टि-१० लिग : सोमपाल आवद्ध मराठाको दोश्रो हार, यस्तो रह्यो सोमपालको प्रदर्शन

२०७७ माघ १७, शनिबार १९:३३

युएईको अबुधाबीमा जारि टि-१० लिग अन्तर्गत नेपाली खेलाडी सोमपाल कामि आवद्ध मराठा अरबियन्सले लगातार दोश्रो खेलमा हार बेहोरेको छ। पहिलो खेलमा नर्थर्न वारियर्सलाई ५ विकेटले पराजित गरेको मराठा दोश्रो खेलमा दिल्ली बुल्ससंग ९ विकेटले पराजित भएको थियो।

तेश्रो खेलममा बांग्ला टाइगर्सले मराठालाई ६ विकेटले पराजित गर्यो। मराठाले दिएको १०४ रनको लक्ष्य बांग्लाले ४ विकेट गुमाएर ८ ओभरमा भेटायो।

बांग्लाको ब्याटिंगमा आन्द्रे फ्लेचरले सर्वाधिक ३१ रन, जोन्सन चार्ल्सले २३ रन, अफिफ हुसेनले २२ रन तथा चिराग सुरीले १९ रन योगदान दिए। मराठाको बलिंगमा यामिन अहमदजाई, मुख्तर अलि र सोहाग गाजीले समान १ विकेट लिए।

यस अघि टस हारेर ब्याटिंग गरेको मराठाले १० ओभरमा विकेट नगुमाई १०३ रन बनाएको थियो। उसको लागि ओपनर मोहम्मद हफिजले अविजित ६१ रन बनाउने क्रममा ३० बलमा ७ चौका र ३ छक्का प्रहार गरे। अब्दुल शाकुरले अविजित ३४ रन बनाए जुन क्रममा ३० बलमा ३ चौका र १ छक्का प्रहार गरे।

मोहम्मद हफिजले अविजित ६१ रन बनाए पनि जितको लागि पर्याप्त भएन

यस्तो रह्यो सोमपाल कामिको बलिंग प्रदर्शन 

खेलमा नेपाली फास्ट बलर सोमपाल कामिले १ ओभर बलिंग गर्ने क्रममा १२ रन खर्चेर विकेटविहिन रहे। तिन वटा खेलमा मौका पाएता पनि सोमपालले विकेट लिन सकेका छैनन्।

इनिंग्सको दोश्रो ओभर बलिंग गर्न आएका सोमपालले १२ रन खर्चिए। पहिलो बलमा आन्द्रे फ्लेचरले १ रन लिएपछिओभरको दोश्रो दोश्रो बलमा जोन्सन चार्ल्सले सोमपालले दिएको स्लोअर फुल टस बललाई सहजै चौका हिर्काए। त्यसपछि तेश्रो बलमा चार्ल्सले ठूलो सट खेल्न खोजेता पनि बलसंग सम्पर्क बनाउन सकेनन्। ओभरको चौथो बलमा चार्ल्सले सोमपालले माथि खेलाएको बलमा मीड-विकेटको माथिबाट छक्का हिर्काए। त्यसपछि पांचौ बलमा लेग बाईमा १ रन दिएका सोमपालले अन्तिम बलमा फ्लेचर ले १ रन मात्र बनाउन सके। त्यसपछि भने सोमपालले दोश्रो ओभर बलिंग पाएनन्।

प्रतियोगिता अन्तर्गत सोमपालले पहिलो खेलमा नर्थर्न वारियर्ससंग २ ओभर बलिंग गर्दै २८ रन खर्चिएका थिए भने दोश्रो खेलमा दिल्ली बुल्स बिरुद्ध १ ओभर बलिंग गर्दै १७ रन खर्चिएका थिए।

लिग अन्तर्गत शनिवार ८ बजे नेपाली खेलाडी कुशल मल्ल आवद्ध टिम अबुधाबीले आफ्नो दोश्रो खेलमा कलन्दर्स बिरुद्ध खेल्नेछ। कुशललाई पहिलो खेलमा अबुधाबीले बाहिर राखेको थियो।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy