टि-१० लिग : कुशल आवद्ध टिम अबुधाबीको लगातार दोश्रो हार

युएईमा जारि अबुधाबी टि-१० लिग अन्तर्गत नेपाली खेलाडी कुशल मल्ल र पारस खड्का मेन्टरको रुपमा आवद्ध टिम ‘टिम अबुधाबी’ कलन्दर्ससंग ९ विकेटले पराजित भएको छ।

लिगमा टिम अबुधाबीको यो लगातार दोश्रो हार हो। यस अघि शुक्रबार सम्पन्न पहिलो खेलमा टिम अबुधाबीलाई डेक्कन ग्ल्याडीएटर्सले ६ विकेटले पराजित गरेको थियो।

शेख जायद स्टेडीयम, अबुधाबीमा सम्पन्न खेलमा टिम अबुधाबीले दिएको १०१ रनको लक्ष्य कलन्दर्सले ८.२ ओभरमा १ विकेट गुमाएर पुरा गर्यो। कलन्दर्सको लागि शर्जिल खानले सर्वाधिक अविजित ४० रन बनाए भने टम ब्यान्टनले ३० तथा सोहेल अख्तरले अविजित २७ रन बनाए।

यस अघि टस हारेर ब्याटिंग गरेको टिम अबु धाबीले १० ओभरमा ५ विकेट गुमाएर १०० रन बनाएको थियो। अबुधाबीको लागि जोए क्लार्कले सर्वाधिक ३४ रन बनाए। यस्तै पल स्टरलिंगले २९, बेन डकेटले १५ तथा नजीबुल्लाह जद्रानले १२ रन बनाए। कलन्दर्सको बलिंगमा शाहिद अफ्रिदीले २ विकेट तथा सुल्तान एहमद र क्रिस जोर्डनले समान १ विकेट लिए।

अबु धाबीले आजको खेलमा पनि कुशल मल्ललाई अन्तिम-११ मा मौका दिएन। अबुधाबीले अब आगामी खेल नेपाली खेलाडी करन केसी आवद्ध पुने डेभिल्स बिरुद्ध आइतबार खेल्नेछ। खेल नेपाली समय बेलुका ५:४५ बजे सुरु हुनेछ।

लिग अन्तर्गत आज सम्पन्न पहिलो खेलमा नेपाली खेलाडी सोमपाल कामि आवद्ध टिम मराठा अरबियन्सले लगातार दोश्रो हार बेहोर्ने क्रममा बांग्ला टाइगर्ससंग ६ विकेटको हार बेहोर्यो।





थप समाचार

न्युजिल्यान्डमा क्यान्टरबरी नेप्लिज प्रिमियर लिग हुँदै

क्यान्टरबरी नेप्लिज प्रिमियर लिग (CNPL) को पहिलो संस्करण अप्रिल १९ र २० गते न्युजिल्यान्डको स्प्रेडन डोमेन, क्राइस्टचर्च मा आयोजना हुँदैछ। नेपाली […]

नेपालको लगातार तेस्रो जित, हङकङलाई ९ विकेटले हरायो

आइसिसी यू-१९ विश्वकपअन्तर्गत एसिया छनोटमा नेपालले लगातार तेस्रो जित निकाल्दै विश्वकपको नजिक पुगेको छ। बुधबार तल्लो मुलपानी मैदानमा हङकङविरूद्ध ९ […]

धोनीको आक्रामक इनिङ्समा चेन्नई विजयी

काठमाडौं। ४३ वर्षीय महेन्द्रसिंह धोनीको आक्रामक इनिङ्ससँगै चेन्नई सुपर किंग्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा जितविहीन यात्रा टुंगाएको छ। सोमबार […]

युवराजको घातक बलिङमा नेपालकाे दोस्रो जित

काठमाडौं। युवराज खत्रीको घातक बलिङसँगै घरेलु टोली नेपालले आइसिसी यु–१९ विश्वकप एसिया छनोटमा लगातार दोस्रो जित हासिल गरेको छ। सोमबार […]

नेपालले पायाे ११८ रनको लक्ष्य

काठमाडौं । आईसीसी यु १९ विश्वकप एसिया छनोटअन्तर्गत दोस्रो खेलमा नेपालले ओमानबाट ११८ रनको लक्ष्य छ। माथिल्लो मुलपानी क्रिकेट मैदानमा […]

दिल्लीको पहिलो हार

काठमाडौँ । दिल्ली क्यापिटल्सले इन्डियन प्रिमियर लिग (आइपिएल) मा पहिलो हार बेहोरेको छ। आइतबार सम्पन्न खेलमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई […]