टी-२० विश्वकप छनोट : नेपालद्वारा सिंगापुर सहजै पराजित

आइसिसी टी-२० विश्वकप २०२४ अन्तर्गत एसिया छनोटमा नेपालले उत्कृष्ट सुरुवात गरेको छ।

सोमबार कीर्तिपुरस्थित त्रिवि मैदानमा सिंगापुरमाथि ८ विकेटको जित निकाल्दै नेपालले विजयी सुरुवात गरेको हो। स्कोरकार्ड 

सिंगापुरले दिएको १४६ रनको लक्ष्य नेपालले १६.३ ओभरमा २ विकेट गुमाएर पार गर्‍यो।

नेपालको जितमा ओपनर कुशल भुर्तेलले उत्कृष्ट ब्याटिङ गरे। उनले ७४ रनको योगदान गर्ने क्रममा ४८ बलमा ८ चौका र २ छक्का प्रहार गरे। २६ बलमा अर्धशतक पूरा गरेका कुशलको यो सातौँ टी-२० अन्तर्तर्राष्ट्रिय अर्धशतक हो।

नेपालका अर्का ओपनर आसिफ शेखले २७ रन बनाए। उनले २६ बलमा २ चौका र १ छक्का प्रहार गरे। कुशल र आसिफबीच पहिलो विकेटका लागि ९.१ ओभरमा ८४ रनको साझेदारी हुँदा नेपाल सहज रूपमा अघि बढेको थियो।

कप्तान रोहित पौडेलले २४ बलमा नटआउट ३५ रन जोड्दा एक बल सामना गरेका कुशल मल्लले छक्का प्रहार गरे।

त्यसअघि बिहान टस जितेर पहिले ब्याटिङ गरेको सिंगापुरले ९ विकेटको क्षतिमा १४५ रन जोड्यो।

सिंगापुरले पहिलो ओभरमै कप्तान अरित्रा दत्तलाई शून्यमा गुमाए पनि दोस्रो विकेटका लागि ५२ रनको साझेदारी गर्‍यो।

सन्दीप लामिछानेले दोस्रो विकेट लिएसँगै नेपालले सिंगापुरमाथि दबाब बनाएको थियो। सन्दीपले छैटौँ ओभरको पाँचौँ बलमा सिंगापुरका सुरेन्द्रन चन्द्रमोहनलाई ६ रनमा बोल्ड गरेका थिए।

गुल्सन झाले आठौँ ओभरमा २ विकेट लिएपछि नेपाल खेलमा हाबी भएको थियो। गुल्सनले रोहन रंगराजनलाई ४६ रनमा सन्दीप जोराबाट क्याच गराए। सिंगापुरका लागि सबैभन्दा बढी रन बनाएका रोहनले ३० बलमा ९ चौका र १ छक्का प्रहार गरे। चार बलपछि गुल्सनले अमार्त्य कौललाई शून्यमा आउट गरेका थिए।

त्यसपछि सन्दीपले जनकप्रकाशलाई ७ रनमा एलबिडब्लूको धरापमा पारे। अभिनास बोहराले १८औँ ओभरमा दुई विकेट लिने क्रममा थिलिपनलाई १ रन र अनन्थ कृष्णालाई शून्यमा क्याच आउट गराए।

त्यसअघि सिंगापुरका कप्तान अरित्रा दत्तलाई नेपालका करण केसीले इनिङ्ग्सको दोस्रो बलमै बोल्ड गर्दै नेपाललाई राम्रो सुरुवात दिलाएका थिए। अन्तिम ओभरमा अभिनास बोहराले अर्भवीर चौधरीलाई ३७ रनमा आउट गरेका थिए।

बलिङमा नेपालका अभिनास बोहराले ३ विकेट लिए। उनले ४ ओभरमा १ मेडन राख्दा ४३ रन खर्चिए। गुल्सन झा, करण केसी र सन्दीप लामिछानेले २/२ विकेट लिन सफल भए।

छनोटमा नेपाल समूह ‘ए’ मा छ। समूहमा नेपालसँगै सिंगापुर, मलेसिया र ओमान छन्। अब नेपालले भोलि मलेसियासँग दिउँसो १:३० त्रिवि मैदानमै खेल्नेछ। भोलिको खेलमा जित निकाले नेपालको सेमिफाइनल सम्भावना बलियो हुनेछ। नेपालले समूहको अन्तिम खेलमा बुधबार ओमानसँग खेल्नेछ।

समूहका शीर्ष दुई टिम सेमिफाइनल पुग्नेछन्। सेमिफाइनलमा जित हात पारे आगामी वर्ष अमेरिका र वेस्ट इन्डिजमा हुने विश्वकपमा स्थान पक्का हुनेछ।





थप समाचार

सन्दीप र दीपेन्द्रआबद्ध टोलीको दोस्रो खेल आज

काठमाडौं । क्यानडामा ग्लोबल टी-२० लिगमा नेपाली खेलाडीद्वय सन्दीप लामिछाने र दीपेन्द्रसिंह ऐरीआबद्ध भेनकुवर नाईट्सको दोस्रो खेल आज (शनिबार) हुदैछ […]

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]