सुशन भारिले ह्याट्रिक लिंदा इनरुवालाई पराजित गर्दै आर्मी एमएम कपको सेमीफाइनलमा

२०७६ पुष २२, मंगलवार ११:३२

सुशन भारिले ह्याट्रिक सहित ७ विकेट लिंदा त्रिभुवन आर्मी क्लब आयोजक टोलि एमएमसीसी इनरुवालाई पराजित गर्दै मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ।

समुह ‘ए’ अन्तर्गतको तेश्रो खेलमा आर्मीले १० विकेटको सहज जित हात पार्ने क्रममा इनरुवाले दिएको ५७ रनको लक्ष्य विकेट नगुमाई पुरा गर्यो। एपीएफ र इनरुवा पहिलो चरणबाट बाहिरिएको छ।

लक्ष्य पछ्याउने क्रममा आर्मीका ओपनर कुशल मल्लले अविजित ३५ तथा हरि कृष्ण झाले २० रन बनाए। मल्लले १९ बलमा ५ चौका र २ छक्का तथा झाले ११ बलमा २ चौका र १ छक्का प्रहार गरे।

सुशन भारिको ह्याट्रिक 

खेलमा टस जितेर ब्याटिंग रोजेको एमएमसीसी इनरुवाले १९.३ ओभरमा ५६ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको थियो।

आर्मीका बलर सुशन भारिले ह्याट्रिक सहित ७ विकेट लिंदा इनरुवा निरिह सावित भएको थियो। भारिले खेलकोआठौँ ओभरमा ह्याट्रिक लिएका थिए। उनले ८.३ ओभर बलिंग गर्दै ३ मेडन ओभर फालेका थिए जुन क्रममा १७ रन खर्चिए।

Sushan Bhari

आठौँ ओभरको दोश्रो बलमा सुशान्त तिमिल्सिनालाई क्याच आउट गरेका भरिले त्यस लगत्तै अल्फाज मन्सुरीलाई आफैद्वारा क्याच आउट गराएका थिए। त्यसपछि ह्याट्रिक बलमा उनले सुरज बस्नेतलाई एलबिडब्लु धरापमा पारे र ह्याट्रिक पुरा गरे। सोहि ओभरको छैठौ बलमा उनले राकेस सोनीलाई पनि आउट गर्दै एकै ओभरमा ४ विकेट लिएका थिए। यस अघि छैठौं ओभरमा समेत भारि ह्याट्रिक नजिक पुगेका थिए। ओभरको तेश्रो र चौथो बलमा उनले रभी रोय र विवेक मेहतालाई आउट गरेका थिए।

इनरुवाले टस जितेर ब्याटिंग गर्दै ८ ओभरमा १८ रन बनाउदा ६ विकेट गुमाएको थियो। सबै ६ वटा विकेट भारिलेनै लिएका थिए।

आर्मीको लागि हरि बहादुर चौहानले २ तथा शाहब आलमले १ विकेट लिए।

इनरुवाको लागि ओपनर  सुशान्त तिमिल्सिनाले १५ तथा सोनु मण्डलले १३ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। ५ जना ब्याट्सम्यानहरुले खाता समेत खोल्न सकेनन्।

यस अघिनै समुह ‘सी’ बाट प्रदेश-३ सेमीफाइनल प्रवेश गरिसकेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy