टि-१० लिग : अबुधाबीले टस जितेर फिल्डिंग रोज्यो, सोमपाल खेल्दा कुशल बाहिरै

युएईमा जारि अबुधाबी टि-टेन लिग अन्तर्गत सुपर लिग चरणको खेलमा सोमपाल कामि आवद्ध मराठा अरबियन्स र कुशल मल्ल आवद्ध टिम अबुधाबी प्रतिस्पर्धा गर्दैछन्।

लिगमा कमजोर प्रदर्शन गरिरहेको दुवै टिमलाई आज प्लेअफ सम्भावना जीवित राख्न जित अत्यावश्यक रहेको छ। दुवै टिमले ४ खेल खेल्दा १ जित र ३ हार बेहोरेको छ। अंकतालिकामा टिम अबुधबी पाँचौ स्थानमा रहेको छ भने समान २ अंक रहेता पनि नेट रन रेटमा पछि पर्दै मराठा आठौँ स्थानमा रहेको छ। मात्र २ खेल बाँकी रहेको अवस्थामा दुवै टिमलाई गर या मरको अवस्था भएको हो।

खेलमा टस जितेर टिम अबुधाबीले मराठालाई ब्याटिंगको निम्तो दिएको छ। खेल नेपाली समय ८:१५ बजे राति सुरु हुनेछ। खेलमा मराठाले सोमपाल कामिलाई अन्तिम-११ मा निरन्तरता दिंदा कुशल मल्ल भने मैदान बाहिरनै बस्नेछन्।

टिम अबुधाबीको अन्तिम ११ :  Luke Wright(c), Paul Stirling, Chris Gayle, Joe Clarke, Ben Duckett(w), Najibullah Zadran, Jamie Overton, Rohan Mustafa, Obed McCoy, Naveen-ul-Haq, Tom Helm

मराठा अरबियन्सको अन्तिम ११ : Mohammad Hafeez, Abdul Shakoor(w), Laurie Evans, Shoaib Malik, Muktar Ali, Ishan Malhotra, Mosaddek Hossain(c), Yamin Ahmadzai, Alishan Sharafu, Sompal Kami, Maroof Merchant

लिगमा सोमपाल कामिले खेलेको ४ खेलमा १ विकेट लिन सकेका छन्। लिग अन्तर्गत अघिल्लो खेलमा सोमपालले विकेटको खाता खोल्ने क्रममा कलन्दर्सका सोहेल अख्तरलाई एलबिडब्लु आउट गरेका थिए। खेलमा उनले १ ओभर बलिंग गर्दा १९ रन खर्चेका थिए। त्यस अघिको तिन वटा खेलमा सोमपाल विकेटविहिन रहेका थिए। उनले पहिलो खेलमा नर्दर्न वारियर्स बिरुद्ध २ ओभरमा २८ रन खर्चेका थिए। यस्तै दोश्रो खेलमा दिल्ली बुल्स बिरुद्ध १ ओभरमा १७ रन खर्चेका थिए। तेश्रो खेलमा बांग्ला टाइगर्स बिरुद्ध १ ओभरमा उनले १२ रन खर्चेका थिए।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]