T20 World Cup : आज दुई खेल हुँदै, ४ एशियाली टोलि बीच प्रतिस्पर्धा

युएईमा जारी टि-ट्वान्टी विश्वकपको सुपर-१२ चरण अन्तर्गत आज आइतबार समुह ‘२’ अन्तर्गत दुई खेल हुँदैछन् जसमा ४ दक्षिण एशियाली राष्ट्रहरु प्रतिस्पर्धा गर्दैछन्।

दिनको पहिलो खेलमा दिउँसो ३:४५ बजे शारजाह स्टेडियममा श्रीलंका र बंगलादेश तथा राति ७:४५ बजे दुबई अन्तर्राष्ट्रिय स्टेडियममा भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुनेछ।

प्रतियोगिताको समुह चरणमा श्रीलंका समुह ‘ए’ को विजेताको रुपमा तथा बंगलादेश समुह ‘बि’ को उपविजेताको रुपमा सुपर-१२ चरण प्रवेश गरेको हो। श्रीलंकाले समुह चरणमा तिन वटै खेलमा जित दर्ता गर्ने क्रममा नामिबिया, आयरल्याण्ड र नेदरल्याण्डलाई पराजित गरेको थियो। बंगलादेशले २ जित र १ हार बेहोर्ने क्रममा पपुवा न्यु गिनी र ओमानलाई पराजित गर्दा स्कटल्याण्डसंग हार बेहोर्यो।

टि-ट्वान्टी विश्वकप इतिहासमा श्रीलंका र बंगलादेश मात्र एक पटक आमनेसामने भएका छन् जसमा श्रीलंका विजयी भएको थियो। यस्तै टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा दुई टिम बीच ११ पटक भएको भेटमा ७ पटक श्रीलंका तथा ४ पटक बंगलादेश विजयी भएको छ।

श्रीलंका टिम : Pathum Nissanka, Kusal Perera(w), Charith Asalanka, Avishka Fernando, Bhanuka Rajapaksa, Dasun Shanaka(c), Wanindu Hasaranga, Chamika Karunaratne, Dushmantha Chameera, Maheesh Theekshana, Lahiru Kumara, Akila Dananjaya, Binura Fernando, Dhananjaya de Silva, Dinesh Chandimal

बंगलादेश टिम : Mohammad Naim, Liton Das, Shakib Al Hasan, Mushfiqur Rahim, Mahmudullah(c), Afif Hossain, Nurul Hasan(w), Mohammad Saifuddin, Mahedi Hasan, Taskin Ahmed, Mustafizur Rahman, Shoriful Islam, Shamim Hossain, Nasum Ahmed, Soumya Sarkar

दिनको दोश्रो खेलमा चिर प्रतिद्वन्द्वी भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुँदैछ। टि-ट्वान्टी विश्वकप इतिहासको कुरा गर्दा भारतले सबै ५ भेटमा पाकिस्तानलाई पराजित गरेको छ। यस्तै टि-२० अन्तर्राष्ट्रिय क्रिकेटमा हालसम्म भएको ८ भेटमा भारत ७ पटक तथा पाकिस्तान मात्र १ पटक विजयी भएको छ। अन्तिम पटक २०१९ को एकदिवसीय विश्वकपमा भेट भएपछि पहिलो पटक भारत र पाकिस्तान बीच प्रतिस्पर्धा हुन लागेको हो।

भारत टिम : Rohit Sharma, KL Rahul, Virat Kohli(c), Suryakumar Yadav, Rishabh Pant(w), Hardik Pandya, Ravindra Jadeja, Ravichandran Ashwin, Bhuvneshwar Kumar, Mohammed Shami, Jasprit Bumrah, Rahul Chahar, Shardul Thakur, Ishan Kishan, Varun Chakaravarthy

पाकिस्तान टिम : Babar Azam(c), Mohammad Rizwan(w), Fakhar Zaman, Mohammad Hafeez, Shoaib Malik, Asif Ali, Imad Wasim, Shadab Khan, Hasan Ali, Haris Rauf, Shaheen Afridi, Haider Ali





थप समाचार

बागमतीलाई सानदार रुपमा हराउदै सुदुरपश्चिम फाइनलमा

काठमाडौं । सम्झना खड्काको शानदार ब्याटिङको सहयोगमा बागमती प्रदेशलाई शानदार रुपमा पराजित गर्दै जारी ललितपुर मेयर्स कपको फाइनलमा स्थान बनाएको […]

विश्वकपमा टस नजितेको नेपाल…

काठमाडौं । नेपालले आगामी जुन २ बाट अमेरिका र वेस्ट इन्डिजमा संयुक्त रुपमा आयोजना हुने नवौं संस्करणको टी-२० विश्वकपमा सहभागीता […]

टी-१० को लाइभ मकालु टिभीमा हुने

काठमाडौं । विराटनगरमा आयोजना हुने नेपाल टी-१० प्रतियोगिताको प्रत्यक्ष प्रशारणको अधिकार मकालु टेलिभिजनले लिएको छ । विराटनगर महानगरपालीकाको आयोजनामा हुने […]

नेपालले अमेरिका र क्यानडासँग वार्मअप खेल्ने

काठमाडौं । आगामी महिना वेस्ट इन्डिज र अमेरिकामा आयोजना हुने टी-२० विश्वकपको वार्मअप खेलको खेल तालिका प्रकाशन भएको छ । […]

नेपालको लगातार दोस्रो जित, एक खेल अगाबै सिरिज

काठमाडौं । विश्वकपको तयारीका लागि वेस्ट इन्डिजमा रहेको नेपाली टोलीले विन्डवर्ड्स भोलक्यान्सविरुद्धको दोस्रो अभ्यास खेलमा पनि जित हात पारेको छ […]

गुजरातसँग अंक बाड्दै हैदराबाद प्लेअफमा

काठमाडौं । वर्षाका कारण टस समेत हुन नसकि गुजरात टाइटन्ससँग अंक बाडेको सनराइजर्स हैदराबाद १७ औं संस्करणको इन्डियन प्रिमियर लिग […]