विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने 

२०८२ जेष्ठ ३, शुक्रबार १३:०१

विराटनगरमा टी–१० च्याम्पियनसिप क्रिकेट प्रतियोगिता हुने भएको छ । प्रतियोगिता विराटनगर महानगरपालिका वडा नम्बर–६ को आयोजना हुने भएको छ ।

प्रतियोगिता आगामी जेठ ४ गते देखि १० गतेसम्म बिराटनगर-६ स्थित म्यारीलिबोन विराटनगर ज्वाला क्रिकेट मैदानमा सञ्चालन हुनेछ ।

प्रतियोगितामा एन बि एस सि लायन्स, विराटनगर क्रिकेट क्ल्ब एकाडेमी, एग्रो भेट क्रिकेट क्ल्ब, विराटनगर प्यान्थर्स , युनाइटेड लायन हर्ट्स , मिल्स क्रिकेट क्ल्ब, कोशि प्राइड लिग गरि कुल ७ टिमको सहभागिता रहनेछ ।

प्रतियोगिताको उद्घाटन खेल एन बि एस सि लायन्स र विराटनगर क्रिकेट क्ल्ब एकाडेमी बिच हुनेछ। खेल दिवा र रात्रिकालीन समयमा सञ्चालन हुनेछ । खेलको प्रत्यक्ष प्रसारण मकालु टेलिभिजन बाट हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy