नेक्सस कप : स्याङजा र सनराईज विजयी

२०७५ मंसिर ९, आईतवार १२:१४

  • विकेटनेपाल- ८ मंसिर,काठमाण्डौ 

मिलानो नेक्सस कप अन्डर सिक्सटिन टि ट्वाइन्टी क्रिकेट प्रतियोगिता अन्तर्गत मुलपानी क्रिकेट मैदानमा शनिबार सम्पन्न खेलहरुमा स्याङजा क्रिकेट एकेडेमी र सनराईज क्रिकेट एकेडेमी महेन्द्रनगर बिजयी भएका छन्।

स्याङजा क्रिकेट एकेडेमी र लालिगुरांश क्रिकेट एकेडेमी झापा बीच भएको पहिलो खेल स्याङजा ८ विकेटले बिजयी भएकोछ। टस जितेर लालिगुरांश झापालाई ब्याटिङ निम्तो दिएको स्याङजा बलरहरु चम्कदा स्याङजा क्रिकेट एकेडेमीका ब्याट्सम्यान न्युन स्कोरमै समेटिएका थिए।

टस हारेर ब्याटिङको निम्तो पाएको लालिगुरांश क्रिकेट एकेडेमी झापाले निर्धारित २० ओभरमा १८.३ ओभर खेल्दै अल आउट हुँदा ८४ रन बनाएको थियो। लालिगुरांशका आकाश खत्रीले २८ बलमा ३२ रन बनाउदा अन्य ब्याट्सम्यानले दोहोरो अंक जोड्न सकेनन्।
बलिङतर्फ स्याङजाका गणेश बस्यालले ३ ओभरमा १६ खर्चिदै ३ बीकेट लिएका थिए भने सुदिप गौतम, गोबिन्द खत्री र क्रिस भण्डारीले समान २/२ विकेट लिए।


८५ रनको बिजयी लक्ष्य पच्छ्याउदै ब्याटिङमा उत्रेको स्याङजाले ८.३ ओभरमै लक्ष्य भेट्टाउदा ८ ओभरले बिजयी भएको हो। स्याङजाका अनित बरालले २१ बलमा ४ चौका प्रहार गर्दै २७ रन बनाएका थिए भने मनोज गौतम ले १९ बलमा २ चौका प्रहार गर्दै २१ रन र सुजन गौतमले १० बलमा ३ चौकाको सहयोगमा १७ रन बनाए पछि सजिलै बिजयी भएको थियो।

स्याङजाका गणेश बस्याल म्यान अफ दि म्याच घोषित भएका थिए उनलाई राष्ट्रिय खेलकुद परिषदका बरिष्ठ प्रशिक्षक शामसन जंग थापाले ट्रफी प्रदान गर्नु भएको थियो।

दोस्रो खेल सनराईज महेन्द्रनगर बिजयी

शनिबारै सम्पन्न अर्को खेलमा सनराईज महेन्द्रनगरले आयोजक नेक्सस बी लाई ८ विकेटले हराएको छ। टस जितेर ब्याटिङमा उत्रेको नेक्सस बी का कुनै पनि ब्याट्सम्यान ले दोहोरो अंक बनाउन नसक्दा निर्धारित १५ ओभर खेल्दै ७ वीकेटको नोक्सानीमा जम्मा ४९ रनमा समेटिएको थियो। सनराईज महेन्दनगरपारस छेत्रीले २ विकेट लिएका थिए।

५० रनको बिजयी लक्ष्यका साथ ब्याटिङमा उत्रेको सनराईज महेन्द्रनगर म्यान अफ दि म्याच घोषित सुबोध ऐरले दिपक बोहोराले १६ बलमा ७ चौका प्रहार गर्दै ३४ रन बनाउदा ५ ओभरमै खेल समाप्त भएको थियो। नेक्सस क्रिकेट उकेडेमीका उपाध्यक्ष एबं टुर्नामेन्ट डाईरेक्टर प्रबल गौतमले ऐर लाइ म्यान अफ दि म्याचको ट्रफी प्रदान गर्नु भएको थियो।

 

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy