टि-१० क्रिकेटमा ताम्बेको ह्याट्रिक सहित अचम्मित पार्ने बलिङ्ग

  • विकेटनेपाल, मङ्सिर-६ 

लेग स्पिनर प्रविन ताम्बेले आस्चर्यजनक बलिङ्ग गर्दै हयाट्रिक लिएपछि सन्दिप लामिछानेको टिम केरला किंग्सले टि-१० लिग अन्तर्गत दोश्रो खेलमा खराब सुरुवात गरेको छ।

लिग अन्तर्गत दोश्रो खेलमा केरला किंग्सले शेन वाटसन कप्तानीको सिन्धिजको सामना गरिरहेको छ।

उमेरले ४७ बर्ष पुगेका ताम्बेले ओपनिङ्ग बलिङ्ग गर्दै एकै ओभरमा ४ विकेट लिएका हुन्। ४ विकेट लिने क्रममा उनले क्रिस गेल, ओएन मोर्गन, काइरन पोलार्ड र फाबीएन एलेनलाई खाता नखोली पेभेलियनको दिशा देखाए।

ओभरको पहिलो बलमा वाइड र चौका दिएका ताम्बेले लगत्तैको बलमा अर्को वाइड दिएका थिए भने त्यसपछिको बलमा उनले रन दिएनन्।

त्यसपछिको बलमा भने क्रिस गेल ताम्बेको फुल टस बललाई आक्रामक सट खेल्ने क्रममा लाग अनमा समातिन पुगे। त्यसपछि ओभरको चौथो बलमा कप्तान मोर्गन थिसारा परेराको बलमा क्याच आउट हुन पुगे।

मोर्गन पछि ब्याटिंग गर्न आएका पोलार्ड पहिलो बलमै बोल्ड भएर पेभेलियन फर्किए भने ह्याट्रिक बलमा सामना गरेको फाबीएन एलेन पनि बोल्ड भए पछि ताम्बेले ह्याट्रिक पुरा गरे।

ताम्बे त्यतिमै रोकिएनन् र दोश्रो ओभरको दोश्रो बलमा उपुल थारांगालाई बोल्ड गर्दै पाँचौ विकेट समेत लिए। टि-१० क्रिकेटमा ५ विकेट लिने ताम्बे पहिलो बलर समेत बन्न पुगे।

ताम्बेले २ ओभरको स्पेलमा १५ रन दिएर ५ विकेट लिएका छन्।

यो समाचार तयार पार्दासम्म केरला किंग्सले ५.१ ओभरमा ४३ रन बनाउदा ६ विकेट गुमाएको छ।

सारजाह मैदानमा खेलिने सिन्धिज र केरला किंग्स बीचको खेल नेपाली समय अनुसार साँझ ७:३० बजेबाट सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रशारण सोनी/इएसपीएनले गरिरहेको छ भने अनलाइनमा समेत Sonyliv.com मा भइरहेको छ।

प्रविन ताम्बेले यस अघि इन्डियन प्रिमियर लिग आइपीएलमा राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद तथा गुजरात लायन्सको प्रतिनिधित्व गरिसकेका छन्। उनले पहिलो पटक ४१ बर्षको उमेरमा सन् २०१३ को आइपीएलमा राजस्थान रोयल्सको लागि खेल्ने मौका पाएका थिए।

टि-१० लिग अन्तर्गत हजो राति सम्पन्न खेलमा केरलाले शहिद अफ्रिकी कप्तानीको पख्तुन्सलाई ८ विकेटले पराजित गरिसकेको छ। खेलमा पहिले ब्याटिंग गरेको पख्तुन्सले दिएको ११० रनको लक्ष्य किंग्सले ७.५ ओभरमै पुरा गरेको थियो।

लिग अन्तर्गत पहिलो खेलमा सिन्धिजले राजपुत्ससंग १० विकेटको पराजय बेहोरीसकेको छ। पहिले ब्याटिंग गर्दै सिन्धिजले दिएको ९५ रनको लक्ष्य राजपुत्सले ४ ओभरमै पुरा गर्दा मोहम्मद सहजादले १६ बलमा ८ छक्का र ६ चौका मदतले ७४ रन बनाएका थिए।

शेन वाट्सनको टिममा बेन कटिंग, मोहम्मद इरफान, थिसारा परेरा,मोहम्मद नवाज, दिनेश रामदिन, एन्टन डेभसिच, फवाद एह्मद, बेन लाफ्लिन, जोफ्रा आर्चर जस्ता खेलाडीहरु रहेका छन् भने सन्दिपको टिममा ओवेन मोर्गन, क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ्ग, मोहम्मद नाभेद जस्ता खेलाडीहरु रहेका छन्। किंग्सको प्रशिक्षण प्रसिद्ध न्युजिल्यान्ड पुर्व क्रिकेटर ड्यानियल भिटोरीले गरिरहेका छन्।





थप समाचार

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

केपी ओली कप : एपीएफलाई हराउदै मधेश प्रदेश फाइनलमा, उपाधिको लागि आर्मीसंग खेल्ने

विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ ) लाई पराजित गर्दै मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको […]

गुल्सनलाई समेट्दै यू-१९ एसिया कप खेल्ने नेपाली टोलीको घोषणा

सिनियर राष्ट्रिय टिमका अलराउन्डर गुल्सनकुमार झालाई समेट्दै यू–१९ एसिया कपका निम्ति नेपाली टिमको घोषणा भएको छ । युनाइटेड अरब इमिरेट्स […]

केपी ओली कप : आर्मी र मधेश सेमीफाइनलमा, सुदूरपश्चिमसंग पुलिस स्तब्ध

विभागीय टोलि नेपाल पुलिस क्लबलाई सुदूरपश्चिम प्रदेशले पराजित गर्दा मधेश प्रदेश पोखरामा जारि केपी ओली कप टि-२० प्रतियोगिताको सेमीफाइनलमा पुगेको […]