टि-२० विश्वकप छनौटको लागि प्रारम्भिक टिमको घोषणा, अमित र राजु सहित युवा खेलाडीलाई मौका

Nepal Cricket Team

जुलाई २० देखि २८ सम्म सिंगापुरमा आयोजना हुने आईसीसी टि-२० विश्वकप छनौट ( एसिया फाइनल ) प्रतियोगिताको लागि नेपाली प्रारम्भिक २५ सदस्यीय टिमको घोषणा गरिएको छ।

अन्तर्राष्ट्रिय क्रिकेट परिषदका प्रतिनिधि अमिनिल इस्लाम, प्रमुख प्रशिक्षक उमेश पटवाल र कप्तान पारस खड्काले टिमको छनौट गरेका हुन्।

नेपालले गत वर्ष अक्टोबरमा मलेसियामा सम्पन टि-२० विश्वकप छनौट ( एसिया पूर्वी ) प्रतियोगिताको उपाधि जितेपछि दोश्रो चरणमा छनौट भएको थियो। यस्ती सिंगापुर दोश्रो र मलेसिया तेश्रो हुँदै छनौट भएको थियो। यस्तै गत वर्ष अप्रिलमा कतारमा सम्पन्न एसिया ( पश्चिम ) छनौट प्रतियोगिताबाट युएई, कतार र कुवेत एसिया फाइनलको लागि छनौट भएका थिए।

एसिया फाइनलमा सहभागी हुने नेपाल, मलेसिया, सिंगापुर, कतार र कुवेत मध्ये विजेता १ टिम टि-२० विश्वकप ग्लोबल छनौटको लागि छनौट हुनेछ। नेपालले जुन २० तारिकबाट प्रतियोगिताको बन्दसत्र तयारी थाल्ने टिम व्यवस्थापक रमन शिवाकोटीले जारि गरेको प्रेस विज्ञप्तिमा उल्लेख गरिएको छ।

२५ सदस्यीय नेपाली टिम :- 

पारस खड्का ( कप्तान ) , अविनाश बोहरा, अमित श्रेष्ठ, बसन्त रेग्मी, भिम शार्की, बिनोद भण्डारी, दिपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ल, जितेन्द्र मुखिया, करन केसी, कुशल भुर्तेल, ललित भण्डारी, ललित राजबंशी, आरिफ शेख, नन्दन यादब, पवन सर्राफ, प्रदिप एरि, राजु रिजाल, रोहित पौडेल, सन्दिप लामिछाने, शाहब आलम, शरद भेसावकर, सोमपाल कामि, सन्दिप जोरा, सुशन भारि

प्रारम्भिक टिममा यो पटक अमित श्रेष्ठ, कुशल भुर्तेल, नन्दन यादब, शाहब आलम जस्ता खेलाडीहरुलाई पनि मौका दिईएको छ। भर्खरै सम्पन्न प्रधानमन्त्री कप प्रतियोगितामा राम्रो ब्याटिंग गरेका आर्मी क्लबका राजु रिजालले पनि टिममा मौका पाएका छन्। सुनिल धमलाले भने प्रारम्भिक टिममा मौका पाएनन्।

Ameet Shrestha , Raju Rijal

राजु रिजालले २०१६ मा नामिबियासंग नेपाली राष्ट्रिय टिमको लागि डेब्यु गरे पनि त्यसपछि सोहि वर्ष नेदरल्याण्ड टुरमा टिममा रहे पनि त्यसपछि राष्ट्रिय टिममा मौका पाएका छैनन्। रिजालले प्रधानमन्त्री कपमा प्रदेश २ बिरुद्ध ९० , कर्णाली बिरुद्ध ६० तथा प्रदेश-३ बिरुद्ध ५१ रन बनाएका थिए।

लामो समय देखि घरेलु क्रिकेटमा राम्रो प्रदर्शन गरे पनि अमित श्रेष्ठले राष्ट्रिय टिममा भने हालसम्म स्थान बनाउन सकेका छैनन्। श्रेष्ठले प्रधानमन्त्री कपमा पुलिसको लागि खेल्दै प्रदेश-१ बिरुद्ध शतक बनाएका थिए भने प्रदेश-२ बिरुद्ध ५० तथा आर्मी बिरुद्ध फाइनलमा ४४ रनको इनिंग खेलेका थिए।

यस्तै पुलिस टिमका अल-राउण्डर कुशल भुर्तेललाई पनि मौका दिईएको छ। भुर्तेलले प्रधानमन्त्री कपमा कर्णाली प्रदेशसंग ६२ रन तथा प्रदेश-२ संग ३५ रन बनाउदा एपीएफ बिरुद्ध बलिंगमा ३ विकेट लिएका थिए। नेपाली यु-१९ टिमबात खेलीसकेका भुर्तेल राम्रो फिल्डरको रुपमा पनि चिनिन्छन्।

लगातार घरेलु क्रिकेट प्रतियोगितामा उत्कृस्ट प्रदर्शन गरिरहेका सुशन भारिको साथै अर्का देब्रे हाते स्पिनर शाहब आलमले पनि प्रारम्भिक टिममा मौका पाएका छन्। आलमले प्रधानमन्त्री कपमा कुल १६ विकेट लिएका थिए जुन क्रममा आर्मीको लागि खेल्दै पुलिस र प्रदेश-२ संग ४/४ विकेट लिएका थिए। प्रारम्भिक टिममा बसन्त रेग्मी, ललित राजबंशी गरि ४ जना देब्रे हाते स्पिनर छन्।

Shahab Alam

पछिल्लो समय राष्ट्रिय टिममा स्थान बनाउन संघर्ष गर्दै आएका ललित भण्डारीलाई पुनः प्रारम्भिक टिममा स्थान दिईएको छ। भण्डारीले प्रधानमत्री कपमा मात्र २ खेल खेल्दा विकेट विहिन रहेका थिए।

तिब्र गति बलरको रुपमा प्रधानमन्त्री कपमा प्रदेश-३ को लागि खेलेका नन्दन यादबले मौका पाएका छन्। यादबले प्रतियोगितामा कुल १० विकेट लिने क्रममा आर्मीसंग २ तथा एपीएफसंग ३ विकेट लिएर नियमित रुपमा राम्रो बलिंग गरेका थिए। यादबले नेपाली यु-१९ टिमबाट खेलीसकेका छन्।अर्का तिब्र गति बलर जितेन्द्र मुखिया पनि टिममा रहेका छन्। प्रधानमन्त्री कपमा ३ खेल खेल्दा मुखियाले ४ विकेट लिएका थिए।

खेल तालिका ( आईसीसी पुरुष टि-२० विश्वकप छनौट एसिया फाइनल ) 

२२ देखि २८ जुलाईसम्म सिंगापुरमा आयोजना हुने प्रतियोगितामा सबै टिमले एकअर्का बिरुद्ध १-१ खेल खेल्नेछन् जसबाट अंकतालिकामा विजेता टिमको निर्क्योल हुनेछ।

नेपालले २३ जुलाईमा कतारसंग इन्डीयन एसोसिएसन मैदानमा खेल्दै प्रतियोगिताको सुरुवात गर्नेछ। यस्तै २४ जुलाईमा मलेसियासंग,  २७ जुलाईमा कुवेतसंग र २८ जुलाईमा सिंगापुरसंग खेल्ने तालिका रहेको छ। प्रतियोगिताको सबै खेल इन्डियन एसोसिएसन मैदानमा खेल्नेछ।

२२ जुलाई –  सिंगापुर V कतार, कुवेत V मलेसिया
२३ जुलाई – कतार V नेपाल , सिंगापुर V कुवेत
२४ जुलाई – नेपाल V मलेसिया
२५ जुलाई – आराम
२६ जुलाई – कतार V कुवेत , सिंगापुर V मलेसिया
२७ जुलाई – कुवेत V नेपाल, मलेसिया V कतार
२८ जुलाई – सिंगापुर V नेपाल

( समय – पहिलो खेल स्थानीय समय १० बजे र दोश्रो खेल स्थानीय समय २:३० बजे सुरु हुनेछ। नेपाली समय अनुसार पहिलो खेल ७:४५ बजे बिहान र दोश्रो खेल १२:१५ बजे सुरु हुनेछ।

टि-२० विश्वकप कसरि छनौट हुन्छ नेपाल ? 

टि-२० विश्वकप एसिया फाइनल प्रतियोगिताको शिर्ष स्थानमा पर्न सके नेपाल ग्लोबल क्वालीफायर खेल्न छनौट हुनेछ। ग्लोबल क्वालिफायर युएईमा अक्टोबर ११ देखि ३ नोभेम्बरसम्म आयोजना हुनेछ।

ग्लोबल क्वालिफायरमा नेपाल यदी छनौट भएको खण्डमा नेपालले बिश्वका अन्य क्षेत्रको छनौट प्रतियोगिताबाट आएका ६ वटा टिम सहित स्कटल्याण्ड, जिम्बाबे, नेदरल्याण्ड, हंगकंग, ओमान, आयरल्याण्ड र आयोजक युएईसंग प्रतिस्पर्धा गर्नेछ।

कुल १४ टिम सहभागी हुने ग्लोबल क्वालिफायरबाट उत्कृस्ट हुने ६ वटा टिम २०२० अक्टोबरमा अस्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकप खेल्न छनौट हुनेछ।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]