विश्वकप छनोटको लागि १४ सदस्यीय टिमको घोषणा, कुशल, शाहब र प्रदिप बाहिर

यही फेब्रुवरी १८ तारिख देखि ओमानमा सुरु हुने टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट प्रतियोगिताको लागि नेपाल क्रिकेट संघ ( क्यान ) ले मंगलबार १४ सदस्यीय राष्ट्रिय टिमको घोषणा भएको छ।

प्रशिक्षक पुबुदु दासानायेके र राष्ट्रिय क्रिकेट टिमको छनोट समिति बीच मंगलबार बैठक पछि टिमको घोषणा गरिएको हो। घोषित १४ सदस्यीय टिममा ओमान भ्रमणमा रहेका १७ जना खेलाडी मध्ये करन केसी, कुशल मल्ल, शाहब आलम र प्रदिप ऐरीलाई बाहिर राखिएको छ। करन ढाडको समस्याका कारण प्रतियोगिताबाट बाहिर भएपछि नेपाल फर्कनेछन्।

करन केसी घाइते हुँदा टिममा स्थान बनाएका फास्ट बलर गुल्सन झालाई पनि १४ सदस्यीय टिममा मौका दिईएको छ। गुल्सन भिसा प्रक्रिया पछि दुई दिनमा ओमान पुग्नेछन्। टिममा अविनाश बोहरा, जितेन्द्र मुखिया र कमल सिंह ऐरी पछि चौंथो फास्ट बलरको रुपमा गुल्सन टिममा रहनेछन्।

ओमान भ्रमणमा एक मात्र खेलमा मौका पाएका प्रदिप ऐरी र शाहब आलम तथा कुशल मल्ललाई रिजर्भ खेलाडीको रुपमा राखिएको छ जो टिमसंगै ओमानमा रहनेछन्।

टिममा देब्रे हाते स्पिनरको रुपमा सागर ढकालले मौका पाएका छन्। सागरले भ्रमणको पहिलो खेलमा ओमान बिरुद्ध डेब्यु गर्ने मौका पाएका थिए जुन खेलमा ३ ओभर बलिंग गर्दै ३६ रन खर्चिएका थिए। तर अर्का देब्रे हाते स्पिनर शाहब आलमले पनि राम्रो प्रदर्शन गर्न नसक्दा सागरलाई मौका दिईएको हो। टिममा युवा खेलाडीहरु लोकेश बम, बिबेक यादवले निरन्तरता पाएका छन्।

नेपाली टिम : सन्दिप लामिछाने ( कप्तान ) , शरद भेसावकर, ज्ञानेन्द्र मल्ल, दिपेन्द्र ऐरी, कुशल भुर्तेल, आसिफ शेख, आरिफ शेख, अविनाश बोहरा, जितेन्द्र मुखिया, कमल सिंह ऐरी, बिबेक यादव, लोकेश बम, सागर ढकाल र गुल्सन झा

नेपालले टि-ट्वान्टी विश्वकप ग्लोबल छनोट अन्तर्गत पहिलो खेल ओमानसंग फेब्रुअरी १८ तारिखमा खेल्नेछ। फेब्रुअरी १९ तारिखमा फिलिपिन्स र २१ तारिखमा क्यानडासंग खेल्ने तालिका छ। समुहको उत्कृस्ट दुई टिम सेमीफाइनल पुग्नेछन्। सेमीफाइनल खेल जितेको खण्डमा नेपाल यो वर्ष टि-२० विश्वकप खेल्न छनोट हुनेछ।





थप समाचार

नेपालको एकदिवसीय वरियता सुधार

एकदिवसीय अन्तर्राष्ट्रिय क्रिकेट वरीयतामा नेपालले फेरि एक स्थान सुधार गरेको छ । अन्तर्राष्ट्रिय क्रिकेट परिषद् (आईसीसी) ले बुधबार सार्वजनिक गरेको […]

चितवन रङ्गशालाबारे धुर्मुसले भने : देशका लागि काम गर्दा यति कठोर सजाय होला भन्ने कल्पनै थिएन

कलाकार सीताराम कट्टेल ‘धुर्मुस’ ले चितवनमा बनिरहेको क्रिकेट रङ्गशालाबारे छिटो निर्णय गरिदिन सरकारलाई आग्रह गरेका छन् । मङ्गलवार रङ्गशालाबाट सामाजिक […]

सोमपाललाई चन्द्रकोटले सम्मान गर्ने

गुल्मी, चैत ७ गते । गुल्मी जिल्लाको चन्द्रकोट गाउँपालिकाले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडी सोमपाल कामीलाई सम्मान गर्ने भएको छ […]

लुम्बिनी सरकारले रोहित सहित ६ खेलाडीलाई सम्मान गर्ने

लुम्बिनी प्रदेश सरकारले नेपाली राष्ट्रिय क्रिकेट टोलीका खेलाडीलाई सम्मान गर्ने भएको छ । प्रदेश सरकार मन्त्रिपरिषद्को सोमबारको बैठकले आगामी वर्ष […]

किङ्सटन रनिङ सिल्ड : क्याम बेस्ट–११ विजयी

काठमाडौं, चैत ६ – क्याम बेस्ट–११ ले दोस्रो संस्करणको किङ्सटन रनिङ सिल्डमा सोमबार जेनएक्स–११ लाई ३ ले हराउँदै विजयी सुरुआत […]

आसिफले पाए सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड

सिएमजे स्पिरिट अफ क्रिकेट अवार्ड–२०२२ नेपाली राष्ट्रिय क्रिकेट टोलीका ओपनर आसिफ शेखले जितेका छन् । मेरिलेबोन क्रिकेट क्लब (एमसिसी) ले […]