टी-१० को लाइभ मकालु टिभीमा हुने

२०८१ जेष्ठ ४, शुक्रबार ०९:२०

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ ।

विराटनगर महानगरपालीकाको आयोजनामा हुने यस प्रतियोगिताको प्रत्यक्ष प्रशारण मकालु टिभीमा हुने भएको हो । प्रतियोगितामा विभिन्न सात टोलीको सहभागीता रहनेछ । दिउसो ३ बजेबाट राती साढे १० सम्म खेलहरु आयोजना हुने प्रतियोगिता ६ दिनसम्म संचालन हुने आयोजकले जनाएको छ ।

एपीजे सिटि क्रिकेट मैदानमा हुने सो प्रतियोगितालाई नेपाल क्रिकेट संघ, कोशी प्रदेश क्रिकेट संघ तथा विराटनगर जिल्ला क्रिकेट संघको सहयोग रहने आयोजकले बताएका छन् ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy