टि-१० लिग : करन केसी आवद्ध पुनेको लगातार चौथो हार

युएईमा जारि अबुधाबी टि-१० लिग अन्तर्गत सुपर लिग चरणको दोश्रो खेलमा पनि पुने पराजित भएको छ। लिगमा पुनेले पहिलो खेलमा डेक्कन ग्ल्याडीएटर्सलाई पराजित गरेपछि यो लगातार चौथो हार हो।

शेख जायद स्टेडीयम अबुधाबीमा पुनेले दिएको ५८ रनको लक्ष्य दिल्ली बुल्सले ४.४ ओभरमा मात्र २ विकेट गुमाएर पुरा गर्दै ८ विकेटको जित दर्ता गर्यो।

बुल्सको लागि रहमनुल्लाह गुर्बजले सर्वाधिक २६ रन, शर्फेन रुथरफोर्डले अविजित १४ तथा इभिन लुइसले अविजित १३ रन बनाए। पुनेको बलिंगमा मोहम्मद आमिर र मुनिस अन्सारीले समान १ विकेट लिए। नेपाली खेलाडी करन केसीले बलिंग गर्ने मौका पाएनन्।

यस अघि टस हारेर ब्याटिंग गरेको पुनेले निर्धारित १० ओभरमा ७ विकेट गुमाएर ५७ रन मात्र बनाउन सक्यो। पुनेले बनाएको ५७ रन अबुधाबी टि-१० लिग इतिहासकै दोश्रो कम योगफल हो। लिगमा सबै भन्दा कम योगफल नर्दर्न वारियर्सले २०१९ मा बनाएको थियो। कलन्दर्सबिरुद्ध वारियर्स ४६ रनमा समेटिन पुगेको थियो।

पुनेको ब्याटिंगमा ओपनर केनार लुइसले सर्वाधिक १५ रन, डेभोन थोससले अविजित १४ रन तथा टम कोहलरले ११ रन बनाए।

करन गोल्डेन डक

लिगमा पहिलो पटक ब्याटिंग गर्ने मौका पाएका करन केसीले भने खाता खोल्न सकेनन्। सातौं नम्बरमा ब्याटिंग गर्न आएका करन अलि खानले ‘गोल्डेन डक’ गरे। अफस्टम्प बाहिर जाँदै गरेको बललाई थर्डम्यानको दिशामा खेल्न खोजेका करनको ब्याटको बाहिरि किनारा लागेको थियो।

दिल्लीको बलिंगमा अलि खानले ३ विकेट लिने क्रममा ०.५ ओभर बलिंग गर्दै कुनै पनि रन खर्चेनन्। खानले पाँचौ ओभर बलिंग गर्ने क्रममा तिन वटै विकेट लिएका थिए। नासिर हुसेन र करन केसीलाई लगातार बलमा आउट गरेपछि अलि खान घाइते हुँदै मैदान बाहिरिएका थिए। यस्तै अमाद बटले २ विकेट लिंदा फिडेल एडवार्ड्स र शिराज एहमदले समान १ विकेट लिए।

लिगमा करनको बलिंग प्रदर्शन : लिगमा करनले यस अघि खेलेको ४ वटा खेलमा १ विकेट लिन सकेका छन्। लिगको पहिलो खेलमा करनले डेक्कन ग्ल्याडीएटर्ससंग १ ओभरमा १७ रन खर्चेका थिए। दोश्रो खेलमा कलन्दर्ससंग १ ओभरमा ९ रन खर्चेका थिए। तेश्रो खेलमा करनले टिम अबुधाबी बिरुद्ध क्रिस गेलको विकेट लिंदा १ ओभरमा १८ रन खर्चेका थिए। चौथो खेलमा बांग्ला बिरुद्ध करनले १ ओभरमा १७ रन खर्चेर विकेटविहिन रहे।





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]