टि-२० प्रतियोगिता खेल्न नेपाललाई ओमानको निम्तो

नेपाली राष्ट्रिय क्रिकेट टिमलाई अक्टोबरमा ओमानमा टि-२० अन्तर्राष्ट्रिय सिरिज खेल्न ओमान क्रिकेटले निमन्त्रणा दिएको छ।

सेतोपाटिका अनुसार नेपाल र आयोजक ओमान सहित ५ राष्ट्र सहभागी हुने प्रतियोगिताको लागि नेपाललाई समेत निम्तो आएको छ। टि-२० प्रतियोगिता अक्टोबर-३ ( असोज १६ ) गते देखि आयोजना हुने बताईएको छ।

नेपाली राष्ट्रिय टिमका व्यवस्थापक रमन शिवाकोटीले नेपाललाई निम्तो आएको कुरा विकेटनेपालसंगको कुराकानीमा स्वीकार गरेका छन्। नेपाललाई टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) खेल्नु अघिनै प्रतियोगिता खेल्न निम्तो आएको हो।

नेपाल र आयोजक ओमान सहित प्रतियोगिता खेल्न ओमान क्रिकेटले आयरल्याण्ड, हंगकंग र नेदरल्याण्डलाई पनि निम्तो दिएको छ। नेपाल बाहेक अन्य ४ टोलिले ११ अक्टोबर देखि युएईमा आयोजना हुने टि-२० विश्वकप ग्लोबल छनौट खेल्नेछ। त्यसैको तयारीको लागि यो प्रतियोगिता आयोजना गर्न लागिएको हो। नेपाल भने छनौटको एसिया फाइनलमा तेश्रो हुँदै छनौट हुन असफल रहेको थियो। टि-२० विश्वकप ग्लोबल छनौटको लागि युएईले हाल नेदरल्याण्डसंग ४ वटा टि-२० को सिरिज खेलीरहेको छ।  

व्यवस्थापक शिवाकोटीले निम्तो आए पनि नेपालले खेल्ने या नखेल्ने बारे आईसीसीसंग अनुमतिपछि मात्र निर्णय हुने बताएका छन्। उनले अबको १-२ दिनमै यो बारे आईसीसीले अन्तिम निर्णय दिने विकेटनेपाललाई जानकारी गराए।

नेपाल टि-२० विश्वकप ग्लोबल छनौटमा पुग्न असफल रह्यो

ओमान टि-२० अन्तर्राष्ट्रिय वरियतामा १८ औं स्थानमा रहेको छ। नेदरल्याण्ड १३ औं, आयरल्याण्ड १५ औं, हंगकंग १९ औं स्थानमा रहेको छ। नेपाल सबैभन्दा अघि वरियतामा ११ औं स्थानमा रहेको छ।

२०१८ डिसेम्बर को अन्तिमा आईसीसी टि-२० वरियतामा ११ देखि १६ औं स्थानमा रहेका कारण स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड, हंगकंग, ओमान र आयरल्याण्ड सिधै टि-२० विश्वकप ग्लोबल छनौट खेल्न छानिएका हुन्। युएईले यस अघि नेपालसंगै एसिया फाइनल खेल्नु परेता पनि पछि आईसीसीले ग्लोबल छनौट आयोजकको भूमिका दिंदा आयोजकको रुपमा स्वतः छनौट भएको थियो। नेपालले सन् २०१२, २०१३ र २०१५ मा टि-२० विश्वकप छनौट खेलेको थियो।

नेपालले खेल्ने आगामी प्रतियोगिताहरु :- 

१. दक्षिण एसियाली खेलकुद – डिसेम्बर १-१० ( सहभागी रास्ट्र – नेपाल, भारत, पाकिस्तान, श्रीलंका, बंगलादेश, अफगानिस्तान, माल्दिभ्स, भुटान ) नोट – टेस्ट राष्ट्रहरुले २३ वर्ष मुनिको टिम खेलाउन सक्ने

२. ओमान टुर – अक्टोबर ३ देखि ( सहभागी रास्ट्र – नेपाल, ओमान, नेदरल्याण्ड, आयरल्याण्ड र हंगकंग ) नोट – नेपालको सहभागिता पक्का हुन बाँकी

३. आईसीसी विश्वकप लिग-२ – २०१९ देखि २१ ( सहभागी रास्ट्र – नेपाल, स्कटल्याण्ड, युएई, नामिबिया, पपुवा न्यु गिनी, अमेरिका र ओमान )

विश्वकप लिग-२ मा नेपालको खेल तालिका

५-१२ फेब्रुवरी २०२० : नेपाल, ओमान र अमेरिका ( टियु मैदान , नेपाल )
२०-२७ अप्रिल २०२० : नेपाल, नामिबिया र स्कटल्याण्ड ( नामिबिया )
९-१६ जुन २०२० : पपुवा न्यु गिनी , युएई र नेपाल ( पपुवा न्यु गिनी )
जुन २०२० : स्कटल्याण्ड, नेपाल, नामिबिया ( स्थान तोकिएको छैन )
जनवरी २०२१ : ओमान, अमेरिका र नेपाल ( स्थान तोकिएको छैन )
फेब्रुवरी २०२१ : नेपाल, युएई, पपुवा न्यु गिनी ( स्थान तोकिएको छैन )
अगस्ट २०२१ : अमेरिका, नेपाल, ओमान ( स्थान तोकिएको छैन )
नोभेम्बर २०२१ : नेपाल, नामिबिया र स्कटल्याण्ड ( स्थान तोकिएको छैन )
जनवरी २०२२ : युएई, पपुवा न्यु गिनी र नेपाल ( स्थान तोकिएको छैन )

४. पुरुष सिनियर इस्टर्न टि-२०  – मार्च २०२० ( सहभागी रास्ट्र – नेपाल, मलेसिया, थाईल्याण्ड, सिंगापुर, भुटान, चिन, म्यानमार, हग्कंग

 





थप समाचार

यु-१९ एसिया कप खेल्न नेपाली टिम युएई प्रस्थान

संयुक्त अरब इमिरेट्स (युएई) मा मङ्सिर २२ देखि पुस १ गतेसम्म आयोजना हुने एसीसी यू–१९ एसिया कपमा सहभागिताका लागि नेपाली […]

एलपीएल : घोडाघोडी क्रिकेट एकेडेमी र शुक्लाफांटा ब्ल्याकबक्स फाउन्डेसन विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत तेश्रो दिन सम्पन्न दुई खेलमा घोडाघोडी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : धनगढी क्रिकेट एकेडेमी र धनगढी स्पोर्ट्स क्लब विजयी

कैलालीको धनगढीमा जारि लिटल फ्लावर प्रिमियर लिग (एलपिएल) को आठौँ संस्करण अन्तर्गत दोश्रो दिन सम्पन्न दुई खेलमा धनगढी क्रिकेट एकेडेमी […]

लिटल फ्लावर प्रिमियर लिग : आयोजकको विजयी सुरुवात

कैलालीको धनगढीस्थित फाप्ला क्रिकेट मैदानमा आइतबारबाट सुरु भएको लिटल फ्लावर प्रिमियर लिग (एलपिएल)मा लिटल फ्लावर बोर्डिङ्ग स्कूलले विजयी सुरुवात गरेको […]

नेपाली क्रिकेटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान

राष्ट्रिय टिमका ओपनर ब्याटर कुशल भुर्तेल अष्ट्रेलिया प्रस्थान गरेका छन् । उनी अष्ट्रेलियन क्लबस्तरीय क्रिकेटका लागि अष्ट्रेलिया गएका हुन् । […]

आर्मीलाई हराउँदै मधेस प्रदेशले जित्यो उपाधि

केपी ओली कप टी–२० राष्ट्रिय क्रिकेट प्रतियोगिताको उपाधि मधेस प्रदेशले जितेको छ । शुक्रबार पोखरा रङ्गशालामा भएको फाइनलमा त्रिभुवन आर्मी […]