टि-१० लिग : आज कुशल र करन आवद्ध टिम आमनेसामने हुँदै

२०७७ माघ १८, आईतवार १५:२०

युएईमा जारि अबु धाबी टि-१० लिग अन्तर्गत चौथो दिन आइतबार नेपाली खेलाडी सम्मिलित टिम पुने डेभिल्स र टिम अबु धाबी बीच खेल हुँदैछ।

पारस खड्का सल्लाहकार तथा कुशल मल्ल खेलाडीको रुपमा आवद्ध रहेको टिम ‘टिम अबुधाबी’ र करन केसी आवद्ध टिम पुने डेभिल्स बीच नेपाली समय बेलुका ५:४५ बजे खेल हुँदैछ।

लिग अन्तर्गत दुवै टिमको पहिलो चरणमा यो अन्तिम खेलको। पुनेले २ खेलमा १ जित र १ हार बेहोर्दा स्टार खेलाडीहरुले भरिएको टिम टिम अबुधाबी भने दुवै खेलमा पराजित भएको छ। सुपर लिग चरण सुरु हुनु अघि टिम अबुधाबी पहिलो जित आत्मसात गर्न चाहन्छ भने पुने जितको लय कायम राख्न चाहन्छ।

टिममा स्टार ब्याट्सम्यानहरु रहेकाले कुशलले अन्तिम-११ मा मौका पाउन सकेका छैनन्

नेपाली फास्ट बलर करन केसी पुनेले खेलेको अघिल्लो दुवै खेलमा अन्तिम-११ मा स्थान बनाउन सफल भएका थिए। त्यस क्रममा करनले पहिलो खेलमा डेक्कन ग्ल्याडीएटर्ससंग १ ओभर बलिंग गर्दा १७ रन खर्चेका थिए भने दोश्रो खेलमा कलन्दर्स बिरुद्ध १ ओभर बलिंग गर्दा मात्र ९ रन खर्चेका थिए। कुशल मल्लले भने टिमले खेलेको दुवै खेलमा मैदान बाहिर बस्नुपरेको छ। टिममा स्टार ब्याट्सम्यानहरु रहेकाले कुशलले अन्तिम-११ मा मौका पाउन सकेका छैनन्।

लिग अन्तर्गत अर्का नेपाली खेलाडी सोमपाल कामि सम्मिलित टिम मराठा अरबियन्सले पहिलो चरणमा तिन वटै खेल खेलीसकेको छ। त्यस क्रममा पहिलो खेलमा नर्थर्न वारियर्ससंग जित पछि दिल्ली बुल्स र बांगला टाइगर्ससंग भने टिम पराजित हुन पुगेको थियो।

करन केसी जस्तै सोमपाल पनि हालसम्म विकेट हात पार्न असफल रहेका छन्। पहिलो खेलमा नर्थर्न बिरुद्ध २ ओभरमा २८ रन खर्चेका उनले दोश्रो खेलमा दिल्लीसंग १ ओभर बलिंग गर्दा १७ रन खर्चेका थिए। तेश्रो खेलमा दिल्ली बिरुद्ध सुधारिएको प्रदर्शन गर्दै उनले १ ओभरमा १२ रन खर्चेका थिए।

आज समुह चरणको तिन वटा खेलहरु संगै पहिलो चरणको खेलहरु समाप्त हुनेछ। त्यसपछि दोश्रो चरण अन्तर्गत समुह ‘ए’ र ‘बि’ को अंकतालिकाको आधारमा सुपर लिग चरणको खेल तालिका सार्वजनिक हुनेछ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy