सुशील कोइराला मेमोरियल यु-१९ महिला क्रिकेट : कोहलपुर मेयर-११ फाइनलमा, बागमतीको दोश्रो जित 

कोहलपुर मेयर-११ एक खेल अगावै बाँकेको कोहलपुरमा जारि सुशील कोइराला मेमोरियल अन्डर नाइन्टिन महिला राष्ट्रिय टि-ट्वान्टी क्रिकेट प्रतियोगिताको फाइनल प्रवेश गरेको छ।

प्रतियोगिता अन्तर्गत चौंथो दिन सम्पन्न दुई खेलमा बागमती प्रदेश र कोहलपुर मेयर-११ विजयी भएका छन्। बागमतीले गण्डकीलाई तथा मेयर-११ ले सुदूरपश्चिम प्रदेशलाई पराजित गर्यो।

कोहलपुर प्रस्तावित अन्तर्राष्ट्रिय मैदानमा आज सम्पन्न पहिलो खेलमा गण्डकी प्रदेशले बागमती प्रदेशलाई ७ विकेटले पराजित गर्यो। स्कोरकार्ड हेर्नुस 

गण्डकीले दिएको ५७ रनको लक्ष्य बागमतीले ३ विकेट गुमाएर पुरा गर्यो।

बागमतीको लागि एलि यादवले १५ तथा बिपिशा शाहीले १२ रन योगदान दिए। गण्डकीको बलिंगमा निरुता जीटि, रचना चौधरी र सिमाना केसीले १/१ विकेट लिए।

यस अघि टस जितेर ब्याटिंग गरेको गण्डकीले पुरै २० ओभर ब्याटिंग गरेता पनि ८ विकेट क्षेतीमा ५६ रन बनायो।

गण्डकीको लागि कप्तान कुसुम गोदरले सर्वाधिक १७ रन, रचना चौधरीले १० रन बनाउनु बाहेक अन्य ब्याटरले दोहोरो अंकमा रन जोड्न सकेनन्।

बागमतीकि बलर मनिषा उपाध्यायले २ विकेट तथा क्रिश्मा गुरुङले १ विकेट लिए। प्लेयर अफ द म्याच घोषित देब्रे हाते स्पिनर मनिषाले ४ ओभरमा २ ओभर मेडन गर्दै ३ रन मात्र खर्चिन्। बागमतीले अन्य ५ विकेट रन आउट मार्फत पायो।

आज सम्पन्न दोश्रो खेलमा कोहलपुर मेयर-११ ले सुदूरपश्चिम प्रदेशलाई ६ विकेटले पराजित गर्यो। सुदूरपश्चिमले दिएको ९२ रनको लक्ष्य कोहलपुर मेयर-११ ले ४ विकेट गुमाएर १७.४ ओभरमा भेटायो। स्कोरकार्ड हेर्नुस 

कोहलपुर मेयर-११ को ब्याटिंगमा साना प्रविनले सर्वाधिक ३९ रन बनाईन् जुन क्रममा ४८ बलमा ४ चौका र १ छक्का प्रहार गरिन्। प्रतिमा शाहले अविजित १८ रन बनाईन्। सुदूरपश्चिमको बलिंगमा रबिना साउदले २ तथा स्नेहा महरा र निशा खडायतले १/१ विकेट लिए।

टस जितेर ब्याटिंग गरेको सुदूरपश्चिमले १९.३ ओभरमा सबै विकेट गुमाएर ९१ रन बनायो।

सुदूरपश्चिमको लागि सावित्री धामीले सर्वाधिक ४६ रन योगदान दिईन् जुन क्रममा उनले ४४ बलमा ४ चौका प्रहार गरिन्। रबिना साउदले ११ तथा अनु कडायतले १० रन बनाईन्।

कोहलपुर मेयर-११ को बलिंगमा भवानी कमातीले सर्वाधिक ३ विकेट लिईन्। प्लेयर अफ द म्याच घोषित कमातीले ३.३ ओभरमा १४ रन खर्चिन्। आरति महतोले २ विकेट लिंदा हैमवती रोय र तृष्णा बिश्वकर्माले १/१ विकेट लिए।

सबै तिन खेलमा जित दर्ता गरेको कोहलपुर मेयर-११ कुल ६ अंक सहित अंकतालिकाको शिर्षमा छ जसले फाइनलमा स्थान पक्का गरेको छ। यस्तै बागमती प्रदेश ३ खेलमा २ जित र १ हार पछि ४ अंक सहित तेश्रो स्थानमा छ। समान नतिजा र अंक सहित गण्डकी प्रदेश नेट रन रेटमा अघि रहँदै दोश्रो स्थानमा छ। ३ खेलमा २ अंक सहित सुदूरपश्चिम चौंथो तथा तिन खेलमा पराजित हुँदै अंकविहिन लुम्बिनी प्रदेश पाँचौ स्थानमा छ।

प्रतियोगिता अन्तर्गत पाँचौ दिन पनि दुई खेल हुनेछन्। दिनको पहिलो खेलमा विहान ९:३० बजे सुदूरपश्चिम प्रदेश र लुम्बिनी प्रदेश तथा दोश्रो खेल दिउँसो १:३० बजे बागमती प्रदेश र कोहलपुर मेयर-११ प्रतिस्पर्धा गर्नेछन्।

प्रतियोगितामा कोहलपुर मेयर-११, लुम्विनी प्रदेश, गण्डकी प्रदेश, बागमती प्रदेश र सुदूरपश्चिम प्रदेश सहभागि छन्। सबै टिमले एक-अर्कासंग एक खेल खेलेपछि अंकतालिकाको शिर्ष स्थानमा रहने दुई टिमले फाइनल खेल्नेछन्।





थप समाचार

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]

महिला एसिया कप : सेमिफाइनल खेलहरु आज

काठमाडौं । श्रीलंकामा जारी रहेको नवौं संस्करणको एसीसी महिला एसिया कपको सेमिफाइनल खेलहरु आज (शुक्रबार) हुदैछ । पहिलो सेमिफाइनलमा भारत […]

तुषाराले भारतसँगको सिरिज गुमाउने

काठमाडौं । श्रीलंकाका तीव्र गतिका बलर नुवान तुषारा भारतविरुद्धको टी–२० सिरिजबाट बाहिरिएका छन् । तुषरालाई बुधबार राति अभ्यासका चोट लागेको […]