आठौँ राष्ट्रिय : सुशन भारि लगातार तेश्रो खेलमा उत्कृस्ट, एपीएफ र आर्मी सेमीफाइनलमा

  • विकेटनेपाल, बैशाख-७, शनिवार 

आठौँ राष्ट्रिय खेलकुदको पुरुष क्रिकेट अन्तर्गत आज बिहान सम्पन्न खेलहरु जित्दै शशस्त्र प्रहरी बल ( एपीएफ ) र त्रिभुवन आर्मी क्लबले सेमीफाइनलमा स्थान पक्का गरेका छन्। कोहलपुर मैदानमा सम्पन्न खेलमा त्रिभुवन आर्मी क्लबले प्रदेश-१ लाई तथा भैरहवामा सम्पन्न खेलमा एपीएफले प्रदेश-४ लाई पराजित गर्यो।

समुह ‘ए’ बाट एपीएफ र समुह ‘बि’ बाट त्रिभुवन आर्मी क्लबले सेमीफाइनलमा स्थान पक्का गरेको छ।

त्रिभुवन आर्मी Vs प्रदेश-१ : सुशन भारि लगातार तेश्रो खेलमा उत्कृस्ट 

सुशन भारि लगातार तेश्रो खेलमा प्लेयर अफ द म्याच हुँदा त्रिभुवन आर्मी क्लबले प्रदेश-१ लाई २७ रनले पराजित गर्यो। लगातार तेश्रो जित हात पार्दै समुह ‘बि’ बाट आर्मी सेमीफाइनल पुग्ने पहिलो टिम बन्यो।

टस हारेर ब्याटिंग गरेको आर्मीले पहिले ब्याटिंग गर्ने क्रममा २० ओभरमा ९ विकेट गुमाएर ९५ रनको योगफल तयार गरेको थियो।

खराब सुरुवात गर्ने क्रममा आर्मीले पहिलो ४ विकेट १७ रनमा गुमाउन पुग्यो। हरे कृष्ण झा १० रन, राजु रिजाल ३ रन, भिम शार्की १ रन तथा बिनोद भण्डारी खाता खोलि आउट भए। पाँचौ विकेटको लागि राजेश पुलामी र कुशल मल्लले २९ रनको साझेदारी गर्दै टिमको योगफल उकासे।

Sushan Bhari

१४ बलमा ३ छक्का र १ चौका प्रहार गर्दै २६ रन बनाएर कुशल रन आउट हुँदा पुनः आर्मीले लगातार विकेट गुमायो। हरि चौहान खाता नखोली आउट भए भने सोमपाल कामि ११ , बिक्रम सोब ७ तथा सुशन भारि २ रन बनाएर आउट भए।

राजेश पुलामी अन्तिमसम्म अविजित रहँदै २७ रन ( ४१ बलमा ३ चौका ) बनाए।

२० ओभरमा ९ विकेट गुमाएर आर्मीले ९५ रन बनायो।

प्रदेश-१ का बलर दिपेश कंडेलले ( ४-०-१५-२ ) २ तथा फिर्दोश अन्सारी, पुष्प थापा र श्रवन यादबले समान १ विकेट लिए।

९६ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश-१ ले १९ ओभरमा ६८ रनमा सबै विकेट गुमाउन पुग्यो। सुशन भारिले ५ विकेट लिंदै आर्मीको जित सहज बनाए। ४ ओभरमा देब्रे हाते स्पिनर भारिले १७ रन खर्चिए। अर्का देब्रे हाते स्पिनर शाहब आलमले ३ विकेट ( ४-०-१४-३ ) लिए। सोमपाल कामिले ( ३-१-४-१ ) १ विकेट लिए।

भारिले यस अघि प्रदेश-२ र प्रदेश-६ संग ३/३ विकेट लिंदै प्लेयर अफ  म्याच चुनिएका थिए। (स्कोरकार्ड ) 

एपीएफ Vs प्रदेश-४ : एपीएफको लगातार जित

शशस्त्र प्रहरी बल एपीएफले लगातार तेश्रो जित हात पार्दै सेमीफाइनलमा स्थान पक्का गर्यो।

प्रदेश-४ ले टस जितेर पहिले ब्याटिंग गर्ने क्रममा १९.२ ओभरमा ७४ रनमा सबै विकेट गुमाउन पुग्यो। उसको लागि आकास थापाले सर्वाधिक २० रन बनाए।  यज्ञमान कुमाल ( ३.२-०-९-३ ) र भुवन कार्की ( ४-०-११-३ ) ले समान ३/३ विकेट लिए।

Bhuwan Karki ( Photo – Rhydam Gyawali )

७५ रनको लक्ष्य एपीएफले १४ ओभरमा ५ विकेट गुमाएर पुरा गर्यो। ओपनिंग ब्याटिंग गरेका अनिल साह र शरद भेसावकर १/१ रन बनाएर आउट हुँदा तेश्रो विकेटको लागि शंकर राना र प्रदिप ऐरीले ५९ रनको साझेदारी गर्दै एपीएफलाई जित नजिक पुर्याए।

शंकरले ३५ रन ( २९ बलमा ३ चौका ) र प्रदिपले २१ रन ( २९ बलमा ३ चौका ) बनाए।

एपीएफले १४ ओभरमा ५ विकेट गुमाएर लक्ष्य पुरा गर्यो। ( स्कोरकार्ड )

करन केसीले ३ विकेट ( ४-०-१०-३ ) लिए पनि प्रदेश-४ को जितको लागि पर्याप्त थिएन।

 





थप समाचार

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी सेमीफाइनलमा

घोडाघोडी क्रिकेट एकेडेमी कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को समुह ‘सी’ बाट सेमीफाइनल पुगेको छ। यस अघि […]

राष्ट्रिय नेत्रहिन महिला क्रिकेट टोलिको विदाई, नेपाली राइनोजको सहयोग

डिसेम्बर १० देखि १६ सम्म भारतको मुम्वाईमा संचालनमा हुने ‘इन्डो-नेपाल’ दुई देशिय नेत्रहिन महिला क्रिकेट प्रतियोगितामा सहभागी हुने नेपाली नेत्रहीन […]

एलपीएल : युथ अफ टिकापुर सेमीफाइनलमा, रुपेशको आक्रामक अर्धशतकमा गरुडा विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत सातौँ दिन सम्पन्न दुई खेलमा युथ अफ टिकापुर […]

राजबिराज च्याम्पसले उचाल्यो पहिलो जिल्ला स्तरीय महिला क्रिकेट प्रतियोगिताको ट्रफि

२२ मंसिर राजबिराज । सबल नेपालको मुख्य आयोजना तथा सप्तरी क्रिकेट संघको समन्वयमा राजबिराज स्थित पबिमाबिको क्रिकेट मैदानमा पाँचौ महिनावारी […]

यू-१९ एसिया कप : ब्याटिंग नचल्दा पाकिस्तानसँग नेपाल पराजित

एसिसी यू-१९ एसिया कपमा पाकिस्तानले नेपाललाई ७ विकेटले पराजित गरेको छ। शुक्रबार भएको आफ्नो पहिलो खेलमा नेपालले दिएको १ सय […]

एलपीएल : युथ अफ टिकापुर, धनगढी स्पोर्ट्स क्लब सेमीफाइनल नजिक

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत छैठौं दिन शुक्रबार सम्पन्न दुई खेलमा युथ अफ […]