पार्नेलको विस्फोटक इनिंग पछि सन्दिपको केरलाले बनायो १०३ रन

  • विकेटनेपाल, मङ्सिर-६ 

प्रविन ताम्बेले ह्याट्रिक सहित ५ विकेट लिंदै अपत्यारिलो बलिङ्ग गरे पनि वायन पार्नेलले विस्फोटक ब्याटिंग गरे पछि केरला किंग्सले सिन्धिज बिरुद्ध टस हारेर ब्याटिंग गर्दै  १०३ रनको योगफल तयार गरेको छ।

इनिंगको पहिलो ओभरमा प्रविन ताम्बेले ह्याट्रिक सहित ४ विकेट लिंदा ६/४ को नाजुक स्थितिमा पुगेको केरलाले त्यसपछि पनि २ विकेट गुमाउदा ३.१ ओभरमा २१ रनमा ६ विकेट गुमाएको थियो।

त्यसपछि भने सातौँ विकेटको लागि सोहेल तन्बिर र पार्नेलले सातौँ विकेटको लागि ४९ रनको साझेदारी गर्दै टिमलाई मुस्किल परिस्थितिबाट पार लगाएका थिए। तन्बिर १४ बलमा २ छक्का र १ चौका प्रहार गर्दै २३ रन बनाएर आउट भए।

२० बलमानै अर्धशतक पुरा गरेका पार्नेल ५९ रनमा अविजित रहे जुन क्रममा २४ बलमा ७ चौका र ४ छक्का प्रहार गरे।

ताम्बेको अपत्यारिलो बलिङ्ग 

लेग स्पिनर प्रविन ताम्बेले आस्चर्यजनक बलिङ्ग गर्दै हयाट्रिक लिएपछि केरला किंग्सले खराब सुरुवात गरेको थियो।

उमेरले ४७ बर्ष पुगेका ताम्बेले ओपनिङ्ग बलिङ्ग गर्दै एकै ओभरमा ह्याट्रिक सहित ४ विकेट लिएका थिए। ४ विकेट लिने क्रममा उनले क्रिस गेल, ओएन मोर्गन, काइरन पोलार्ड र फाबीएन एलेनलाई खाता नखोली पेभेलियनको दिशा देखाए।

ओभरको पहिलो बलमा वाइड र चौका दिएका ताम्बेले लगत्तैको बलमा अर्को वाइड दिएका थिए भने त्यसपछिको बलमा उनले रन दिएनन्।

त्यसपछिको बलमा भने क्रिस गेल ताम्बेको फुल टस बललाई आक्रामक सट खेल्ने क्रममा लाग अनमा समातिन पुगे। त्यसपछि ओभरको चौथो बलमा कप्तान मोर्गन थिसारा परेराको बलमा क्याच आउट हुन पुगे।

मोर्गन पछि ब्याटिंग गर्न आएका पोलार्ड पहिलो बलमै बोल्ड भएर पेभेलियन फर्किए भने ह्याट्रिक बलमा सामना गरेको फाबीएन एलेन पनि बोल्ड भए पछि ताम्बेले ह्याट्रिक पुरा गरे।

ताम्बे त्यतिमै रोकिएनन् र दोश्रो ओभरको दोश्रो बलमा उपुल थारांगालाई बोल्ड गर्दै पाँचौ विकेट समेत लिए। टि-१० क्रिकेटमा ५ विकेट लिने ताम्बे पहिलो बलर समेत बन्न पुगे। ताम्बेले २ ओभरको स्पेलमा १५ रन दिएर ५ विकेट लिए।

प्रविन ताम्बेले यस अघि इन्डियन प्रिमियर लिग आइपीएलमा राजस्थान रोयल्स र सनराइजर्स हैदराबाद तथा गुजरात लायन्सको प्रतिनिधित्व गरिसकेका छन्। उनले पहिलो पटक ४१ बर्षको उमेरमा सन् २०१३ को आइपीएलमा राजस्थान रोयल्सको लागि खेल्ने मौका पाएका थिए।

टि-१० लिग अन्तर्गत हजो राति सम्पन्न खेलमा केरलाले शहिद अफ्रिकी कप्तानीको पख्तुन्सलाई ८ विकेटले पराजित गरिसकेको छ। खेलमा पहिले ब्याटिंग गरेको पख्तुन्सले दिएको ११० रनको लक्ष्य किंग्सले ७.५ ओभरमै पुरा गरेको थियो।

लिग अन्तर्गत पहिलो खेलमा सिन्धिजले राजपुत्ससंग १० विकेटको पराजय बेहोरीसकेको छ। पहिले ब्याटिंग गर्दै सिन्धिजले दिएको ९५ रनको लक्ष्य राजपुत्सले ४ ओभरमै पुरा गर्दा मोहम्मद सहजादले १६ बलमा ८ छक्का र ६ चौका मदतले ७४ रन बनाएका थिए।

शेन वाट्सनको टिममा बेन कटिंग, मोहम्मद इरफान, थिसारा परेरा,मोहम्मद नवाज, दिनेश रामदिन, एन्टन डेभसिच, फवाद एह्मद, बेन लाफ्लिन, जोफ्रा आर्चर जस्ता खेलाडीहरु रहेका छन् भने सन्दिपको टिममा ओवेन मोर्गन, क्रिस गेल, काइरन पोलार्ड, जुनैद खान, टम कुरान, सोहेल तन्बिर, उपुल थारंगा, दासुन शनाका, इमरान नाजिर, वायन पार्नेल, पल स्टरलिङ्ग, मोहम्मद नाभेद जस्ता खेलाडीहरु रहेका छन्। किंग्सको प्रशिक्षण प्रसिद्ध न्युजिल्यान्ड पुर्व क्रिकेटर ड्यानियल भिटोरीले गरिरहेका छन्।

 





थप समाचार

ललितपुर मेयर कप : ललितपुरलाई हराउदै मधेस विजयी

मधेस प्रदेशले यहाँ जारी ललितपुर मेयर कप महिला टी-ट्वान्टी राष्ट्रिय क्रिकेट प्रतियोगितामा आयोजक ललितपुर मेयर्सलाई पराजित गरेको छ । मधेस […]

CAM Premier League: बुद्ध भूमि र चितवन राइनोजको जित, बलरद्वय युवराज र रविन उत्कृष्ट 

काठमाडौं, चैत १४– युवराज मल्लको उत्कृष्ट बलिङ प्रेरित बुद्ध भूमि क्रिकेट क्लबले सोमबार क्याम प्रिमियर लिग क्रिकेट २०२३ मा जित […]

सन्दीपको मुद्दाको सुनुवाइ स्थगित

क्रिकेटर सन्दीप लामिछानेको मुद्दाको सुनुवाइ स्थगित भएको छ । आज (सोमबार) जिल्ला अदालत काठमाडौंका न्यायाधीश माधवप्रसाद घिमिरेको बेन्चमा उक्त मुद्दाको […]

तीन क्रिकेटरलाई तिलोत्तमा नगरपालिकाको सम्मान

सिद्धार्थनगर, चैत्र १२ गते । राष्ट्रिय क्रिकेट टोलीका तीन खेलाडीलाई रुपन्देहीको तिलोत्तमामा नगद पुरस्कारसहित सम्मान गरिएको छ । आइसिसी विश्वकप […]

चितवनमा निर्माणाधिन क्रिकेट रंगशालाको स्वामित्व सरकारले लिन राष्ट्रिय सभामा माग

राष्ट्रियसभा सदस्य खिमलाल देवकोटाले चितवनमा निर्माणाधिन गौतमबुद्ध अन्तर्राष्ट्रिय क्रिकेट रंगशालाको पूर्ण स्वामित्व सरकारले लिनुपर्ने माग गरेका छन् । आइतबारको राष्ट्रियसभा […]

सिता चम्किँदा एपिएफ फाईनलमा

साबिक विजेता एपीएपफ क्लब ललितपुर मेयर्स कप महिला टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको फाइनलमा प्रवेश गरेको छ । एपीएफ लिग चरणको […]