टि-१० लिगमा आज करन र सोमपाल आबद्ध टिमको खेल ( सम्पूर्ण जानकारी )

२०७७ माघ १५, बिहीबार १४:०७

युनाइटेड अरब इमिरेट्समा ( युएई ) आज देखि अबु धाबी टि-१० लिग सुरु हुँदैछ। प्रतियोगितामा ३ नेपाली खेलाडीहरु करन केसी, सोमपाल कामि र कुशल मल्ल बिभिन्न तिन वटा टिममा सहभागी रहेका छन्। गत साता बिहिबार सबै क्रिकेटर युएई पुगेका थिए।

टि-१० लिगमा सोमपाल आबद्ध मराठा समुह ‘ए’ मा रहेको छ जुन समुहमा बांग्ला टाइगर्स, दिल्ली बुल्स र नर्थर्न वारियर्स रहेका छन्। समुह ‘बि’ मा करन आवद्ध पुने, कुशल मल्ल आबद्ध टिम अबुधाबी सहित डेक्कन ग्ल्याडीएटर्स र कलन्दर्स रहेका छन्। तिन जना क्रिकेटर पहिलो पटक टि-१० लिग खेल्न छनोट भएका हुन्। यस्तै राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का कुशल मल्ल आबद्ध टिम अबु धाबीको मेन्टरको रुपमा आबद्ध रहेका छन्।

लिग अन्तर्गत उद्घाटन खेलमा अलराउण्डर सोमपाल कामि आबद्ध डिफेन्डिङ च्याम्पियन टिम मराठा अरबीयन्स र निकोलस पुरन कप्तानीको नर्थर्न वारियर्सले प्रतिस्पर्धा गर्दैछन्। खेल नेपाली समय ५:४५ बजे बेलुका सुरु हुनेछ।


मराठा अरबियन्सको कप्तानी पाकिस्तानी क्रिकेटर शोयब मलिकले गर्दैछन्। टिममा अर्का पाकिस्तानी क्रिकेटर मोहम्मद हफिज पनि रहेका छन्। यस्तै भारतीय स्पिनर प्रभीन ताम्बे, बंगलादेशी क्रिकेटर तस्कीन एहमद र मोसद्दक हुसेन रहेका छन्। त्यसबाहेक टिममा ठूला आमहरुको उपस्थिति रहेको छैन। यस्तो अवस्थामा सोमपाल कामिले अन्तिम-११ मा मौका पाउने सम्भावना बलियो छ।

मराठा अरबियन्स टिम : लौरी इभान्स, मोहम्मद हफिज, शोयब मलिक  ( कप्तान ) , आलिशान शरफु, जाभेद अहमदि , अब्दुल शाकुर  ( विकेटकिपर ) , मोसद्दक हुसेन, मुक्तर अलि, प्रभिन ताम्बे, यामिन अहमदजाई, सोमपाल कामि, इशान मलहोत्रा, अमजद गुल खान, मरुफ मर्चान्ट, सयद हैदर शाह, सोहाग गाजी, तस्किन एहमद रभिन्दरपाल सिंह

बिहिबारनै अर्का नेपाली फास्ट बलिंग अलराउण्डर करन केसी आबद्ध टिम पुने डेभिल्सले काइरन पोलार्ड कप्तानीको डेक्कन ग्ल्याडीएटर्ससंग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समय राति ८ बजे सुरु हुनेछ।

करन केसी आवद्ध टिम पुने डेभिल्स टिममा मोहम्मद आमिर, स्याम बिलिंग्स, अजन्था मेन्डीस, थिसारा परेरा, चाडविक वाल्टन, नासिर होसेन, चमरा कपुगेद्रा जस्ता खेलाडीहरु रहेका छन्।  टिममा मोहम्मद आमिर, हार्दुस भिलजोन, थिसारा परेरा जस्ता फास्ट बलर उपस्थित भएकोले करनले सोमपालले अन्तिम-११ मा मौका पाउने सम्भावना कम मानिएको छ।

पुने डेभिल्स टिम : टम कोहल, भृत्य अर्भिन्द ( विकेटकिपर ) , चाडविक वाल्टन, स्याम बिलिंग्स, दर्विश रसुली, थिसारा परेरा, नासिर होसेन, हार्दुस भिलजोन, मुनिस अन्सारी, करन केसी, अजन्था मेन्डीस, मोहम्मद आमिर, मोनिर होसेन, डेभोन थोमस, केन्नर लुइस, असिफ खान, मोहम्मद बुता, स्याम विस्नीस्कि, चमरा कपुगेद्रा, मालिन्दा पुस्पकुमारा, दिनेश कुमार

अबु धाबी टि-१० लिगको प्रत्यक्ष प्रशारण सोनी सिक्स, सोनी टेन च्यानलले गर्नेछ।

कुशल मल्ल आबद्ध टिम अबु धाबीमा क्रिस गेल, क्रिस मोरिस, लुक राइट, अभिस्का फर्नान्डो, एलेक्स हेल्स, रोहन मुस्तफा जस्ता खेलाडीहरु रहेका छन्। अबु धाबीले पहिलो खेल जनवरी २९ तारिखमा डेक्कन ग्ल्याडीएटर्स, दोश्रो खेल जनवरी ३० तारिखमा कलन्दर्ससंग तथा तेश्रो खेल पुने डेभिल्ससंग खेल्नेछ।

प्रतियोगिताको पहिलो चरणको खेल सकिएपछि फेब्रुअरी १ देखि ५ सम्म दोश्रो चरणको सुपर लिग खेलहरु सुरु हुनेछ। दोश्रो चरणमा पहिलो चरणमा टिमको अंकतालिकाको स्थान अनुसार खेल तालिका हुनेछ। पहिलो चरण र दोश्रो चरणमा एकै दिन तिन वटा खेलहरु खेलिनेछ। दोश्रो चरणमा पहिलो चरणमा एउटा समुहमा रहेको टिमले अर्को समुहमा रहने टिमहरुसंग प्रतिस्पर्धा गर्नेछ।

फेब्रुअरी ५ देखि प्रतियोगिताको प्लेअफ खेलहरु खेलिनेछ भने फेब्रुअरी ६ तारिखमा फाइनल र तेश्रो स्थानको लागि खेल हुनेछ।

१० दिन चल्ने लिगको खेलहरु नेपाली समय बेलुका ५:४५ बजे सुरु हुनेछ। तिन वटा खेल प्रत्येक दिन हुँदा पहिलो खेल ५:४५ बजे, दोश्रो खेल ८ बजे तथा तेश्रो खेल १०:१५ बजे राति सुरु हुनेछ।

https://www.youtube.com/watch?v=f09WgmsG-Q8&t=5s

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy