सुवास ऐरको अलराउन्ड प्रदर्शन, प्रदेश २ र सुदूरपश्चिम फाइनलमा भिड्ने

  • विकेटनेपाल, बैशाख २३ – सोमबार

काठमाडौंमा जारि मनमोहन स्मृति प्रदेश स्तरीय यु१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधीको लागि सुदुरपश्चिम प्रदेश र प्रदेश २ प्रतिस्पर्धा गर्ने भएका छन्।

आज सम्पन्न सेमिफाइनल खेलहरुमा प्रदेश-७ ले प्रदेश-१ लाई ३० रनले तथा प्रदेश-२ ले प्रदेश-३ लाई ४ विकेटले पराजित गर्दै फाइनलमा स्थान पक्का गरेका हुन्। फाइनल खेल मंगलबार खेलिनेछ।

कप्तान सुवास ऐरको अलराउण्ड प्रदर्शनमा प्रदेश ७ विजयी

पहिलो सेमिफाइनलमा प्रदेश ७ लाई जित दिलाउनको लागि प्लेयर अफ द म्याच भएका कप्तान सुवास ऐरले ४३ रनको पारि खेल्नुको साथै बलिंगतर्फ समेत ४ विकेट लिए। ४१ बलको सामना गरेका उनले ७ चौका प्रहार गरेपछि प्रदेश ७ ले ३० ओभरमा ९ विकेट गुमाएर १६५ रनको योगफल तयार पार्यो।

यस्तै आशिस भट्टले अविजित २६ रन (३२ बल, १ चौका) बनाउँदा धिरेन्द्र ठाकुरले २५ (२६ बल, २ चौका), सन्दिप बिस्टले २२ (३१ बल, २ चौका) र अनिल थापाले २० रन (२५ बल) बनाउनु बाहेक अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्। बलिंगतर्फ प्रदेश १ का सर्वन किस्कुले ३ विकेट (६-०-३२-३), बिपिन महतोले २ विकेट (६-०-३२-२) र अमित रोएले १ विकेट (५-०-२६-१) लिंदा ३ खेलाडी रन आउट भए।

Suwash Ayer ( File Photo ) 

जवाफमा सुवास ऐरले ५.२ ओभरमा २ मेडन राख्दै २२ रन खर्चिएर ४ विकेट लिएपछि प्रदेश १ ले २५.२ ओभरमा सबै विकेट गुमाएर मात्र १३५ रन बनाउन सक्यो। उसका लाइ सुमन सुन्दासले ३५ बलमा ६ चौका सहित ४४ रन र आइन्स्टाइन रिजालले ४४ बलमा १ चौका सहित ३१ रन हान्दै दोश्रो विकेटको लागि ६३ रनको साझेदारी गरेपनि जितको लागि पर्याप्त भएन। यस्तै सिमरन राइले २१ बलमा ४ चौका सहित २७ रन हानेपनि अन्य खेलाडीले दोहोरो अंक छुन सकेनन्।

मेघराज महराको ब्याटिंगमा प्रदेश २ को जित

किर्तिपुर मैदानमा जितको लागि प्रदेश ३ ले प्रस्तुत गरेको १२२ रनको लक्ष्य प्रदेश २ ले २५ ओभरमा ८ विकेट गुमाएर पुरा गर्यो। उसका लागि प्लेयर अफ द म्याच घोषित मेघराज महोराले अविजित ४७ (६४ बल, ५ चौका) तथा कप्तान निखिल सिंहले ३२ रन (३३ बल, २ चौका, २ छक्का) बनाउंदै तेस्रो विकेटको लागि ५५ रनको साझेदारी गरे। यस्तै ओपनर रोहन बिकेले १२ बलमा ५ चौका सहित २१ रन बनाए। बलिंगमा प्रदेश ३ का कृष कार्की र तिलक भण्डारीले समान २/२ विकेट लिए।

मेघराज महरा

यसअघि टस जितेर पहिले ब्याटिंग गरेको प्रदेश ३ ले ३० ओभरमा ९ विकेट गुमाएर १२१ रन बनाएको थियो। आशिष भट्टराईले २७ रन र प्रसान्त महतले २२ रन बनाएपनि अन्य खेलाडीको प्रदर्शन सम्झनलायन रहेन। बलिंगतर्फ प्रदेश २ का शेख इमरान र अरबाज अन्सारीले समान २/२ विकेट लिएका थिए।

मनमोहन मेमोरियल क्रिकेट सेन्टरले आयोजना गरेको प्रतियोगिताको विजेता टोलीले ५ लाख प्राप्त गर्नेछ। विजेताले २ लाख ५० हजार नगद साथै २ लाख ५० हजारको खेलकुद सामग्री प्राप्त गर्ने आयोजकले जनाएको छ। त्यस्तै उप विजेता टोलीले १ लाख २५ हजार नगद र सो सरहको खेलकुद सामग्री पाउने आयोजकले जनाएको छ।





थप समाचार

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]

एम. एम. कप बैशाख १३ गते देखि हुने

मनमोहन मेमोरियल कप (एम.एम. कप) फाउण्डेशनले आयोजना गर्ने तेस्रो संस्करणको राष्ट्रिय एक दिवसीय क्रिकेट प्रतियोगिता ‘एम.एम. कप सिजन ३’ को […]

लिग-२ का लागि क्यानले घोषणा गर्यो ‘कोर क्याम्प’

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान) ले आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने आइसिसी क्रिकेट विश्वकप लिग-२ शृंखलाको तयारीका लागि ‘कोर क्याम्प’को […]

वर्षाले निर्णायक खेल रद्द हुँदा नेपाल अभागी, अफगानिस्तान विश्वकपमा

आइसिसी यु–१९ विश्वकप एसिया छनोटअन्तर्गत नेपाल र अफगानिस्तानबिचचको खेल वर्षाका कारण रद्द भएपछि अफगानिस्तान विश्वकपमा छनोट भएको छ । मुलपानीस्थित […]

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]