सुशन भारिले ह्याट्रिक लिंदा इनरुवालाई पराजित गर्दै आर्मी एमएम कपको सेमीफाइनलमा

सुशन भारिले ह्याट्रिक सहित ७ विकेट लिंदा त्रिभुवन आर्मी क्लब आयोजक टोलि एमएमसीसी इनरुवालाई पराजित गर्दै मनमोहन मेमोरियल एकदिवसीय राष्ट्रिय प्रतियोगिताको सेमीफाइनलमा प्रवेश गरेको छ।

समुह ‘ए’ अन्तर्गतको तेश्रो खेलमा आर्मीले १० विकेटको सहज जित हात पार्ने क्रममा इनरुवाले दिएको ५७ रनको लक्ष्य विकेट नगुमाई पुरा गर्यो। एपीएफ र इनरुवा पहिलो चरणबाट बाहिरिएको छ।

लक्ष्य पछ्याउने क्रममा आर्मीका ओपनर कुशल मल्लले अविजित ३५ तथा हरि कृष्ण झाले २० रन बनाए। मल्लले १९ बलमा ५ चौका र २ छक्का तथा झाले ११ बलमा २ चौका र १ छक्का प्रहार गरे।

सुशन भारिको ह्याट्रिक 

खेलमा टस जितेर ब्याटिंग रोजेको एमएमसीसी इनरुवाले १९.३ ओभरमा ५६ रनमै सम्पूर्ण विकेट गुमाउन पुगेको थियो।

आर्मीका बलर सुशन भारिले ह्याट्रिक सहित ७ विकेट लिंदा इनरुवा निरिह सावित भएको थियो। भारिले खेलकोआठौँ ओभरमा ह्याट्रिक लिएका थिए। उनले ८.३ ओभर बलिंग गर्दै ३ मेडन ओभर फालेका थिए जुन क्रममा १७ रन खर्चिए।

Sushan Bhari

आठौँ ओभरको दोश्रो बलमा सुशान्त तिमिल्सिनालाई क्याच आउट गरेका भरिले त्यस लगत्तै अल्फाज मन्सुरीलाई आफैद्वारा क्याच आउट गराएका थिए। त्यसपछि ह्याट्रिक बलमा उनले सुरज बस्नेतलाई एलबिडब्लु धरापमा पारे र ह्याट्रिक पुरा गरे। सोहि ओभरको छैठौ बलमा उनले राकेस सोनीलाई पनि आउट गर्दै एकै ओभरमा ४ विकेट लिएका थिए। यस अघि छैठौं ओभरमा समेत भारि ह्याट्रिक नजिक पुगेका थिए। ओभरको तेश्रो र चौथो बलमा उनले रभी रोय र विवेक मेहतालाई आउट गरेका थिए।

इनरुवाले टस जितेर ब्याटिंग गर्दै ८ ओभरमा १८ रन बनाउदा ६ विकेट गुमाएको थियो। सबै ६ वटा विकेट भारिलेनै लिएका थिए।

आर्मीको लागि हरि बहादुर चौहानले २ तथा शाहब आलमले १ विकेट लिए।

इनरुवाको लागि ओपनर  सुशान्त तिमिल्सिनाले १५ तथा सोनु मण्डलले १३ रन बनाए भने अन्य ब्याट्सम्यानले दोहोरो अंकमा रन बनाउन सकेनन्। ५ जना ब्याट्सम्यानहरुले खाता समेत खोल्न सकेनन्।

यस अघिनै समुह ‘सी’ बाट प्रदेश-३ सेमीफाइनल प्रवेश गरिसकेको छ।





थप समाचार

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]

क्रिकेट एक्सिलेन्स सेन्टर च्याम्पियन

काठमाडौं। ऋत गौतमको शतकीय इनिङ्ससँगै क्रिकेट एक्सिलेन्स सेन्टरले प्रधानमन्त्री कप पुरुष क्रिकेट काठमाडौं जिल्ला छनोट जितेको छ। आइतबार सम्पन्न खेलमा […]

एनकासा इन्टर फर्म टी-२० क्रिकेटमा १३ टिम सहभागी हुने

काठमाडौं। नेपाल चार्टर्ड एकाउन्टेन्ट विधार्थी संगठन (एनकासा) इन्चिट्युट अफ चार्टरड एकाउन्टेन्ट अफ नेपाल (आइक्यान) को स्वतन्त्र विधार्थी संगठनले फागुन पहिलो […]

आस्थालाई पराजित गर्दै प्यारामाउन्टले जित्यो नेसनल हाइस्कुल च्याम्पियनसिपको राष्ट्रिय फाइनल

काठमाडौं। आस्था कलेजलाई पराजित गर्दै प्यारामाउन्ट कलेजले नेसनल हाइस्कुल च्याम्पियनसिप (एनएचसी) को राष्ट्रिय फाइनल जितेको छ। तल्लो मूलपानी मैदानमा शनिबार […]

दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने

नेपाली अलराउण्डर दिपेन्द्र सिंह ऐरीले डिसिएबाट अर्जुन ट्रफी खेल्ने भएका छन् । धनगढीमा जारी प्रतियोगिताको सेमिफाईनल पुगेको डिसिए धनगढीले ऐरीलाई […]