षकमा नियुक्त गरिएको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy