टि-२० विश्वकप : पीएनजी बिरुद्ध ओमानको शानदार जित

२०७८ आश्विन ३१, आईतवार १८:४६

सातौँ संस्करणको टि-ट्वान्टी विश्वकप २०२१ ओमानमा सुरु भएको छ। ओमान र युएईले संयुक्त रुपमा आयोजना गरेको विश्वकप अन्तर्गत उद्घाटन खेलमा आयोजक ओमानले विजयी सुरुवात गरेको छ।

ओमान स्थित अल अमिरात क्रिकेट मैदानमा सम्पन्न समुह ‘बि’ अन्तर्गतको खेलमा पपुवा न्यु गिनीले दिएको १३० रनको लक्ष्य ओमानले विकेट नगुमाई १३.४ ओभरमै पुरा गर्दै १० विकेटको जित दर्ता गर्यो। ओपनर अकिब इल्यासले ५० तथा जतिन्दर सिंहले ७३ रन बनाए। इल्यासले ४३ बलमा ५ चौका र १ छक्का तथा सिंहले ४२ बलमा ७ चौका र ४ छक्का प्रहार गरे।

यस अघि टस हारेर ब्याटिंग गरेको पपुवा न्यु गिनीली निर्धारित २० ओभरमा ९ विकेट क्षेतीमा १२९ रन बनाएको थियो। उसको लागि कप्तान असद भालाले सर्वाधिक ५६ रन, चार्ल्स अमिनीले ३७ रङ तथा सिसि बाउले १३ रन बनाउनु बाहेक अन्यले दोहोरो अंकमा रन बनाउन सकेनन्।

ओपनर टोनी उरा र लेगा सियाका खाता खोलि पेभेलियन फर्केपछि तेश्रो विकेटको लागि भाला र अमिनीले ८१ रनको साझेदारी गरेका थिए। १२ औं ओभरमा अमिनी अरन आउट भएपछि पपुवा न्यु गिनीले पुनः लगातार विकेट गुमाउन पुग्यो। १५ औं ओभरमा भालालाई कलेमुल्लाहले क्याच आउट गरे। सोहि ओभरमा जिशान मक्सुदले थप २ विकेट लिंदा पपुवा न्यु गिनीको इनिंग्स धरासायी बन्यो। इनिंग्सको अन्तिम ५ ओभरमा पपुवा न्यु गिनीले मात्र १७ रन मात्र बनायो।

ओमानको बलिंगमा कप्तान जिशान मक्सुदले सर्वाधिक ४ विकेट ( ४-०-२०-४ ) लिए भने बिलाल खान ( ४-१-१६-२ ) र कलेमुल्लाहले ( ३-०-१९-२ ) समान २ विकेट लिए।

टि-२० विश्वकपको समुह ‘बि’ अन्तर्गत आयोजक ओमान र पपुवा न्यु गिनी सहित स्कटल्याण्ड र बंगलादेश रहेका छन्। ४ वटै टिमले एकअर्कासंग एक/एक खेल खेलेपछि अंकतालिकामा उत्कृस्ट हुने २ टिम सुपर-१२ चरण प्रवेश गर्नेछ। समुह चरणमा समुह ‘ए’ मा आयरल्याण्ड, नामिबिया, नेदरल्याण्ड र श्रीलंका रहेका छन्। समुह ‘ए’ मा आयरल्याण्ड, नामिबिया, नेदरल्याण्ड र श्रीलंका रहेका छन्।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy