सुशान्तको कप्तानीमा लुम्बिनी प्रदेश टोलिको घोषणा ।

२७ पुस दाङ

सुशान्त सिंह थापाको कप्तानीमा प्रधानमन्त्री कप पुरुष एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिताका लागि लुम्बिनी प्रदेशको टोली घोषणा भएको छ । लुम्बिनी प्रदेश क्रिकेट संघले शुक्रबार सुशान्त थापाको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको हो ।

संघले २२ गते मात्र आफ्नो छनोट प्रतियोगिता सम्पन्न गरेको थियो । उक्त प्रतियोगितामा गरेको प्रदर्शनका आधारमा २२ जना खेलाडीलाई २४ गते देखि २६ गतेसम्म बन्द प्रशिक्षणमा राखेर छनोट गरिएको हो ।

प्रधानमन्त्री कप पहिलो पटक राउन्ड रोबिनको आधारमा पुस २८ गतेदेखि माघ २० गतेसम्म हुनेछ । प्रतियोगिताका खेलहरु कीर्तिपुरस्थित त्रिवि क्रिकेट मैदान, मुलपानी क्रिकेट मैदान र भैरहवास्थित सिद्धार्थ रंगशालामा हुनेछन् ।

लुम्बिनीले पुस २८ मा भैरहवामा गण्डकी प्रदेशविरुद्ध खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ ।

लुम्बिनी प्रदेश क्रीकेट टिमको टोलीमा सुशान्त सिंह थापा(कप्तान), प्रज्वल थापा, विराट भण्डारी, कृष्ण कार्की, सम्राट भुषाल, मिर्नल गुरुङ, दिल्साद अलि, नर बहादुर सार्की, निर्मल गुरुङ, राहुल चौहान, अभिषेस गौतम, मोहम्मद हुसैन, बिर बहादुर घर्ती मगर, इक्लाभ अहमद रहेका छन् । तेस्तै रिजर्भ खेलाडीमा विष्णु कटारिया, रुपेश बस्याल, मोहन खत्री र हेमन्त आचार्य रहेका छन् ।

त्यस्तै टिम प्रशिक्षकमा बसन्त शाही, टिम व्यवस्थापकमा अनिश कुंवर र टेक्निकल भिडियो विश्लेषकमा कृष्ण भुसाल रहेका छन् ।

लुम्बिनीको खेलहरु भैरहवा सिदार्थ क्रिकेट रंगशालामा (पहिलो खेल पुस २८ गते गण्डकी प्रदेश विरुद्ध । दोस्रो खेल माघ १ गते सुदुरपश्चिम् प्रदेश विरुद्ध । तेस्रो खेल माघ ३ गते कर्णाली प्रदेश विरुद्ध । चौथो खेल माघ १० गते त्रिभुवन आर्मी क्लब विरुद्ध । पाँचौ खेल माघ ११ गते नेपाल एपीएफ क्लब विरुद्ध ।) त्यस्तै छैठौं खेल माघ १३ गते बागमती प्रदेश विरुद्ध टियु क्रिकेट मैदानमा । सातौ खेल माघ १४ मधेस प्रदेश विरुद्ध मुलपानी क्रीकेट मैदानमा । आठौं खेल माघ १६ गते कोशी प्रदेश विरुद्ध टियु क्रिकेट मैदानमा र नवौं खेल माघ १७ गते नेपाल पुलिस क्लब विरुद्ध मुलपानी क्रिकेट मैदानमा खेल्ने लुम्बिनी प्रदेश क्रीकेट संघका सचीव कैलाश रोका मगरले जानकारी दिनुभयो ।





थप समाचार

सन्दीप लामिछाने बने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर

काठमाडौं । नेपाली राष्ट्रिय क्रिकेट टोलीका पूर्व कप्तान तथा लेग स्पीनर सन्दीप लामिछाने डेनिम एण्ड डेभिलको ब्राण्ड एम्बासडर नियुक्त भएका […]

एनपीएल आयोजनाको तयारी अगाडि बढाउन प्रधानमन्त्री ओलीको आग्रह

प्रधानमन्त्री केपी शर्मा ओलीले नेशनल प्रिमियर लिग (एनपिएल) को आयोजनाको तयारी अगाडि बढाउन राष्ट्रिय खेलकुद परिषद् (राखेप)लाई आग्रह गरेका छन् […]

टी–२० विश्वकप छनोट : नेपालको खेल तालिका सार्वजनिक

आगामी अक्टोबरमा ओमानमा आयोजना हुने आइसिसी पुरुष टी–२० विश्वकप एसिया तथा इस्ट एसिया–प्यासिफिक क्षेत्रको संयुक्त छनोट प्रतियोगितामा नेपाल समूह २ […]

सातौँ सस्करणको सप्तरी प्रिमियर लिग सुरु, राजदेवी रोयल र खडक वारियर्स विजयी

सातौँ संस्करणको मेयर कप सप्तरी प्रिमियर लिग सप्तरीको राजविराजमा बिहिबार सुरु भएको छ। सप्तरी प्रिमियर लिगद्वारा आयोजित प्रतियोगिता अन्तर्गत पहिलो […]

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]