भारतले आगामी वर्ष टि-२० विश्वकप आयोजना गर्ने पक्का

आगामी वर्ष २०२१ मा आयोजना हुने टि-२० विश्वकप क्रिकेट भारतले आयोजना गर्ने तय भएको छ।अन्तर्राष्ट्रिय क्रिकेट परिषद आईसीसीको शुक्रबार दुवईमा भएको बैठकले यो निर्णय गरेको हो।

यस अघि भारतमानै सो समयमा टि-२० विश्वकप आयोजना हुने तय भएता पनि अस्ट्रेलियामा यो वर्ष अक्टोबर/नोभेम्बरमा हुने भनिएको टि-२० विश्वकप कोरोनाका कारण स्थगित भएपछि आगामी वर्ष भारत या अस्ट्रेलियामा विश्वकप हुने तय भएको थिएन।

अब अस्ट्रेलियाले २०२२ मा टि-२० विश्वकप आयोजना गर्नेछ। भारतले त्यसपछि सन् २०२३ को एकदिवसीय विश्वकप आयोजना गर्ने यस अघिनै तय भैसकेको छ। भारतले यस अघि सन् २०११ मा बंगलादेश र श्रीलंकासंग मिलेर संयुक रुपमा एकदिवसीय विश्वकप आयोजना गरेको थियो।

अन्तिम पटक टि-२० विश्वकपको आयोजना ४ वर्ष अघि सन् २०१६ मा भारतमै आयोजना भएको थियो। उक्त विश्वकपमा वेस्टइन्डिजले इंग्ल्यान्डलाई पराजित गर्दै उपाधि आफ्नो नाम गरेको थियो।

यस अघि टि-२० विश्वकपको आयोजना प्रत्येक २ वर्षमा गर्दै आएको थियो तर आईसीसीले २०२० र २०२१ मा लगातार दुइ वटा टि-२० विश्वकप आयोजना गर्ने निर्धारण गरेको थियो।

आईसीसीले टेस्ट च्याम्पियनसिपको फाइनल टेस्ट कहाँ गर्ने अझै तय गरेको छैन। यस अघिको तालिका अनुसार फाइनल २०२१ जुनमा खेलिने बताईएको थियो।

आईसीसीको आगामी प्रतियोगिताहरु :-

२०२१ टि-२० विश्वकप, भारत

२०२२ टि-२० विश्वकप, अस्ट्रेलिया

२०२३ एकदिवसीय विश्वकप, भारत

महिला टि-२० विश्वकप प्रतियोगिता भने अब न्युजिल्यान्डमा २०२२ मा हुने भएको छ।

धेरैले पढेको :- 

https://wicketnepal.com/nasser-hussain-kohli-azam-wn20/





थप समाचार

नरेन चम्किंदा आर्मी एमएम कपको फाइनलमा

विभागीय टोलि त्रिभुवन आर्मी क्लब बिराटनगरमा जारि एमएम कप एकदिवसीय राष्ट्रिय प्रतियोगिताको तेश्रो संस्करणको फाइनल प्रवेश गरेको छ। डिफेन्डिङ च्याम्पियन […]

दिल्लीलाई हराउँदै बैंग्लुरु शीर्ष स्थानमा उक्लियो

काठमाडौं । रोयल च्यालेन्जर्स बैंग्लुरुले आइतबार दिल्ली क्यापिटल्समाथि ६ विकेटको सानदार जित हात पार्दै यस सिजनको आईपीएल तालिकाको शीर्ष स्थानमा […]

एमएम कप : एपीएफद्वारा बागमती पराजित

बिराटनगरमा जारि तेश्रो संस्करणको एमएम कप एकदिवसीय रास्ट्रिय प्रतियोगिता अन्तर्गत दोश्रो दिनको खेलमा विभागीय टोलि शशस्त्र प्रहरी बल ( एपीएफ […]

एमएम कप : नरेनको अलराउण्ड प्रदर्शनमा आर्मीको जित

मनमोहन स्मृति कप एकदिवसीय राष्ट्रिय क्रिकेट प्रतियोगिता ( एमएम कप ) को तेश्रो संस्करण बिराटनगरमा सुरु भएको छ। मनमोहन मेमोरियल […]

महिला विश्वकप एसिया छनोट खेल्न नेपाली टोली घोषणा

काठमाडौं। आइसिसी महिला विश्वकप एसिया छनोट खेल्न इन्दु बर्माको कप्तानीमा १४ सदस्यीय टोली घोषणा गरेको छ। नेपाल क्रिकेट संघ (क्यान)ले […]

पूजाले पाइन् उपकप्तानीको जिम्मेवारी

काठमाडौं। नेपाली महिला राष्ट्रिय क्रिकेट टोलीको उपकप्तानी पूजा महतले गर्ने भएकी छन्। नेपाल क्रिकेट संघ (क्यान)ले शुक्रबार पूजालाई उपकप्तानको जिम्मेवारी […]