टि-१० लिग : आज सन्दिपको तेश्रो खेल

२०७५ मंसिर ९, आईतवार १४:५५

  • विकेटनेपाल, मङ्सिर ९ – आइतबार 

नेपाली लेग स्पिनर सन्दिप लामिछाने आबद्द केरला नाइट्सले संयुक्त अरब इमिरेट्समा जारि टि-१० लिग अन्तर्गत आज (आइतबार) तेश्रो खेल ब्रेण्डन म्याकलम कप्तानीको राजपुत्ससंग खेल्दैछ।

लिग अन्तर्गत सुरुवाती २ खेलमा नाइट्सले १ हार र १ जितको नतिजा निकालेको छ। पहिलो खेलमा शहिद अफ्रिदी कप्तानीको टिम पख्तुन्सलाई ८ विकेटले पराजित गरेपछि दोश्रो खेलमा शेन वाट्सन कप्तानीको सिन्धिजसंग भने नाइट्स ९ विकेटले पराजित हुन पुग्यो

उता प्रतियोगितामा खेलेको दुई खेल मध्ये सिन्धिजसंगको खेल १० विकेटले जितेको राजपुत्सले त्यसपछि पख्तुन्ससंगको खेल भने ९ विकेटले हारेको थियो। पहिलो खेलमा मोहम्मद सहजादले १६ बलमा ७४ रन बनाएर सनसनीपूर्ण प्रदर्शन गरेका थिए भने दोश्रो खेलमा कप्तान म्याकलमले ५८ रन ( २९ बल, ६ छक्का र ३ चौका ) बनाए पनि पख्तुन्सका आन्द्रे फ्लेचरले आक्रामक ६८ रन ( २७ बल, ५ छक्का र ६ चौका ) बनाएर जित दिलाएका थिए।

८ टिम सहभागी प्रतियोगिताको समुह ‘ए’ मा रहेको केरला अंकतलिकामा तेश्रो स्थानमा रहेको छ। ३ खेलमा २ जित र १ हारको साथ ४ अंक सहित पख्तुन्स शिर्ष स्थानमा रहेको छ भने समान १ जित र १ हार भए पनि नेट रनरेटको आधारमा राजपुत्स दोश्रो स्थानमा रहेको छ। समुह चरणको खेल पछि दोश्रो चरणको खेल २६ नोभेम्बरबाट सुरु हुनेछ। दोश्रो चरणमा समुह ‘ए’ को टोलिले समुह ‘बि’ को टोलिहरु बीच खेल्नेछन् जसमा समुह चरणमा खेल्दा पाएको अंक पनि जोडिनेछ। दोश्रो राउण्ड पछि प्लेअफ चरणमा इलिमीनेटर खेल हुनेछ र डिसेम्बर २ मा खेलिने फाइनल पुग्ने टिमको टुंगो लाग्नेछ।

खेल सुरु हुने समय र प्रत्यक्ष प्रशारण 

केरला नाइट्स र राजपुत्स बीचको खेल आइतबार राति नेपाली समय अनुसार रातको ८:१५ बजे शारजाह स्टेडियममा सुरु हुनेछ। युएई स्थानीय समय अनुसार भने खेल ६:३० बजे बेलुका सुरु हुनेछ। खेलको प्रत्यक्ष प्रशारण सोनी/इएसपीएनले गरिरहेको छ भने अनलाइनमा समेत Sonyliv.com मा भइरहेको छ।

सन्दिपको राम्रो प्रदर्शन 

बिरुद्ध पख्तुन्स ( २-०-१७-३ ) : प्रतियोगिता अन्तर्गत पहिलो खेलमा ३ विकेट लिंदै सन्दिपले शहिद अफ्रिदी कप्तानीको टिम पख्तुन्सलाई ८ विकेटले पराजित अहम योगदान दिएका थिए। उक्त खेलमा नेपाली लेग स्पिनरले आन्द्रे फ्लेचर, कोलिन इन्ग्राम, मोहम्मद कलिमको विकेट लिएका थिए। २ ओभर बलिङ्ग गर्ने क्रममा उनले मात्र १७ रन खर्चेर ३ विकेट लिंदै निकै तारिफ पाएका थिए।

पहिलो ओभर – विकेट ( फ्लेचर ) , १ रन, २ रन, छक्का, १ रन , विकेट ( इन्ग्राम )
दोश्रो ओभर – चौका, डट बल, १ रन, विकेट ( कलिम ) , १ रन, १ रन

Sandeep Lamichhane
Sandeep Lamichhane ( Photo – Thenational.ae) 

बिरुद्ध सिन्धिज ( २-०-१४-१ ) : दोश्रो खेलमा सन्दिपको टिम पराजित भए पनि आफ्नो पहिलो खेलको लयलाई दोहोर्याएका उनले न्युजिल्याण्ड राष्ट्रीय क्रिकेटर समेत रहेका एन्टन डेभसिचको विकेट लिएका थिए । आक्रमक ब्याटिंग गरेर ४९ रन बनाएका डेभसिचलाई उनले क्याच आउट गराएका थिए।

पहिलो ओभर – १ रन , १ रन, छक्का , १ रन , डट बल, १ रन
दोश्रो ओभर – १ रन, १ रन , विकेट ! , डट बल, १ रन, १ रन

पहिलो खेलमा सन्दिपले सानदार प्रदर्शन गर्दै प्लेयर अफ द म्याच घोषित भए पछि पुर्व पाकिस्तानी क्रिकेटर तथा चर्चित कमेन्टेटर रमिज राजासंग कुराकानी गर्ने क्रममा राजाले सोधेको प्रश्नमा सन्दिपले राम्रो स्थानमा बलिङ्ग गरेको र सकभर ब्याट्सम्यान भन्दा टाढा बल फालेको बताए र थोरै ओभरको क्रिकेटमा थरिथरिको बल फाल्ने गरेको बताएका थिए।

Sandeep Lamichhane
Sandeep Lamichhane ( Photo – Thenational.ae )

सन्दिपको टिममा ओवेन मोर्गन, क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ्ग, मोहम्मद नाभेद जस्ता खेलाडीहरु रहेका छन्। किंग्सको प्रशिक्षण प्रसिद्ध न्युजिल्यान्ड पुर्व क्रिकेटर ड्यानियल भिटोरीले गरिरहेका छन्।राजाले १८ बर्षमै ‘हट प्रोपर्टी’ भनेर तारिफ गर्दा सन्दिपले भगवान र सुभ चिन्तकहरुले गर्दा यो स्थानसम्म पुगेको बताएका थिए। अन्तर्वार्ता पछि जाँदाजाँदै राजाले सन्दिपको पुनः तारिफ गर्दै खेल जस्तै उनको कपाल समेत राम्रो भनेका थिए।

टि-१० लिगका लागि गत महिना सम्पन्न अक्सनमा नेपाली स्पिनरलाई प्रतियोगिताको डिफेन्डिंग च्यापियन केरलाले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो।

टि-१० स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुने १० ओभरको क्रिकेट प्रतियोगिता सन् २०१७ बाट सुरु भएको हो। प्रतियोगितामा नाइट्ससंगै मराठा अरबियन्स, पख्तुन, पन्जाबी लेजेंड्स, कराँचीयन्स, बेंगल टाइगर्स, नर्दन वारियर्स र राजपुत्स गरी ८ टोलिको सहभागिता रहेको छ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy