ब्राड हगद्वारा पन्जाबसंग बैंगलोरको ब्याटिंगको आलोचना – ‘सुस्त सुरुवात हारको कारण’

भारतमा जारि १४ औं आईपीएल अन्तर्गत रोयल च्यालेन्जर्स बैंगलोरले शुक्रबार पन्जाब किंग्ससंग निराशाजनक प्रदर्शन गर्दै हार बेहोर्यो। लिगमा बैंगलोर दोश्रो खेलमा पराजित हुने क्रममा पन्जाबले दिएको १८० रनको लक्ष्य पछ्याउने क्रममा टिम ३४ रनले पराजित हुन पुग्यो। बैंगलोरको ब्याटिंग नचल्नु टिमको हारको कारण बन्न पुग्यो।

खेलमा बिराट कोहली, ग्लेन म्याक्सवेल, एबि डी भिल्लीयर्स जस्ता स्टार ब्याट्सम्यानहरुले टिमलाई लक्ष्यसम्म डोर्याउन असफल रहे। खेलमा कोहलीले इनिंग्स विशेषगरि आलोचित रह्यो जसले ३४ बलमा मात्र ३५ रन बनाउन सके। मात्र एउटा विकेट गुमाएको अवस्थामा बैंगलोरले पहिलो १० ओभरमा ६० रन मात्र बनाउन सक्यो जुन हारको प्रमुख कारण बन्न पुग्यो।

पूर्व अस्ट्रेलियन स्पिनर ब्राड हगले खेलमा बैंगलोरको ब्याटिंग प्रदर्शनमा असन्तुष्टि देखाएका हुन्। उनले म्याक्सवेल र डी भिल्लीयर्सको भरमा खेल जित्ने आशा बैंगलोरले राख्न नहुने धारणा राखेका हुन्।

“बैंगलोरले १० ओभरसम्म ६ रन प्रतिओभर रन बनाउन सक्यो जबकी उसले १ विकेट मात्र गुमाएको थियो। १८० रन लक्ष्य पछ्याउने क्रममा त्यो सुहाउदो थिएन। हो म्याक्सवेल र डी भिल्लीयर्स आउन बाँकी थियो तर तपाई सधै उनीहरुबाट खेल उकास्ने आशा राख्न सक्नुहुन्।” हगले ट्वीटर मार्फत बताएका छन्।

कोहली र पाटिदारले विकट नगुमाएता पनि सुस्त सुरुवात गरेका थिए

खेलमा ओपनर कोहलीले ३४ बलमा ३५ रन तथा तेश्रो नम्बरका रजत पाटिदारले ३० बलमा ३१ रन बनाउदै सुस्त सुरुवात दिलाएका थिए। त्यसपछि देब्रे हाते स्पिनर हरप्रित ब्रारले कोहली र म्याक्सवेल र डी भिल्लीयर्सलाई पेभेलियन फर्काउदै पन्जाबलाई खेलमा हावी गरेका थिए।

कोहलीले स्वीकारे कमजोरी

हार पछि बैंगलोर कप्तान कोहलीले आफ्नो टिमले डेथ ओभरमा पन्जाबलाई २५ रन बढी दिनु हारको प्रमुख कारण इंगित गरे।

“उनीहरुले राम्रो सुरुवात गरे जसपछि हामीले राम्रो पुनरागमन गर्यौं। हामीले अन्तिममा २५ रन बढी दियौं जबकी हामीले उनीहरुलाई १६० रनमा सिमित गर्न सक्नु पर्थ्यो। हामीले योजना लागु गर्न छलफल गरेका थियौं र लागु गर्यौं पनि तर अन्तिममा कुराहरु हाम्रो पक्षमा रहन सकेन।” कोहलीले खेल पछि स्टार स्पोर्ट्ससंग कुराकानीमा बताए।

“ब्याटबाट हामीले कहिले पनि लय पाउन सकेनौं। इमान्दारीपूर्वक भन्छु उनीहरुले राम्रो बलिंग गरे र दबाब कायम राखे। तर एउटा ब्याट्सम्यानको रुपमा हामीले अतिरिक्त प्रयास सुरुवातमा गर्नुपर्थ्यो। बलको लाइनबाट हिर्काउन मुस्किल थियो।”

“हामीले साझेदारी अघि बढाउदै नियमित रुपमा बाउन्ड्री पनि प्रहार गर्न सक्नु पर्थ्यो भने ब्याटबाट कम्तिमा ११० को स्ट्राइक रेटले रन बनाउनु पर्थ्यो। हामीले त्यो गर्न सकेनौं।” उनले थपे।

हारपछि बैंगलोर ७ खेलमा ५ जित र २ हार बेहोर्दै १० अंक सहित तेश्रो स्थानमा रहेको छ। जितपछि पन्जाब ७ खेलमा ३ जित र ४ हार पछि ६ अंक बटुल्दै लिग अंकतालिकाको पाँचौ स्थानमा पुगेको छ। बैंगलोरले आगामी खेल कोलकाता बिरुद्ध सोमबार खेल्ने तालिका रहेको छ।

धेरैले पढेको 

https://wicketnepal.com/harpreet-baar-stry-wn21/

https://wicketnepal.com/ipl-m26th-pbks-vs-rcb-report-wn21/

https://wicketnepal.com/karan-kc-4-world-record-wn21/

https://wicketnepal.com/ekai-over-ma-6-fours-pit-tips-wn21/

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy