‘टी-२० लिगमा फिक्सिङको भ्रम फैलाइयो’ – क्यान

२०७९ पुष २०, बुधबार १७:०२

जारी नेपाल टी-२० लिगमा नेपाल क्रिकेट सङ्घ (क्यान)ले विज्ञप्ति जारी गर्दै फिक्सिङको बारेमा भ्रम र हल्ला फैलाएको भन्दै ध्यानाकर्षण भएको जनाएको छ ।

क्यानले यदि कसैले फिक्सिङ गरेको थाहा पाए प्रमाणसहित जारी नेपाल टी-२० लिगको ‘एन्टी करप्सन युनिट’ लाई उजुरी बुझाउन आग्रह गरेको छ ।

नेपाल टी–२० मा स्पट फिक्सिङ भएको आशङ्का गर्दै कमेन्टेटर सचिन तिमिल्सिनाले मङ्गलवार फेसबुक लाइभ गरेपछि विवाद उब्जिएको थियो ।

यस विषयमा नेपाली क्रिकेट टीमका पूर्वकप्तान एवं काठमाडौँ नाइट्सका कप्तान ज्ञानेन्द्र मल्लले पनि आफ्नै टीमका एक खेलाडीलाई फिक्सरले अप्रोच गरेको बताएका थिए । यस विषयमा अनुशासन समितिमा आफूहरूले रिपोर्टसमेत गरेको उनले जानकारी गराएका थिए ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy