पहिले ब्याटिंग गर्दै सन्दिपको टिम सिलहेटले बनायो १६८ रन

बंगलादेश प्रिमियर लिग अन्तर्गत सन्दिपको टिम सिलहेट सिक्सर्सले अहिले लिगको दोश्रो खेलमा चिट्टागोङ्ग भीकिङ्ग्ससंग प्रतिस्पर्धा गरिरहेको छ। पहिलो खेलमा सिलहेट कोमिल्ला भिक्टोरियन्ससंग ४ विकेटले पराजित भएको थियो।

खेलमा टस  जितेर ब्याटिंग रोजेको सिलहेटले २० ओभरमा ५ विकेट गुमाएर १६८ रनको योगफल तयार गरेको छ।

अत्यन्त खराब सुरुवात गरेको सिलहेटले पहिलो ३ विकेट २.४ ओभरमा ६ रनको योगफलमा गुमाएको थियो। ओपनर लिटन दास ( ० ) , तेश्रो नबरका नासिर होसेन ( ३ ) र चौथो नम्बरमा आएका सब्बिर रहमान ( ० ) छिट्टै आउट भए।

चौथो विकेटको लागि ओपनर तथा कप्तान डेभिड वार्नरले पाँचौ नम्बरमा आएका अफिफ होसेनसंग ७१ रनको साझेदारी गर्दै टिमलाई राम्रो योगफलतर्फ डोर्याए।

अफिफ ११ औं ओभरमा ४५ रन बनाएर आउट भए जस अघि उनले मात्र २८ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। त्यसपछि वार्नरले पाँचौ विकेटको लागि निकोलस पुरनसंग ८० रनको साझेदारी गरे र टिमको योगफल १५० नजिक पुर्याएर उनि आउट भए। वार्नरले ४७ बलमा २ चौका र १ छक्का मदतले ५९ रन बनाए।

आक्रामक इनिंग खेलेका विन्डीज ब्याट्सम्यान निकोलस पुरनले अविजित ५२ रन बनाए जुन क्रममा ३२ बलमा ३ छक्का र ३ चौका प्रहार गरे।

चिट्टागोङ्गको लागि रोबी फ्राईलिंकले सर्वाधिक ३ विकेट ( ४-०-२६-३ ) लिए भने नईम हसन र खलिद एहमदले १/१ विकेट लिए।

Sylhet Sixers  Playing XI : Liton Das (wk), David Warner (c), Afif Hossain, Nicholas Pooran, Sabbir Rahman, Nasir Hossain, Alok Kapali, Taskin Ahmed, Sandeep Lamichhane, Al-Amin Hossain, Mohammad Irfan

Chittagong Vikings  Playing XI : Mohammad Shahzad (wk), Cameron Delport, Mohammad Ashraful, Mushfiqur Rahim (c), Sikandar Raza, Mosaddek Hossain, Robbie Frylinck, Nayeem Hasan, Sunzamul Islam, Abu Jayed, Khaled Ahmed





थप समाचार

अर्जुन ट्रफीका लागि घोडाघोडी–११ को टीम घोषणा

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

कप्तान रुविनाको अलराउन्डर प्रदर्शनमा काेशीकाे लगातार दोस्रो जित

कप्तान रुविना क्षेत्री बेलबासेको अलराउन्डर प्रदर्शनसँगै लगातार दोस्रो जित निकालेको कोशी प्रदेशले प्रधानमन्त्री कप राष्ट्रिय टी २० क्रिकेट प्रतियोगिताको प्लेअफ […]

स्कटल्याण्डसँग नेपाल १ विकेटले पराजित

पिप्पा स्प्रौलको सानदार बलिङसँगै नेपालले आइसिसी यु–१९ विश्वकपमा लगातार दोस्रो हार बेहोरेको छ। मंगलबार सम्पन्न खेलमा नेपाल स्टकल्यान्डसँग एक विकेटले […]

स्कटल्याण्डसँग खेल्दै नेपाल

कठमाडौँ । मलेसियामा जारी आइसीसी महिला यु–१९ टी–२० क्रिकेट विश्वकपमा सोमबार नेपालले स्कटल्याण्डको सामना गर्दै छ। नेपाली समयअनुसार यो खेल […]

प्रधानमन्त्री कप : कोशी र आर्मीको विजयी सुरुआत

काठमाडौं । कोशी र विभागीय टोली त्रिभुवन आर्मी क्लबले प्रधानमन्त्री राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा विजयी सुरुआत गरेका छन्। आइतबार […]

पाँचौ संस्करणको अर्घाखाँची प्रिमियर लिग क्रिकेटको उपाधी किमडाँडालाई

अर्घाखाँची । अर्घाखाँची क्रिकेट संघले आयोजना गरेको अर्घाखाँची प्रिमियर लिग टि–२० क्रिकेटको उपाधी सौजन्य समाज किमडाँडाले जितेको छ । पाँचौं […]