युएईमा जारि चौथो संस्करणको अबुधाबी टि-१० लिग अन्तर्गत चौथो दिनको पहिलो खेलमा नेपाली खेलाडी करन केसी आवद्ध पुने डेभिल्स र कुशल मल्ल आवद्ध टिम अबुधाबी प्रतिस्पर्धा गर्दैछन्।
खेलमा टिम अबुधाबीले टस जितेर फिल्डिंग रोज्दै पुनेलाई ब्याटिंगको निम्तो दिएको छ। खेल नेपाली समय ५:४५ बजे बेलुका सुरु हुनेछ।
टिम अबुधाबीले भने अर्का नेपाली खेलाडी कुशल मल्ललाई लगातार तेश्रो खेलमा मैदान बाहिर राखेको छ। पुनेले लगातार तेश्रो खेलमा नेपाली फास्ट बलर करन केसीलाई अन्तिम-११ मा समाबेश गरेको छ।
टिम अबुधाबीको अन्तिम-११ : Luke Wright(c), Chris Gayle, Paul Stirling, Ben Duckett(w), Joe Clarke, Najibullah Zadran, Rohan Mustafa, Jamie Overton, Obed McCoy, Usman Shinwari, Tom Helm
पुने डेभिल्सको अन्तिम-११ : Tom Kohler-Cadmore, Kennar Lewis, Chadwick Walton(w), Alex Davies, Devon Thomas, Nasir Hossain(c), Karan KC, Hardus Viljoen, Mohammad Amir, Munis Ansari, Ahmed Raza
लिग अन्तर्गत दुवै टिमको पहिलो चरणमा यो अन्तिम खेल हो। पुनेले २ खेलमा १ जित र १ हार बेहोर्दा स्टार खेलाडीहरुले भरिएको टिम टिम अबुधाबी भने दुवै खेलमा पराजित भएको छ। सुपर लिग चरण सुरु हुनु अघि टिम अबुधाबी पहिलो जित आत्मसात गर्न चाहन्छ भने पुने जितको लय कायम राख्न चाहन्छ।
Here’s how the Group standings look after 3 days of the tournament.
Share your predictions for today…#AbuDhabiT10 #inabudhabi pic.twitter.com/WGRQc7eT5i
— T10 League (@T10League) January 31, 2021
करन केसी पुनेले खेलेको अघिल्लो दुवै खेलमा पनि अन्तिम-११ मा स्थान बनाउन सफल भएका थिए। त्यस क्रममा करनले पहिलो खेलमा डेक्कन ग्ल्याडीएटर्ससंग १ ओभर बलिंग गर्दा १७ रन खर्चेका थिए भने दोश्रो खेलमा कलन्दर्स बिरुद्ध १ ओभर बलिंग गर्दा मात्र ९ रन खर्चेका थिए। कुशल मल्लले भने टिमले खेलेको अघिल्लो दुवै खेलमा पनि मैदान बाहिर बस्नुपरेको थियो। टिममा स्टार ब्याट्सम्यानहरु रहेकाले कुशलले अन्तिम-११ मा मौका पाउन सकेका छैनन्।
लिग अन्तर्गत अर्का नेपाली खेलाडी सोमपाल कामि सम्मिलित टिम मराठा अरबियन्सले पहिलो चरणमा तिन वटै खेल खेलीसकेको छ। त्यस क्रममा पहिलो खेलमा नर्थर्न वारियर्ससंग जित पछि दिल्ली बुल्स र बांगला टाइगर्ससंग भने टिम पराजित हुन पुगेको थियो।
करन केसी जस्तै सोमपाल पनि हालसम्म विकेट हात पार्न असफल रहेका छन्। पहिलो खेलमा नर्थर्न बिरुद्ध २ ओभरमा २८ रन खर्चेका उनले दोश्रो खेलमा दिल्लीसंग १ ओभर बलिंग गर्दा १७ रन खर्चेका थिए। तेश्रो खेलमा दिल्ली बिरुद्ध सुधारिएको प्रदर्शन गर्दै उनले १ ओभरमा १२ रन खर्चेका थिए।
यो पनि पढ्नुस :-
प्रम कप : सन्दिप जोरासंग भनाभन गर्दा राजेश पुलामीलाई कारवाही
प्रम कप : कमल सिंह ऐरी प्रतियोगिताकै उत्कृस्ट, कसले के अवार्ड जिते