टि-२० विश्वकपको खेल तालिका सार्वजनिक, भारतको पहिलो खेल पाकिस्तानसंग

अक्टोबर १७ देखि नोभेम्बर १४ सम्म ओमान र युएईमा संयुक्तरुपमा आयोजना हुने आईसीसी टि-ट्वान्टी विश्वकप २०२१ को खेल तालिका सार्वजनिक भएको छ। खेल तालिका अनुसार चिरा प्रतिद्वन्द्वी भारत र पाकिस्तान एक-अर्काको पहिलो खेलमै आमनेसामने हुनेछन्।

अक्टोबर १७ तारिखमा हुने उद्घाटन खेलमा ओमान र पपुवा न्यु गनी प्रतिस्पर्धा गर्नेछन्। सोहि दिन बंगलादेश र स्कटल्याण्डले दोश्रो खेल खेल्नेछन्। दुवै खेल ओमानको अल अमारत स्थित ओमान क्रिकेट एकेडेमी मैदानमा खेलिनेछ। सुपर-१२ चरणको खेलहरु अक्टोबर २३ तारिखमा सुरु हुनेछ जस अन्तर्गत पहिलो खेलमा अस्ट्रेलिया र दक्षिण अफ्रीका प्रतिस्पर्धा गर्नेछन्। भारत र पाकिस्तान बीचको खेल अक्टोबर २४ तारिखमा दुबईमा खेलिनेछ।

टि-ट्वान्टी विश्वकप दुई चरणमा खेलिनेछ। पहिलो चरणमा ओमान, पपुवा न्यु गिनी, बंगलादेश, स्कटल्याण्ड, आयरल्याण्ड, नेदरल्याण्ड, श्रीलंका र नामिबिया गरि ८ टोलिले प्रतिस्पर्धा गर्नेछन्। ८ टोलिलाई दुई वटा समुहमा बिभिजन गरिएको छ। समुह ‘ए’ मा श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड र नामिबिया रहेका छन् भने समुह ‘बि’ मा बंगलादेश, स्कटल्याण्ड, पपुवा न्यु गिनी र ओमान रहेका छन्। समुह चरणमा हुने प्रतिस्पर्धा पछि दुवै समुहबाट २/२ टिम सुपर-१२ चरणमा प्रवेश गर्नेछन्।

पहिलो चरणको खेल तालिका

दोश्रो चरण सुपर-१२ चरण हुनेछ जसमा टिमहरुलाई दुई समुहमा बिभाजन गरिएको छ। समुह १ मा इंग्ल्यान्ड, अस्ट्रेलिया, दक्षिण अफ्रीका, वेस्टइन्डिज र पहिलो चरणबाट उक्लेका दुई वटा टिम तथा समुह २ मा भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान र समुह चरणबाट उक्लेका दुई वटा टिम रहेका छन्।सुपर-१२ चरणमा दुई वटा समुहमा रहेका सबै टिमले एक-अर्का बिरुद्ध प्रतिस्पर्धा गरेपछि दुवै समुहबाट उत्कृस्ट हुने २/२ टिम सेमीफाइनलमा प्रवेश गर्नेछन्। सेमीफाइनल खेल १० र ११ नोभेम्बरमा तथा फाइनल १४ नोभेम्बरमा दुबई अन्तर्राष्ट्रिय क्रिकेट स्टेडियममा खेलिनेछ।

सुपर-१२ चरण : समुह ‘१’- इंग्ल्यान्ड, अस्ट्रेलिया, वेस्टइन्डिज र ग्रुप ‘ए’ को विजेता र समुह ‘बि’ को उपविजेता , समुह ‘२’ भारत, पाकिस्तान, न्युजिल्यान्ड, अफगानिस्तान, ग्रुप ‘बि’ को विजेता र ग्रुप ‘ए’ को उपविजेता

समुह चरण : ग्रुप ‘ए’ – श्रीलंका, आयरल्याण्ड, नेदरल्याण्ड र नामिबिया , समुह ‘बि’ – बंगलादेश, स्कटल्याण्ड, पपुवा न्यु गिनी र ओमान

समुह बिभाजन मार्च २०, २०२१ सम्मको टि-२० अन्तर्राष्ट्रिय वरियताको आधारमा गरिएको हो। छ वटा टिम – आयरल्याण्ड, नेदरल्याण्ड, नामिबिया, ओमान, पपुवा न्युगिनी र स्कटल्याण्डले सन् २०१९ को टि-२० विश्वकप छनोट प्रतियोगिताबाट विश्वकपमा स्थान पक्का गरेका थिए। अन्य ८ टोलिले भने वरियताको आधारमा सोझै विश्वकपमा प्रवेश पाएका थिए।

भारतमा आयोजना हुने घोषणा गरिएको प्रतियोगिता कोरोना महामारीका कारण भारतमा आयोजना हुन नसक्ने भएपछि भारतनै आयोजक रहने गरि युएई र ओमानमा आयोजना हुन लागेको हो। खेलहरु चारवटा मैदानमा खेलिनेछन् जसमा दुबई अन्तर्राष्ट्रिय स्टेडियम, शेख जायद स्टेडियम अबुधाबी, शारजाह स्टेडियम र ओमान क्रिकेट एकेडेमी मैदान रहेका छन्।





थप समाचार

जय ट्रफी : पुलिस फाइनलमा, आर्मीसँग उपाधि भिड्न्त

काठमाडौं । विभागीय टोली नेपाल पुलिस क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट कपको फाइनलमा प्रवेश गरेको छ। पुलिसले लिग […]

जय ट्रफी : मधेसलाई हराउँदै आर्मी फाइनलमा

काठमाडौं । मधेस प्रदेशलाई लिग चरणको अन्तिम खेलमा हराउँदै विभागीय टोली त्रिभुवन आर्मी क्लब दुई दिवसीय जय ट्रफी मेन्स एलिट […]

नेपालमा त्रिकोणात्मक सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा

काठमाडौं । त्रिवि क्रिकेट मैदानमा अर्को महिना आयोजना हुने त्रिकोणात्मक टी–२० आई सिरिज खेल्ने नेदरल्यान्ड्सको टोली घोषणा भएको छ। नेदरल्यान्ड्स […]

जय ट्रफी दुई दिवसीय क्रिकेट: आर्मीविरुद्ध मधेश फलो अनमा

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत पहिलो दिनको खेल समाप्त हुँदा विभागीय टोली त्रिभुवन आर्मी […]

जय ट्रफी दुई दिवसीय क्रिकेट : बागमतीविरुद्ध पुलिस ९५ रनले अघि

काठमाडौं । दुई दिवसीय जय ट्रफी मेन्स एलिट कप क्रिकेट अन्तर्गत लिग चरणको अन्तिम खेलमा विभागिय टोली नेपाल पुलिस क्लबले […]

महिला टाेलीले त्रिकोणात्मक टी-२० सिरिज खेल्ने

काठमाडौं । नेपाल क्रिकेट संघ (क्यान) ले महिला त्रिकोणात्मक टी२० अन्तर्राष्ट्रिय सिरिजको आयोजना गर्ने भएको छ। क्यानले शनिवार एक विज्ञप्ती […]