T20WC : आज दुई खेल, ‘गर या मर’ को स्थितिमा अफगानिस्तान र न्युजिल्यान्ड

युएईमा जारी टि-ट्वान्टी विश्वकप अन्तर्गत आइतबार ( नोभेम्बर ७ ) सुपर-१२ चरण अन्तर्गत समुह ‘२’ को दुई खेल हुँदैछन्। पहिलो खेल अफगानिस्तान र न्युजिल्यान्ड बीच शेख जायद स्टेडियम अबुधाबीमा ३:४५ बजे दिउँसो सुरु हुनेछ भने दोश्रो खेल पाकिस्तान र स्कटल्याण्ड बीच शारजाह स्टेडियममा राति ७:४५ बजे सुरु हुनेछ।

न्युजिल्यान्ड र अफगानिस्तान दुवैको सुपर-१२ चरणको अन्तिम खेल भारतको लागि समेत महत्वपूर्ण छ। पाकिस्तान सेमीफाइनल पुगीसकेको छ भने नामिबिया र स्कटल्याण्ड बाहिर भैसकेका छन्। न्युजिल्यान्ड, भारत र अफगानिस्तान मध्ये एउटा टिम सेमीफाइनल पुग्नेछ। भारतीय समर्थकहरुको ध्यान भने न्युजिल्यान्ड र अफगानिस्तान बीचको खेलमा हुनेछ जुन खेलमा अफगानिस्तानको जितले मात्र भारतको सेमीफाइनल ढोका खोल्न सक्छ।

न्युजिल्यान्ड : न्युजिल्यान्ड अफगानिस्तानसंग  विजयी भएको खण्डमा पाकिस्तान पछि समुह ‘२’ बाट सेमीफाइनल पुग्ने दोश्रो टिम हुनेछ। न्युजिल्यान्ड पराजित भएको खण्डमा सेमीफाइनल दौडबाट बाहिर हुनेछ। न्युजिल्यान्डको नेट रन रेट अफगानिस्तानको भन्दा कम भएकोले हार बेहोरेको खण्डमा समान ६ अंक रहेता पनि नेट रनरेटमा भने न्युजिल्यान्ड पछि पर्नेछ। त्यसैले न्युजिल्यान्डको लागि अफगानिस्तानसंग जित बाहेक विकल्प छैन।

अफगानिस्तान : न्युजिल्यान्डसंग पराजित भए अफगानिस्तान बाहिरिनेछ। अफगानिस्तानले न्युजिल्यान्डलाई पराजित गरेको खण्डमा पनि भारतले अन्तिम खेलमा नामिबियालाई पराजित गरे दुवै टिमको अंक बराबरी हुनेछ र नेट रन रेटमा अघि जाने टिमको निर्णय हुनेछ। भारतको नेट रन रेट +१.६१९ छ भने अफगानिस्तानको १.४८१ छ। त्यसैले अफगानिस्तानले न्युजिल्यान्डलाई ठूलो अन्तरले पराजित गर्दै भारतले छुन नसक्ने नेट रनरेट बनाउनुपर्नेछ। त्यसैले अफगानिस्तानले न्युजिल्यान्डसंग जितको साथै भारतले नामिबियासंगको खेल सानो अन्तरले जितोस् या भारतको हारको कामना गर्नुपर्छ।

टि-ट्वान्टी अन्तर्राष्ट्रिय इतिहासमा न्युजिल्यान्ड र अफगानिस्तानले एकअर्कासंग प्रतिस्पर्धा गरेका छैनन्। त्यसैले पनि अफगानिस्तान स्पिनर राशिद खान र न्युजिल्यान्ड ब्याट्सम्यान केन विलियमसन बीचको प्रतिस्पर्धा हेर्न लायक हुनेछ। प्रतियोगिता पाकिस्तानसंग हारको साथ सुरु गरको न्युजिल्यान्डले त्यसपछि भारत लगायत स्कटल्याण्ड र नामिबीयलाई पराजित गर्दै आफुलाई अब्बल टिम सावित गरेको छ। अर्कोतर्फ अफगानिस्तान पाकिस्तान र भारतसंग पराजित हुँदा स्कटल्याण्ड र नामिबियालाई भने पराजित गरेको थियो।

न्युजिल्यान्डको सम्भावित ११ : मार्टिन गप्टिल, डेरेल मिचेल, केन विलियमसन ( कप्तान ) , डेभोन कनवे ( विकेटकिपर ), ग्लेन फिलिप्स, जेम्स निशम, मिचेल स्यान्टनर, एडम मिल्ने, टिम साउदी, इश सोढी, ट्रेन्ट बोल्ट

अफगानिस्तानको सम्भावित ११ : हज्रतुल्लाह जजाई, मोहम्मद शाहजाद ( विकेटकिपर ) , रहमनुल्लाह गुर्बज नजीबुल्लाह जद्रान, मोहम्मद नाबी ( कप्तान ) , करिम जनत, गुल्बदिन नैब सैफुद्दीन अश्रफ, राशिद खान, नभिन उल हक्/मुजिब उर् रहमान, हमिद हसन

दिनको दोश्रो खेलमा पाकिस्तान र स्कटल्याण्डले सुपर-१२ चरणको अन्तिम खेल खेल्दैछन्। पाकिस्तान ४ वटै जितको साथ सेमीफाइनल प्रवेश गरिसकेको छ जसले भारत, न्युजिल्यान्ड, अफगानिस्तान र नामिबियालाई पराजित गरेको थियो। स्कटल्याण्ड ४ वटै खेलमा हार बेहोर्दै सेमीफाइनल दौडबाट बाहिर भैसकेको छ। दुई टिम बीच इतिहासमा तिन पटक प्रतिस्पर्धा भएका छन् जसमा तिन वटै खेल पाकिस्तानले जितेको छ। टि-२० विश्वकपमा दुई टिम बीच सन् २००७ मा भेट हुँदा पाकिस्तानले दिएको १७२ रनको लक्ष्य पछ्याएको स्कटल्याण्डले १२० रन मात्र बनाएको थियो र ५१ रनले पराजित भएको थियो।

पाकिस्तानको सम्भावित ११ : बाबर आजम ( कप्तान ) , मोहम्मद रिजवान ( विकेटकिपर ), फखर जमान, मोहम्मद हफिज, शोयब मलिक, आसिफ अलि, शदाव खान, इमाद वासिम, हसन अलि, शाहिन अफ्रिदी, हरिस रौफ

स्कटल्याण्डको सम्भावित ११ : जर्ज मुन्से, कायल कोट्जर ( कप्तान ), म्याथु क्रस ( विकेटकिपर ), रिची बेरिंगटन, कलम म्याकलोयड, माइकल लिस्क, क्रिस ग्रिभ्स, मार्क वाट, एलेस्डर इभान्स, सफ्यान सरिफ, ब्राडले व्हिल





थप समाचार

मलेसियाविरुद्धको ट्वान्टी-२० अन्तर्राष्ट्रिय शृङ्खलाको उपाधि नेपाललाई 

काठमाडौँ । सीता रानामगरको ३४ रन प्रेरित नेपाली महिला क्रिकेट टिमले आइतबार पाँचौँ तथा अन्तिम ट्वान्टी-२० अन्तर्राष्ट्रिय क्रिकेटमा मलेसियालाई तीन […]

नेपाल मलेसियासँग पराजित

घरेलु टोली मलेसियाले चौथो महिला अन्तर्राष्ट्रिय खेलमा नेपाललाई पराजित गरेको छ । शनिबार सम्पन्न खेलमा घरेलु टोलीले ४ विकेटले नेपाललाई […]

विश्वकप छनोट खेल्न दक्षिण अफ्रिका जाँदै सन्दीप

काठमाडौँ । नेपाली राष्ट्रिय क्रिकेट टिमका लेग स्पिनर सन्दीप लामिछानेलाई पठाउने तयारी गरिएको छ। सन्दीपलाई दक्षिण अफ्रिकामा हुने अभ्यास खेल […]

डीएभी सुशील केडिया स्कुलमा ३ उदीयमान क्रिकेटरका लागि पूर्ण छात्रवृत्ति अवसर 

काठमाडौं, ललितपुरमा रहेको डीएभी सुशील केडिया विश्व भारती स्कुलले तीन जना उदीयमान क्रिकेटरलाई पूर्ण छात्रवृत्ति प्रदान गर्ने भएको छ । […]

क्याम प्रिमियर लिग : तराई टाइगर, लुम्बिनी, कङ्गारु र हाम्रो यूथ क्लब विजयी

तराई टाइगर स्पोर्ट्स क्लबले अस्ट्रेलियाको सिड्नीमा जारी दोस्रो संस्करणको क्याम प्रिमियर लिग क्रिकेट प्रतियोगितामामा ६८ रनको फराकिलो जित निकालेको छ […]

एसीसी प्रिमियर कप : नेपाल र युएईबीचको बाँकी फाइनल खेल आज

  काठमाडौँ । काठमाडौँमा जारी एसीसी प्रिमियर कपमा सोमबार रोकिएको नेपाल र युएईबीचको फाइनल खेल आज (मंगलबार)सुरु हुदैछ । सोमबार […]