नेपाल टि-२० विश्वकपको एक कदम नजिक, सेमीफाइनलमा युएईसंग खेल्ने

समुह चरणको तेश्रो तथा अन्तिम खेलमा क्यानडालाई ८ विकेटले पराजित गर्दै नेपाल ओमानमा जारी टि-ट्वान्टी विश्वकप छनोट प्रतियोगिताको सेमीफाइनल प्रवेश गरेको छ।

समुह ‘बि’ को विजेताको रुपमा नेपाल सेमीफाइनल पुगेको हो। नेपालले यस अघि ओमान र फिलिपिन्सलाई पराजित गरेको थियो।

सेमीफाइनलमा नेपालले मंगलबार समुह ‘ए’ को उपविजेता युएईसंग प्रतिस्पर्धा गर्नेछ। खेल नेपाली समय ३:४५ बजे दिउँसो सुरु हुनेछ। सेमीफाइनल खेल जिते नेपाल यो वर्ष अक्टोबरम अस्ट्रेलियामा आयोजना हुने टि-२० विश्वकप खेल्न छनोट हुनेछ। समुह ‘ए’ बाट उपविजेताको रुपमा ओमान सेमीफाइनल पुग्यो जसले सेमीफाइनलमा आयरल्याण्डसंग खेल्नेछ।

अल अमिरात मैदानमा क्यानडाले दिएको ८१ रनको लक्ष्य नेपालले मात्र २ विकेट क्षेतीमा १४.१ ओभरमै भेटायो। ओपनर आसिफ शेख १७ तथा कुशल मल्ल खाता नखोली आउट भएपछि कुशल भुर्तेल र दिपेन्द्र ऐरीले तेश्रो विकेटको लागि ५८ रनको साझेदारी गरे। कुशलले अविजित ३३ तथा दिपेन्द्रले अविजित २७ रन बनाए।

टस जितेर पहिले ब्याटिंग रोजेको क्यानडाले १५ ओभरमा ८० रनमै सम्पूर्ण विकेट गुमाएको थियो। टि-ट्वान्टी अन्तर्राष्ट्रिय क्रिकेटमा क्यानडाको यो इतिहासकै दोश्रो कम योगफल हो।

ओपनर म्याथु स्पुर्सलाई पहिलो ओभरमा कमल सिंह ऐरीले खाता नखोली क्याच आउट पारे। दोश्रो विकेटको लागि रायन पठनले नभनित ढालीवालसंग ३३ रन जोडे। पाँचौ ओभरमा १८ रन बनाएका ढालीवाललाई कमलले क्याच आउट परे। त्यसपछि लगत्तै ओभरमा १४ रन बनाएका रायन पठान रन आउट भए। त्यसपछि क्यानडाले लगातार विकेट गुमायो।

३५/१ को अवस्थाबाट उसले ४८ रन बनाउदा ९ विकेट गुमाउन पुग्यो। दशौँ विकेटको लागि डिल्लोन हेलिगरले सलमान नजरसंग ३२ रनको साझेदारी गर्दै क्यानडालाई सम्मानजनक अवस्थासम्म पुर्याए। नजर १० रन बनाएर आउट भए भने हेलिगरले अविजित २४ रन बनाए।

नेपालको बलिंगमा सन्दिप लामिछानेले सर्वाधिक ३ विकेट लिए जुन क्रममा ४ ओभरमा १२ रन मात्र खर्चिए। यस्तै कमल सिंह ऐरी ( ३-०-१६-२ ) र अविनाश बोहराले ( ३-०-७-२ ) समान दुई विकेट तथा कुशल मल्लले १ विकेट लिए।





थप समाचार

नेपाल ७८ रनले पराजित

काठमाडौं । नेपाल आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटअन्तर्गत सुपर–३ को अन्तिम खेलमा घरेलु टोली थाइल्यान्डसँग पराजित भएको छ। बैंककको […]

नेपालको विशाल जितमा दीपेन्द्र र भीमको शतक

काठमाडौं। उपकप्तान दीपेन्द्रसिंह ऐरी र भीम सार्कीको शतकसँगै नेपाल ११ ले मेरिलेबोन क्रिकेट क्लबमाथि विशाल जित हासिल गरेको छ। सोमबार […]

युएईलाई हराउँदै नेपाल महिला विश्वकप ग्लोबल छनोटमा

काठमाडौं। नेपालले एक खेलअगाबै आइसिसी महिला विश्वकपको ग्लोबल छनोटमा स्थान बनाएको छ। आइतबार सम्पन्न ‘सुपर थ्री’को पहिलो खेलमा नेपालले संयुक्त […]

आईपीएल : पञ्जाव र गुजरात विजयी

काठमाडौँ । इन्डियन प्रिमियर लिग (आईपीएल) पञ्जाव किंग्सले राजस्थान रोयल्सलाई १० रनले पराजित गरेको छ। पञ्जावले दिएको २२० रनको लक्ष्य […]

बर्षाले खेल रद्द हुँदा कोलकोता प्लेअफको दौडबाट बाहिरियो

काठमाडौँ। रोयल च्यालेन्जर्स बैंगलुरु र कोलकोता नाइट राइडर्सबीचको खेल रद्द भएको छ। इन्डियन प्रिमियर लिग (आईपीएल) अन्तर्गत बैंगलुरुको चिन्नास्वामी क्रिकेट […]

अध्यक्ष गुरुङविरुद्धको अविश्वासको प्रस्ताव पारित

काठमाडौं । लुम्बिनी क्रिकेट प्रदेश संघका अध्यक्ष सञ्जय गुरुङ विरुद्धको अविश्वासको प्रस्ताव पारित भएको छ। कपिलबस्तुकाे ताैलिहवामा शनिबार सम्पन्न प्रदेश […]