टी-२० विश्वकप : इंग्ल्यान्ड सेमिफाइनलमा, बाहिरियो अस्ट्रेलिया

श्रीलङ्कालाई पराजित गर्दै इंग्ल्यान्ड आइसिसी पुरुष टी-२० विश्वकप क्रिकेट प्रतियोगिताको सेमिफाइनलमा पुगेको छ । शनिबार सिड्नीमा भएको खेलमा अन्तिम दुई बल बाँकी रहँदा इंग्ल्यान्डले रोमाञ्चक जित निकालेको हो ।

डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया बाहिरियो

सुपर १२ अन्तर्गत समूह १ बाट न्युजिल्यान्ड र इंग्ल्यान्ड सेमिफाइनल पुग्दा आयोजक तथा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया भने प्रतियोगिताबाट बाहिरिएको छ । न्युजिल्यान्ड र इंग्ल्यान्ड समान पाँच खेलबाट ७ अङ्क जोड्दै अन्तिम चारमा प्रवेश गरेका हुन् । समान खेलबाट सात अङ्क भए पनि नेट रनरेटमा पछि पर्दा अस्ट्रेलियाको यात्रा समूह चरणमै टुङ्गियो । इंग्ल्यान्डको नेट रनरेट ०.४७ तथा अस्ट्रेलियाको ०.१७ रह्यो । त्यसै गरी, चार अङ्क जोडेको श्रीलङ्का, तीन अङ्क जोडेको आयरल्यान्ड र दुई अङ्क जोडेको अफगानिस्तान समूह चरणबाटै बाहिरिएका छन् ।

इंग्ल्यान्डको सङ्घर्षपूर्ण ब्याटिङ

श्रीलंकाविरुद्ध एक सय ४२ रनको लक्ष्य पछ्याएको इंग्ल्यान्डले १९.४ ओभरमा ६ विकेट गुमाउँदै निर्धारित लक्ष्य हासिल गरेको थियो । इंग्ल्यान्डले पहिलो विकेटका लागि ७५ रनको साझेदारी गरेको थियो । उसका ओपनर एलेक्स हेल्सले सर्वाधिक ४७ रन बनाए ।

३० बलको सामना गरेका एलेक्सले सात चौका र एक छक्का हिर्काए । त्यसै गरी, २३ बल खेलेका अर्का ओपनर जस बटलरले २८ रनको योगदान गरे । त्यस्तै, बेन स्टोक्सले ३६ बलमा ४२ रन जोडे । बलिङतर्फ श्रीलङ्काका लाहिरू कुमारा, वानिन्दु हसरंगा डी सिल्भा र धनञ्जय डी सिल्भाले समान दुई विकेट लिएका थिए ।

पाथुमको अर्ध शतक

त्यसअघि टस जितेर सुरुवाती ब्याटिङ गरेको श्रीलङ्काले ओपनर पाथुम विसंकाको अर्धशतकीय इनिङ्सको मद्दतमा आठ विकेट गुमाउँदै एक सय ४१ रनको योगफल तयार पारेको थियो । पाथुमले ४५ बलमा ६७ रन बनाएका थिए । उनले दुई चौका र पाँच छक्का प्रहार गरेका थिए ।

समूह २ मा रोमाञ्चक प्रतिस्पर्धा आज

विश्वकप सुपर १२ अन्तर्गत समूह २ मा आइतबार तीन खेल हुँदै छन् । आइतबार बिहान नेपाली समयअनुसार ५ बजेर ४५ मिनेट जाँदा दक्षिण अफ्रिका र नेदरल्यान्डबीचको खेल सुरु हुनेछ । ९ बजेर ४५ मिनेट जाँदा पाकिस्तान र बङ्गलादेश भिड्नेछन् । दिउँसो १ः४५ बजे हुने खेलमा जिम्बावे र भारतबिच प्रतिस्पर्धा हुनेछ । यस समूहबाट कुनै पनि टिम अहिलेसम्म सेमिफाइनल पुग्ने तय भइसकेको छैन । भारत, दक्षिण अफ्रिका, पाकिस्तान र बङ्गलादेश सेमिफाइनल स्थान बनाउने दौडमा छन् ।

अन्तिम दिन जित हासिल गरेमा भारत र दक्षिण अफ्रिका स्वतः सेमिफाइनल पुग्नेछन् । तर, बाँकी टोलीको हकमा आफ्नो खेल जितेर मात्रै पुग्दैन, अन्य प्रतिस्पर्धीको खेलको नतिजाले मात्रै उनीहरू सेमिफाइनल पुग्ने वा नपुग्ने निर्धारण गर्नेछ ।

यस समूहमा अहिलेसम्म भारतले चार खेलबाट ६ अङ्क बटुलेको छ । पाँच अङ्क जोडेको दक्षिण अफ्रिका दोस्रो स्थानमा छ । पाकिस्तान र बङ्गलादेशको समान चार अङ्क रहेको छ । जिम्बावेको तीन अङ्क छ । र नेदरल्यान्ड्सले दुई अङ्क मात्रै जोडेको छ ।





थप समाचार

अख्तियारको अनुसन्धान पूरा नभएसम्म एनपीएलको कुनै काम नगर्न क्यानलाई निर्देशन

नेपाल प्रिमियर लिग (एनपीएल)को पहिलो संस्करण आयोजनाको सम्बन्धमा छानबिन गर्न राष्ट्रिय खेलकुद परिषदबाट गठन भएको कार्यदलले नेपाल क्रिकेट संघ (क्यान) […]

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]