टि-१० लिग : रोमान्चक खेलमा नर्दर्न वारियर्ससंग टिम अबुधाबी पराजित

रोमान्चक खेलमा टिम अबुधाबीलाई ८ विकेटले पराजित गर्दै नर्दर्न वारियर्सले अबुधाबी टि-१० लिगको सुपर लिग चरणमा विजयी सुरुवात गरेको छ।

शेख जायद स्टेडीयम अबुधाबीमा सम्पन्न खेलमा टिम अबु धाबीले दिएको १२४ रनको लक्ष्य नर्दर्न वारियर्सले अन्तिम बलमा २ विकेट गुमाएर भेटायो।

जितको लागि अन्तिम ओभरमा १५ रन आवस्यक हुँदा अबुधाबीका जेमी ओभरटनले पहिलो २ बलमा १२ रन खर्चेका थिए। तर ४ बलमा जित्न ३ रन मात्र बाँकि रहंदा ओभरटनले वासिम मुहमदलाई एलबिडब्लु गरेका थिए। लगत्तै बलमा उनले निकोलस पुरनलाई क्याच आउट गराए। पाँचौ बलमा लेन्डल सिमोन्सले मात्र १ रन बनाउन सकेपछि अन्तिम बलमा जित्न नर्दर्न वारियर्सलाई २ रन आवस्यक थियो। अन्तिम बलमा रोहन मुस्तफाले मिस फिल्ड गरेपछि रोभम्यान पावेलले २ रन लिंदै टिमलाई रोमान्चक जित दिलाए।

नर्दर्न वारियर्सको जितमा ओपनर वासिम मुहम्मद सर्वाधिक ७६ रन बनाए जुन क्रममा उनले ३४ बलमा ७ चौका र ६ छक्का प्रहार गरे। यस्तै अर्का ओपनर लेन्डल सिमोन्सले २५ बलमा ४ चौका र २ छक्का मद्दतले अविजित ३७ रन बनाए। सिमोन्स र मुहम्मद बीच पहिलो विकेटको लागि १२१ रनको साझेदारी भएको थियो।

टिम अबुधाबीको बलिंगमा जेमी ओभरटनले २ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको अबुधाबीले १० ओभरमा ३ विकेट गुमाएर १२३ रन बनाएको थियो। अबुधाबीको लागि जोए क्लार्कले सर्वाधिक ५० रन बनाए जुन क्रममा २४ बलमा ५ चौका र ३ छक्का प्रहार गरे। कप्तान लुक राइटले ३३ तथा बेन डकेटले अविजित ३१ रन बनाए।

अबुधाबिका ओपनर पल स्टरलिंग खाता नखोली तथा गेल २ रन बनाएर आउट भएका थिए। चौथो विकेटको लागि क्लार्क र डकेटले अविजित ७५ रनको साझेदारी गरेका थिए।

नर्दर्न वारियर्सको बलिंगमा वाहब रियाज, जुनैद सिद्दिकी र रायद इम्रिटले समान १ विकेट लिए।

टिम अबुधाबीले ४ खेल खेल्दा नेपाली खेलाडी कुशल मल्ललाई मौका दिएको छैन। टिममा राष्ट्रिय क्रिकेट टिमका पूर्वकप्तान पारस खड्का सल्लाहकारको रुपमा आवद्ध रहेका छन्।





थप समाचार

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]

केसीएलाई मनकामना बेभरेजको प्रायोजन

पाकिस्तान-नेपाल फ्रेन्डशिप टि-२० क्रिकेट प्रतियोगितामा सहभागी हुने काठमाडौँ क्रिकेट एकेडेमी ( केसीए) लाई मनकामना बेभरेजले मुख्य प्रायोजन गरेको छ। काठमाडौं […]

अत्तरियाले जित्यो अर्जुन ट्रफीको उपाधि

काठमाडौं। फ्रेन्ड्स युथ क्लब डडेलधुरालाई पराजित गर्दै सिवाइसी अत्तरियाले अर्जुन ट्रफीको उपाधि जितेकाे छ। सोमबार सम्पन्न फाइनलमा अत्तरियाले ३४ रनको […]

झलारीका ललीत ऐरले जिते नगद एक लाख

काठमाडाैँ । क्रिकेटको शहर धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगितामा कञ्चनपुरको झलारीका ललीत ऐरले नगद एक लाख पुरस्कार जितेका […]

अर्जुन ट्रफीः सीवाईसी अत्तरिया फाइनलमा

धनगढीमा जारी अर्जुन ट्रफी राष्ट्रिय क्रिकेटमा सिवाइसी अत्तरिया फाइनलमा प्रवेश गरेको छ । आज भएको सेमिफाइनलमा खेलमा डिसिए धनगढीलाई छ […]

सिड्नी क्रिकेट लिग : सन्तोष र संजय चम्किंदा अभानी विजयी

सिड्नी, सन्तोष घिमिरे र सन्जय पाण्डे चम्किंदा अस्ट्रेलियाको सिड्नीमा जारि सिड्नी सुपर लिगको आफ्नो पहिलो खेलमा अभानी क्रिकेट क्लबले पन्जाब […]