टि-१० लिग : पारसलाई अबुधाबीले रिटेन गरेन, सल्लाहकारको भूमिकामा रहने

युएईमा आगामी वर्ष जनवरी २८ देखि फेब्रुअरी ६ तारिखसम्म आयोजना हुने ‘अबु धाबी टि-१० लिग’ को चौथो संस्करणमा नेपाली क्रिकेट टिमका पूर्व कप्तान पारस खड्का नखेल्ने भएका छन्।

लिगको गत सिजन २०१९ नोभेम्बरमा सम्पन्न भएको थियो जुन सिजन पारसलाई अबु धाबी क्रिकेटको स्वामित्व रहेको ‘टिम अबु धाबी’ले अनुबन्ध गरेको थियो। तर यो पटक भने अबु धाबीले पारसलाई रिटेन नगर्ने अर्थात् पुनः आवद्ध नगर्ने भएको छ।

नेपाली स्टार ब्याट्सम्यानलाई अबु धाबीले यो पटक टिमको मेन्टरको रुपमा आबद्ध गर्ने घोषणा गरेको छ। अबु धाबीले गत सिजन टिममा रहेका ४ जना खेलाडीहरु रोहन मुस्तफा, लुक राइट, अभिस्का फर्नान्डो र हेडन वाल्शलाई यो सिजन पनि पुनः आबद्ध गरेको छ। अबुधाबीले यो सिजन स्टार दक्षिण अफ्रिकी पेसर क्रिस मोरिसलाई टिममा आबद्ध गरेको छ।

“पारस खड्कालाई टिम अबु धाबीको इमर्जिंग ट्यालेन्ट मेन्टर ( उदयमान प्रतिभा सल्लाहकार ) को रुपमा आबद्ध गरेको घोषणा गर्दा हर्षित छौँ। नेपाली लेजेण्डले यो सिजन अबु धाबी टि-१० लिगमा टिम सल्लाहकारको भूमिका निभाउने छन्।” टिम अबु धाबीले आफ्नो फेसबुक मार्फत घोषणा गरेको छ।

टिम अबुधाबीले आफ्नो फेसबुकमा पारस सम्बन्धित पोस्टहरु लगातार गरिरहने हुँदा यो पटक पनि पारसलाई टिममा आबद्ध गर्ने आशा नेपाली फ्यानहरुले गरेका थिए। तर यो सिजन पारस खेलाडीको रुपमा हैन सल्लाहकारको रुपमा टिमसंग आबद्ध रहनेछन्।

उदयमान ट्यालेन्ट सल्लाहकारको रुपमा टिममा आबद्ध भएपछि पारसले ट्वीटरमार्फत प्रतिक्रिया दिंदै आफ्नो नयाँ जिम्मेवारीको लागि तयार भएको र यसले गर्दा नेपाली क्रिकेटरहरुले अन्तर्राष्ट्रिय स्तरमा अझ मौका पाउने विश्वास व्यक्त गरेका छन् –

“टिम अबु धाबीले दिएको नयाँ भूमिकाको लागि उत्साहित छु। आशा गरेको छु कि नेपाली क्रिकेटको लागि अन्तर्राष्ट्रिय स्तरमा विकास गर्न र हाम्रो क्रिकेटरहरुलाई पनि टिम अबु धाबी मार्फत अनुबन्ध गर्न यसले अझ बढी अवसर दिनेछ।”


गत सिजन पारसले पहिलो पटक टि-१० लिग खेल्ने क्रममा मात्र तिन वटा खेलमा अन्तिम-११ मा मौका पाएका थिए। त्यस क्रममा पारसले २ इनिंगमा ब्याटिंग गरेका थिए । छैठौं नम्बरमा ब्याटिंग पाउदा १० ओभरको फर्म्याटमा पारसले आफ्नो प्रदर्शन भने देखाउने पर्याप्त मौका पाएनन्। पारसले पहिलो खेलमा कलन्दर्स बिरुद्ध अविजित ३ बलमा ३ रन , दोश्रो खेलमा नर्थन वारियर्स बिरुद्ध अविजित १ बलमा १ रन बनाएका थिए। तेश्रो खेलमा कर्नाटका टस्कर्स बिरुद्ध पारसले ब्याटिंगमा मौका पाएनन् भने बलिंगमा २ ओभर बलिंग गर्दै ३० रन खर्चेर १ विकेट लिने क्रममा एहमद रजाको विकेट लिएका थिए।

गत सिजन अबु धाबी लिगको प्लेअफ चरण पुग्न असफल रहेको थियो। उक्त सिजन टिमको कप्तानी मोइन अलिले गरेका थिए भने टिममा मोहम्मद आमिर, ह्यारी गर्नी, लुक राइट, कोरे एन्डरसन, बेन लाफलिन, निरोशन डिकवेला, रोहन मुस्तफा, हेडन वाल्श, अभिस्का फर्नान्डो जस्ता खेलाडीहरु रहेका थिए।


विदेशी लिगहरुमा पारसले मौका पाएको एक मात्र प्रतियोगिता टि-१० लिग हो। यस लिगबाट खड्काको विदेशी लिगहरुको बाटो खुल्ने अपेक्षा गरिएता पनि त्यस्तो भने हुन सकेको छैन।

यो सिजन अर्का नेपाली खेलाडी स्टार लेग स्पिनर सन्दिप लामिछाने पनि टि-१० लिगको हिस्सा नहुने सम्भावना प्रवल रहेको छ। सन्दिप गत सिजन कर्नाटका टस्कर्समा आबद्ध रहेका थिए जुन क्रममा ५ खेलमा ६ विकेट लिएका थिए। सन्दिप बिग ब्यास लिग खेल्न अस्ट्रेलियामा रहेका छन्। बिग ब्यासको लिग चरणको खेल जनवरी २६ सम्म तथा फेब्रुअरी ६ सम्म लिग चल्ने हुँदा सन्दिपलाई टिमले आबद्ध गर्ने सम्भावना अत्यन्त कम रहेको हो।

अबुधाबी टि-१० लिगमा यो सिजन अबु धाबी, मराठा अरबियन, बंग्ला टाइगर्स, डेक्कन ग्ल्याडीएटर्स, कलन्दर्स, दिल्ली बुल्स, नर्थर्न वारियर्स र पुने डेभिल्स गरि ८ टिम सहभागी रहेका छन्। गत सिजनको उपाधि मराठा अरबीयन्सले जितेको थियो।





थप समाचार

आईपीएल : मुम्बई प्लेअफमा, हारसँगै दिल्ली बाहिरियो

काठमाडौँ । मुम्बई इण्डियन्स इन्डियन प्रिमियर लिग (आईपीएल)को प्लेअफमा पुगेको छ। गएराती सम्पन्न खेलमा मुम्बईले दिल्ली क्यापिटल्सलाई ५९ रनले पराजित […]

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]