टि-१० लिग : सन्दिपको अन्तिम खेल आज

Sandeep lamichhane
  • विकेटनेपाल, मङ्सिर १४- शुक्रवार

युएईमा जारि टि-१० लिग अन्तर्गत दोश्रो चरणको पाँचौ खेलमा नेपाली लेग स्पिनर सन्दिप लामिछानेको टिम केरला नाइट्सले लिगको अन्तिम खेलमा साम बिलिंग्स कप्तानीको बेङ्गाल टाइगर्ससंग खेल्दैछ।

बिहिबार जित्नै पर्ने खेलमा नर्थर्न वारियर्ससंग ८ विकेटले सजिलै पराजित भएपछि केरलाको प्ले-अफ चरण पुग्ने सम्भावना सकिएको छ। उक्त खेलमा सन्दिपले आफ्नो करियरकै सबैभन्दा महँगो स्पेल ( २-०-४७-० ) गर्दा पहिले ब्याटिंग गर्दै केरलाले दिएको १०२ रनको लक्ष्य वरियर्सले ७.२ ओभरमै पुरा गरेको थियो। 

यस अघि सन्दिपको टिमले लिगको पहिलो खेलमा शहिद अफ्रिदी कप्तानीको टिम पख्तुन्सलाई ८ विकेटले पराजित गरेपछि दोश्रो खेलमा शेन वाट्सन कप्तानीको सिन्धिजसंग भने नाइट्स ९ विकेटले पराजित हुन पुग्यो। यस्तै आइतवार सम्पन्न तेस्रो खेल भने बर्षाका कारण रद्ध भएको थियो भने चौथो खेलमा पन्जाबी लेजेन्ड्ससंग ३६ रनले पराजित भएको थियो।

अर्कोतर्फ प्ले अफ चरण सुरक्षित गर्न बेङ्गाललाई पनि आज केरलासंग जित महत्वपूर्ण रहेको छ। ५ खेल खेल्दा टाइगर्सले ३ जित र २ हार बेहोरेको छ। यो खेल जितेमा टाइगर्सको प्ले-अफ चरण प्रवेश निश्चित हुनेछ भने हारेको खण्डमा अन्य टिमको नतिजामा आगामी यात्रा निर्भर गर्नेछ। हाल सम्म ४-४ वटा जित सहित ड्यारेन स्यामी कप्तानीको नर्थर्न वारियर्स र शहिद अफ्रिदी कप्तानीको पख्तुन्सले भने प्लेअफमा स्थान सुरक्षित गरिसकेको छ।

टि-१० लिग अन्तर्गत पहिलो खेलमा टाइगर्सले नर्थर्न वारियर्सलाई ३६ रनले पराजित गरेको थियो भने दोश्रो खेलमा मराठा अरबियन्ससंग ९ विकेटले पराजित भएको थियो। त्यसपछि तेश्रो खेलमा पन्जाबी लेजेन्ड्स बिरुद्ध ६ विकेटको जित निकालेको टाइगर्सले चौथो खेलमा पख्तुन्ससंग ७ विकेटको हार बेहोरेको थियो। पाँचौ खेलमा भने वारियर्सले सिन्धिजलाई ७ विकेटले पराजित गरेको थियो।

साम बिलिंग्स कप्तानीको टाइगर्समा जेसन रोय, सुनिल नारायन, मोहम्मद नबि, लुक राइट, मोर्ने मोर्केल, मुजिब उर् रहमान, चिराग सुरी जस्ता खेलाडीहरु रहेका छन्।

खेलबारे जानकारी 

केरला नाइट्स र नर्थर्न वारियर्स बीचको खेल सारजाह मैदानमा नेपाली समय बेलुका ५:१५ बजे सुरु हुनेछ।खेलको प्रत्यक्ष प्रशारण सोनी/इएसपीएनले गरिरहेको छ भने अनलाइनमा समेत Sonyliv.com मा भइरहेको छ।

प्रतियोगितामा हालसम्म सन्दिपको प्रदर्शन

पहिलो खेल –  बिरुद्ध पख्तुन्स ( २-०-१७-३ ) : प्रतियोगिता अन्तर्गत पहिलो खेलमा ३ विकेट लिंदै सन्दिपले शहिद अफ्रिदी कप्तानीको टिम पख्तुन्सलाई ८ विकेटले पराजित अहम योगदान दिएका थिए। उक्त खेलमा नेपाली लेग स्पिनरले आन्द्रे फ्लेचर, कोलिन इन्ग्राम, मोहम्मद कलिमको विकेट लिएका थिए। २ ओभर बलिङ्ग गर्ने क्रममा उनले मात्र १७ रन खर्चेर ३ विकेट लिंदै निकै तारिफ पाएका थिए।

पहिलो ओभर – विकेट ( फ्लेचर ) , १ रन, २ रन, छक्का, १ रन , विकेट ( इन्ग्राम )
दोश्रो ओभर – चौका, डट बल, १ रन, विकेट ( कलिम ) , १ रन, १ रन

दोश्रो खेल – बिरुद्ध सिन्धिज ( २-०-१४-१ ) : दोश्रो खेलमा सन्दिपको टिम पराजित भए पनि आफ्नो पहिलो खेलको लयलाई दोहोर्याएका उनले न्युजिल्याण्ड राष्ट्रीय क्रिकेटर समेत रहेका एन्टन डेभसिचको विकेट लिएका थिए । आक्रमक ब्याटिंग गरेर ४९ रन बनाएका डेभसिचलाई उनले क्याच आउट गराएका थिए।

पहिलो ओभर – १ रन , १ रन, छक्का , १ रन , डट बल, १ रन
दोश्रो ओभर – १ रन, १ रन , विकेट ! , डट बल, १ रन, १ रन

तेश्रो खेल – बिरुद्ध राज्पुत्स ( २-०-२३-२ ) : लगातार राम्रो प्रदर्शन गरिरहेका सन्दिपले आफ्नो तेस्रो खेलमा समेत २ विकेट हात पारे। बर्षाका कारण पछि गएर रद्ध भएको खेलमा सन्दिपले आफ्नो २ ओभरमा उत्कृस्ट लयमा रहेका मोहम्मद सेहजाद र कार्लोस ब्रेथवेटको विकेट हात पारेका थिए।

पहिलो ओभर – १ रन, डट बल, डट बल, १ रन, विकेट ! , चौका
दोस्रो ओभर – छक्का, छक्का, १ रन, विकेट, डट बल, चौका

चौथो खेल – बिरुद्ध पन्जाबी लेजेन्ड्स ( २-०-२८-० ) 

प्रतियोगिताको पहिलो ३ खेलमा ६ विकेट लिएका नेपाली गुगली ब्वाई पहिली पटक विकेट विहिन बने।खेलको दोश्रो ओभरमा बलिङ्ग गर्न आएका सन्दिपको पहिलो ओभरमै उमर अकमलले ३ चौका र १ छक्का प्रहार गर्दै कुल १८ रन प्रहार गरेका थिए। त्यसपछि सुधारिएको बलिङ्ग गर्दै सन्दिपले दोश्रो ओभरमा १० रन खर्चिए र २ ओभरमा २८ रन खर्चिए।

पहिलो ओभर ( ६ , ४ , ० , ० , ४ , ४ ) – छक्का ( उमर अकमल ) , चौका ( उमर अकमल ) , डट बल, डट बल, चौका ( उमर अकमल ) , चौका ( उमर अकमल )

दोश्रो ओभर ( ४ , १ , ० १ , ४ , ० ) – चौका ( मुर ) , १ रन ( मुर ) , डट बल ( साल्ट ) , १ रन ( साल्ट ) , चौका ( मुर ) , डट बल ( मुर )

पाँचौ खेल – बिरुद्ध नर्थर्न वारियर्स ( २-०-४७-० ) 

नर्थर्न वारियर्स बिरुद्ध २ ओभर बलिङ्ग गर्दा सन्दिपलाई निकोलस पुरन र आन्द्रे रसेलले कुल ७ छक्का हिर्काए र उनले कुल ४७ रन खर्चिए। पहिलो ओभरमा उनलाई निकोलस पुरनले ३ छक्का हिर्काए जसपछि दोश्रो ओभर बलिङ्ग गर्न आएका सन्दिपलाई आन्द्रे रसेलले ३ छक्का र पुरनले १ छक्का प्रहार गर्दै निरिह सावित गरे।

कसिलो बलिङ्ग गर्नको लागि चिनिने सन्दिपले २३.५ प्रतिओभर रन दिए जुन उनले हालसम्म नेपाल राष्ट्रिय टिम, नेपाली घरेलु क्रिकेट, यु-१९ टिम र अन्य बिदेशी लिगमा बलिङ्ग गर्दा दिएको सबैभन्दा धेरै प्रतिओभर रन हो।

टि-१० लिगका लागि अगस्टमा सम्पन्न अक्सनमा नेपाली स्पिनरलाई प्रतियोगिताको डिफेन्डिंग च्यापियन केरलाले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो।

टि-१० स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुने १० ओभरको क्रिकेट प्रतियोगिता सन् २०१७ बाट सुरु भएको हो। प्रतियोगितामा नाइट्ससंगै मराठा अरबियन्स, पख्तुन, पन्जाबी लेजेंड्स, कराँचीयन्स, बेंगल टाइगर्स, नर्दन वारियर्स र राजपुत्स गरी ८ टोलिको सहभागिता रहेको छ।





थप समाचार

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]

नेपालले पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने

काठमाडौं। आगामी जुनमा स्कटल्यान्डमा आयोजना हुने त्रिकोणात्मक टी-२०आई सिरिजमा नेपालले आफ्नो पहिलो खेल नेदरल्यान्ड्ससँग खेल्ने भएको छ। जुनमा ग्लास्गोको क्लाइडसडेल […]

सिद्धान्तलाई क्यानले आर्थिक सहयोग गर्ने

काठमाडौं। नेपाल क्रिकेट संघ (क्यान)ले महेन्द्र नारायण निधी राष्ट्रिय क्रिकेट प्रतियोगिताको दौरान घाइते भएका क्रिकेटर सिद्धान्त लोहनीलाई पाँच लाख रुपैयाँ […]