सुवास ऐर चम्किदा प्रदेश-७ संग प्रदेश-३ पराजित, प्रदेश-२ को जितमा प्रशान्त उत्कृस्ट

  • विकेटनेपाल, बैशाख-२२ , आइतबार 

काठमाडौँमा जारि मनमोहन मेमोरियल अन्तर-प्रदेश अन्डर-१६ राष्ट्रिय क्रिकेट प्रतियोगिताको सेमीफाइनलमा प्रदेश-७ , प्रदेश-३, प्रदेश २ र प्रदेश-१ प्रवेश गरेका छन्।

प्रतियोगिता अन्तर्गत आइतबार सम्पन्न समुह चरणको अन्तिम खेलमा प्रदेश-३ लाई प्रदेश-७ ले ८ विकेटले पराजित गर्दै समुह ‘ए’ को विजेताको रुपमा सेमीफाइनल प्रवेश गर्यो। प्रदेश-३ समुह ‘ए’ को उपविजेताको रुपमा सेमीफाइनल प्रवेश गर्यो।  ३/३ खेल खेल्दा प्रदेश-७ ले ३ वटै खेलमा जित हाँसिल गर्यो भने प्रदेश-३ ले २ जित र १ हार बेहोर्यो। गण्डकी प्रदेशले १ जित मात्र निकाल्यो भने कर्णाली प्रदेश जित विहिन रह्यो।

समुह ‘बि’ तर्फको अन्तिम खेलमा प्रदेश-२ ले प्रदेश-५ लाई पराजित गर्दै सेमीफाइनलमा समुह विजेताको रुपमा स्थान बनायो। प्रदेश-१ उप-विजेताको रुपमा सेमीफाइनल प्रवेश गर्यो। प्रदेश-२ र प्रदेश-१ ले २ खेलमा १ जित र १ हार बेहोर्यो भने प्रदेश-५ ले दुवै खेलमा हार बेहोर्न पुग्यो।

अंकतालिका 

Group A

S.N Region Played Won Loss NR Points
1. Sudurpaschim (Province No. 7) 3 3 0 6*
2. Province No. 3 3 2 1 4
3. Gandaki (Province No. 4) 3 1 2 2
4. Karnali (Province No.6) 3 0 3 0

Group B

S.N Region Played Won Loss NR Points Net. Run rate
1. Province No. 2 2 1 1 3 +0.533
2. Province No. 1 2 1 0 1 3 +0.1
3. Province No. 5 2 0 2 0 -0.1

सोमबार खेलिने सेमीफाइनल खेल अन्तर्गत बिहान ८:३० बजे प्रदेश-७ र प्रदेश-२ तथा दिउसो १:१५ बजे प्रदेश२ र प्रदेश-३ ले प्रतिस्पर्धा गर्नेछन्।

सुवास ऐरले उत्कृस्ट प्रदर्शन गर्दा प्रदेश-३ बिरुद्ध प्रदेश-७ को ठुलो जित 

टियु मैदानमा सम्पन्न दिनको पहिलो खेलमा टस जितेर ब्याटिंग गरेको प्रदेश-३ ले निर्धारित ३० मध्ये २७.५ ओभरमा सबै विकेट गुमाएर १३१ रन मात्रै बनाउन सक्यो।

कृश कार्कीले ४६ ( ४४ बलमा ६ चौका र १ छक्का ), सम्राट भुसालले २६ तथा बिपिन बिक्रम शाहीले १६ रन बनाउनु बाहेक अन्य प्रदेश-३ ब्याट्सम्यानहरुले दोश्रो अंकमा रन बनाउन सकेनन्। प्रदेश-७ का बलर संदेश भट्टले उत्कृस्ट बलिंग गर्दै ३ विकेट ( ६-०-२८-३ ) लिए। आशिष भट्टले पनि ३ विकेट ( ४.५-०-१९-३ ) तथा बर्लिन गिरिले २ विकेट लिए।

Suwash Ayer

१३२ रनको लक्ष्य प्रदेश-७ ले २६.२ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्यो। कप्तान तथा यु-१६ राष्ट्रिय क्रिकेटर सुवास ऐरले अविजित ६१ रन बनाउदै टिमलाई सहज जित दिलाए। ६४ बलमा ऐरले ४ चौका र १ छक्का प्रहार गरे। अरुन महराले ३६ तथा संदेश भट्टले अविजित १५ रन बनाए।

खेलको प्लेयर अफ द म्याच सुवास ऐर घोषित भए।

प्रदेश-२ को जितमा प्रशान्त सिंह उत्कृस्ट 

टियु मैदानमा सम्पन्न दिनको दोश्रो खेलमा प्रदेश-२ ले प्रदेश-५ लाई १६ रनले पराजित गर्यो।

टस जितेर पहिले ब्याटिंग गरेको प्रदेश-२ ले २७.५ ओभरमा ११४ रनमा सम्पूर्ण विकेट गुमाउन पुगेको थियो। उसको लागि नवौं नम्बरमा ब्याटिंग गरेका प्रशान्त सिंहले अविजित ४० रन ( ३८ बलमा ३ चौका र १ छक्का ) बनाए। यस्तै बि पटेलले ३९ रन बनाए।  ३० रनको योगफलमा ७ विकेट गुमाएको अवस्थामा बि पटेल र प्रशान्त सिंहले ८२ रनको साझेदारी गरेका थिए।

प्रदेश-५ का बलर अभिशेक गौतमले सर्वाधिक ४ विकेट ( ५.५-०-२३-४ ) , बिशाल बिक्रम केसीले ३ विकेट ( ६-१-२५-३ ) तथा रमेश कुर्मीले २ विकेट ( ६-३-१५-२ ) लिए।

Prashant Singh

११५ रनको लक्ष्य पछ्याउने क्रममा प्रदेश-५ ले २७.४ ओभरमा ९८ रनमा सबै विकेट गुमाउन पुग्यो। प्रदेश-५ का ४ जना ब्याट्सम्यान रन-आउट हुन पुगे। प्रदेश-५ का कप्तान बिशाल विक्रम केसीले २९ तथा संदेश पाण्डेले २२ रन बनाए। प्रदेश -२ का बलर अरबाज अन्सारीले २ ( ६-०-१९-२ ) तथा बयेश यादभ, निखिल सिंह, फेट सिद्धिकी र प्रशान्त सिंहले १/१ विकेट लिए।

प्रशान्त सिंह खेलको प्लेयर अफ द म्याच चुनिए।

मनमोहन मेमोरियल क्रिकेट सेन्टरले आयोजना गरेको प्रतियोगिताको विजेता टोलीले ५ लाख प्राप्त गर्नेछ। विजेताले २ लाख ५० हजार नगद साथै २ लाख ५० हजारको खेलकुद सामग्री प्राप्त गर्ने आयोजकले जनाएको छ। त्यस्तै उप विजेता टोलीले १ लाख २५ हजार नगद र सो सरहको खेलकुद सामग्री पाउने आयोजकले जनाएको छ।

 

 





थप समाचार

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

कप्तान रुविनाको अलराउन्डर प्रदर्शनमा काेशीकाे लगातार दोस्रो जित

कप्तान रुविना क्षेत्री बेलबासेको अलराउन्डर प्रदर्शनसँगै लगातार दोस्रो जित निकालेको कोशी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको प्लेअफ […]

स्कटल्याण्डसँग नेपाल १ विकेटले पराजित

पिप्पा स्प्रौलको सानदार बलिङसँगै नेपालले आइसिसी यु–१९ विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार सम्पन्न खेलमा नेपाल स्टकल्यान्डसँग एक विकेटले […]

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]