सुशन भारिले ह्याट्रिक सहित ७ विकेट लिंदा इनरुवा ५६ रनमै समेटियो

सुनसरीको इनरुवामा जारि मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिता अन्तर्गतको समुह ‘ए’ अन्तर्गतको तेश्रो खेलमा त्रिभुवन आर्मी क्लब र एमएमसीसी इनरुवाले प्रतिस्पर्धा गरिरहेका छन्।

खेलमा टस जितेर ब्याटिंग रोजेको एमएमसीसी इनरुवाले १९.३ ओभरमा ५६ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको छ।

आर्मीका बलर सुशन भारिले ह्याट्रिक सहित ७ विकेट लिंदा इनरुवा निरिह सावित भएको थियो। भारिले खेलकोआठौँ ओभरमा ह्याट्रिक लिएका थिए। उनले ८.३ ओभर बलिंग गर्दै ३ मेडन ओभर फालेका थिए जुन क्रममा १७ रन खर्चिए।

आठौँ ओभरको दोश्रो बलमा सुशान्त तिमिल्सिनालाई क्याच आउट गरेका भरिले त्यस लगत्तै अल्फाज मन्सुरीलाई आफैद्वारा क्याच आउट गराएका थिए। त्यसपछि ह्याट्रिक बलमा उनले सुरज बस्नेतलाई एलबिडब्लु धरापमा पारे र ह्याट्रिक पुरा गरे। सोहि ओभरको छैठौ बलमा उनले राकेस सोनीलाई पनि आउट गर्दै एकै ओभरमा ४ विकेट लिएका थिए। यस अघि छैठौं ओभरमा समेत भारि ह्याट्रिक नजिक पुगेका थिए। ओभरको तेश्रो र चौथो बलमा उनले रभी रोय र विवेक मेहतालाई आउट गरेका थिए।

इनरुवाले टस जितेर ब्याटिंग गर्दै ८ ओभरमा १८ रन बनाउदा ६ विकेट गुमाएको थियो। सबै ६ वटा विकेट भारिलेनै लिएका थिए।

Sushan Bhari

आर्मीको लागि हरि बहादुर चौहानले २ तथा शाहब आलमले १ विकेट लिए।

इनरुवाको लागि ओपनर  सुशान्त तिमिल्सिनाले १५ तथा सोनु मण्डलले १३ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। ५ जना ब्याट्सम्यानहरुले खाता समेत खोल्न सकेनन्।

प्रतियोगिता अन्तर्गत आजको खेल जिते समुह ‘ए’ को विजेताको रुपमा आर्मी क्लब सेमीफाइनल प्रवेश गर्नेछ। यस अघिनै समुह ‘सी’ बाट प्रदेश-३ सेमीफाइनल प्रवेश गरिसकेको छ।





थप समाचार

पीएम कपमा ललितकाे १०० विकेट पूरा

काठमाडौं । प्रधानमन्त्री कप पुरुष राष्ट्रिय क्रिकेट प्रतियोगितामा पुलिसका स्पिनर ललित राजवंशीले १०० विकेट पूरा गरेका छन्। उनी प्रधानमन्त्री कपमा […]

अपराजित रहँदै पुलिस पीएम कपको फाइनलमा

काठमाडौं। कर्णाली प्रदेशमाथि सानदार जित दर्ता गर्दै विभागिय टोली नेपाल पुलिस क्लब प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगिताको फाइनलमा […]

लखनऊमाथि दिल्लीको रोमाञ्चक जित

काठमाडौँ । आशुतोष शर्माको अर्धशतकको मद्दतमा दिल्ली क्यापिटल्सले लखनऊ सुपर जायन्ट्समाथि रोमाञ्चक जित हासिल गरेको छ। विशाखापट्टनममा सम्पन्न खेलमा २१० […]

गण्डकी सुपर ओभरमा विजयी

काठमाडौं । गण्डकी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकेट प्रतियोगितामा मधेश प्रदेशविरुद्ध सुपर ओभरमा विजयी भएको छ। सिद्धार्थ क्रिकेट […]

दिल्ली र लखनउ भिड्दै

काठमाडौँ । १८औँ संस्करणको इण्डियन प्रिमियर लिग (आईपीएल) मा आज दिल्ली क्यापिटल्स र लखनउ सुपर जायन्ट्स प्रतिस्पर्धा गर्दैछन्। विषाखापटनमा यी […]

मुम्बईविरूद्ध चेन्नईको जित

काठमाडौं । इण्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गतको आइतबारको दोस्रो खेलमा मुम्बई इण्डियन्सविरुद्ध चेन्नई सुपर किंग्सले जित निकालेको छ। आईपीएलको १८औं […]