टि-१० लिग : अफ्रिदीको टिमबिरुद्ध खेल्दै सन्दिपको किंग्स

  • विकेटनेपाल, मङ्सिर-५ 

स्टार नेपाली खेलाडी सन्दिप लामिछाने सहभागी  टि-१० लिग क्रिकेट युएईमा आज देखि सुरु हुँदैछ।

प्रतियोगिता अन्तर्गत आज बुधबार राति ८:१५ बजे सुरु हुने पहिलो खेलमा सिन्धिजले राजपुत्सको सामना गर्दै छ। सिन्धिजको कप्तानी शेन वाटशनले तथा राजपुत्सको कप्तानी ब्रेन्डन म्याक्कुलमले गरिरहेका छन्।

प्रतियोगिता अन्तर्गत आजै राति खेलिने दोश्रो खेलमा सन्दिप लामिछानेको टिम केरला किंग्सले पख्तुन्सको सामना गर्दैछ। केरला किंग्सको कप्तानी इंग्ल्याण्ड क्रिकेट टिम कप्तान अवेन मोर्गन तथा पख्तुन्सको कप्तानी प्रसिद्ध पाकिस्तानी क्रिकेटर शहिद अफ्रिदीले गर्दैछन्।

 

खेल आज राति १०:३० बजे नेपाली समय अनुसार सुरु हुनेछ। विकेटनेपाललाई प्राप्त जानकारी अनुसार खेलको प्रत्यक्ष प्रशारण सोनी/इएसपीएन र टेन क्रिकेटले गर्नेछ।

टि-१० लिगका लागि गत महिना सम्पन्न अक्सनमा नेपाली स्पिनरलाई केरला किंग्सले ३० हजार अमेरिकी डलरमा ड्राफ्टमार्फत टिममा भित्र्याएको थियो।

लिगको लागि युएई प्रस्थान गर्नु अघि शनिबार एक कार्यक्रममा सन्दिपले टि-१० सबैभन्दा छोटो फर्म्याटको लिग भएको र मात्र २ ओभर बलिङ्ग गर्न पाइने जुन डेथ ओभरमा बलिङ्ग गरे जस्तो हुने बताएका थिए।

“ठुलो खेलाडीसंग खेल्दा पनि जिरो बाट सुरुवात गर्नुपर्ने हुन्छ, उत्साहित छु फेरी टि-१० लिगमा मौका पाएको छु र आशावादी छु कि पुनः राम्रो प्रदर्शन गर्नेछु”

अवेन मोर्गन आइकन खेलाडी र कप्तान रहेको सन्दिपको टिममा क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ्ग, मोहम्मद नाभेद जस्ता खेलाडीहरु रहेका छन्। किंग्सको प्रशिक्षण प्रसिद्ध न्युजिल्यान्ड पुर्व क्रिकेटर ड्यानियल भिटोरीले गरिरहेका छन्।

 

उता शहिद अफ्रिदी कप्तानीको पख्तुन्समा आन्द्रे फ्लेचर, कोलिन इन्ग्राम, आरीपी सिंह, शापुर जाद्रान, लियम डसन,  क्यामरुन डेल्पोर्ट जस्ता खेलाडीहरु रहेका छन्।

टि-१० स्पोर्ट्स म्यानेजमेन्टको आयोजनामा हुने १० ओभरको क्रिकेट प्रतियोगिता सन् २०१७ बाट सुरु भएको हो। प्रतियोगितामा किंग्ससंगै मराठा अरबियन्स, पख्तुन, पन्जाबी लेजेंड्स, कराँचीयन्स, बेंगल टाइगर्स, नर्दन वारियर्स र राजपुत्स गरी ८ टोलिको सहभागिता रहेकको छ।

सहभागी टिमहरुलाई २ वटा समुहमा बिभाजन गरिएको छ। समुह चरणमा एकअर्का बिरुद्ध १-१ खेल खेलीसकेपछि समुहको उत्कृस्ट हुने २-२ टिम बीच सेमीफाइनल खेल हुनेछ।

T10 Cricket League Teams and Squads:

Punjabi Legends : Evin Lewis, Chris Jordan, Luke Ronchi, Liam Plunkett, Mohammad Sami, Zahir Khan, Umar Akmal, Mitchell McClenaghan, Tom Moores, Anwar Ali, Jade Dernbach, Hassan Khan, Shaiman Anwar, Sandy Singh, Praveen Kumar

Kerala Kings : Eoin Morgan (icon), Kieron Pollard, Sohail Tanvir, Paul Stirling, Dasun Shanaka, Chris Gayle, Junaid Khan, Sandeep Lamichhane, Tom Curran, Fabian Allen, Niroshan Dickwella, Imran Nazir, Benny Howell, Mohammed Naveed, Abdul Shakoor, RS Sodhi

Rajputs : Brendon McCullum (icon), Mohammad Hafeez, Rilee Rossouw, Chris Lynn, Mohammad Shahzad, Tymal Mills, Carlos Brathwaite, Rahat Ali, Samit Patel, Qais Ahmed, Ben Dunk, Shan Masood, Peter Trego, Rohan Mustafa, Ashfaq Ahmed, Munaf Patel

Maratha Arabians : Rashid Khan (icon), James Faulkner, Alex Hales, Dwayne Bravo, Kamran Akmal, Lasith Malinga, James Vince, Liam Livingstone, Brendan Taylor, Adam Lyth, Roelof can der Merwe, Najibullah Zadran, Richard Gleeson, Zahoor Khan, Amir Hayat, S Badrinath

Pakhtoons  : Shahid Afridi (icon), Colin Ingram, David Willey, Mohammad Irfan, Liam Dawson, Colin Munro, Andre Fletcher, Sohail Khan, Shatrafuddin Ashraf, Chadwick Walton, Shapoor Zadran, Gulbadin Naib, Cameron Delport, Hafiz Kaleem, Sheer Walli, RP Singh

Bengal Tigers : Sunil Narine (icon), Jason Roy, Sam Billings, Asif Ali, Mujeeb Ur Rahman, Morne Morkel, Aamir Yamin, Mohammad Nabi, Kusal Perera, Sherfane Rutherford, Kevon Cooper, Rayad Emrit, Ali Khan, Chirag Suri, Mohammed Usman, Zaheer Khan

Northern Warriors : Darren Sammy (icon), Andre Russell, Dwayne Smith, Wahab Riaz, Nicholas Pooran, Ravi Bopara, Rovman Powell, Harry Gurney, Chris Green, Obed McCoy, Lendl Simmons, Khary Pierre, Kennar Lewis, Imran Haider, Rahul Bhatia, Amitoze Singh

Karachians : Shane Watson (icon), Jofra Archer, Anton Devcich, Ben Laughlin, Ben Cutting, Mohammad Nawaz, Dawid Malan, Fawad Ahmed, Isuru Adana, Joe Clarke, Samiullah Shenwari, Mohammad Irfan Jnr, Ahmed Raza, Ghulam Shabber, Pravin Tambe





थप समाचार

अपराजित रहँदै एपीएफ फाइनलमा

काठमाडौं । विभागीय टोली नेपाल एपीएफ क्लब अपराजित रुपमा जारी ललितपुर मेयर्स कपको फाइनल प्रवेश गरेको छ । समूह चरणको […]

राजस्थानमाथि पञ्जाबको जित

काठमाडौं । १७ औं संस्करणको इन्डियन प्रिमियर लिग (आईपीइल) अन्तर्गतको ६५ औं खेलमा राजस्थान रोयल्समाथि पञ्जाब किंग्सले जित निकालेको छ […]

अदालतको फैसलालाई सम्मान गर्ने लामिछानेको भनाई, भिडियो सहित

काठमाडौं । बलात्कार मुद्दामा सफाइ पाएका क्रिकेटर सन्दीप लामिछानेले अदालतको फैसलालाई सम्मान गरेर अगाडि बढ्ने बताएका छन् । उच्च अदालत […]

क्यानद्वारा सन्दीपमाथिको निलम्बन फुकुवा

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान)ले नेपाली राष्ट्रिय क्रिकेट टोलीका पुर्व कप्तान सन्दीप लामिछानेमाथि लागेको निलम्बन फुकुवा गरेको छ । […]

सन्दीपले पाए सफाई

काठमाडौं । क्रिकेटर सन्दीप लामिछानेले पाटन उच्च अदालत बाट सफाइ पाएका छन् ।

कोशीमाथि बागमतीको जित

काठमाडौं । जारी ललितपुर मेयर्स कपमा बिहिबारको दोस्रो खेलमा वागमती प्रदेशले कोशी प्रदेशलाई पराजित गरेको छ । आफ्नो तेस्रो खेलमा […]