टि-२० विश्वकप : भारत र पाकिस्तानको खेल एमसीजीमा, आयो खेलतालिका

अस्ट्रेलियामा यो वर्ष आयोजना हुने टि-२० विश्वकप प्रतियोगिताको अन्तर्राष्ट्रिय क्रिकेट परिषदले खेल तालिका र समुह बिभाजन शुक्रबार घोषणा गरेको छ।

प्रतियोगिता अक्टोबर १६ तारिख देखि सुरु भएर नोभेम्बर १३ तारिखमा सम्पन्न हुनेछ। फाइनल खेल मेलबर्न क्रिकेट ग्राउन्डमा खेलिनेछ भने दुई सेमीफाइनल सिड्नी र एडीलेडमा हुनेछ।

प्रतियोगिताको दोश्रो चरण अर्थात् सुपर १२ चरणको समुह बिभाजन अनुसार समुह ‘१’ मा आयोजक तथा डिफेन्डिङ च्याम्पियन अस्ट्रेलिया सहित न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान र पहिलो चरणबाट आउने दुई टिम हुनेछन्। यस्तै समुह ‘२’ मा भारत, पाकिस्तान, दक्षिण अफ्रीका, बंगलादेश र पहिलो चरणबाट आउने दुई टिम हुनेछन्।

समुह १ : अस्ट्रेलिया, न्युजिल्यान्ड, इंग्ल्यान्ड, अफगानिस्तान ( पहिलो चरणबाट आउने दुई टिम )
समुह २ : भारत, पाकिस्तान, दक्षिण अफ्रीका, बंगलादेश ( पहिलो चरणबाट आउने दुई टिम )

विश्वकपको सबैभन्दा प्रतिक्षित मध्येको खेल भारत र पाकिस्तान बीचको खेल अक्टोबर २३ तारिखमा चर्चित मेलबर्न क्रिकेट ग्राउण्ड ( एमसीसी ) मा खेलिनेछ।

प्रतियोगिताको पहिलो चरण अक्टोबर १६ तारिख देखि सुरु हुनेछ। पहिलो खेलमा श्रीलंका र नामिबिया प्रतिस्पर्धा गर्नेछन्। अक्टोबर २२ देखि सुपर-१२ चरण सुरु हुनेछ जसको पहिलो खेल अस्ट्रेलिया र न्युजिल्यान्ड बीच सिड्नी क्रिकेट ग्राउण्डमा खेलिनेछ।

प्रतियोगिताको पहिलो चरणमा नामिबिया, श्रीलंका, स्कटल्याण्ड र वेस्टइन्डिज तथा विश्वकप ग्लोबल छनोटबाट आउने ४ वटा टिम हुनेछन्। ८ वटा टिमलाई दुई समुहमा बिभाजन गरिएको छ। समुह ‘ए’ मा नामिबिया, श्रीलंका र ग्लोबल छनोट बाट आउने दुई टिम तथा समुह ‘बि’ मा स्कटल्याण्ड, वेस्टइन्डिज तथा ग्लोबल छनोट बाट आउने दुई टिम हुनेछन्।





थप समाचार

एलपी आरसीबीलाई एसिसिए सिड क्रिकेट लिगको उपाधि

नेपालमा एसिसिए अध्ययनरत विद्यार्थी तथा पेशागत समुदायबीच आपसी सम्बन्ध, सहकार्य र खेल भावना प्रवद्र्धन गर्ने उद्देश्यले आयोजित एसिसिए सिड क्रिकेट […]

नेपाल स्ट्रिट प्रिमियर लिग हुदै , अभिनेता निखिल उप्रेती ब्राण्ड एम्बेसेडर

डीजीआर स्पोर्ट्स एण्ड इभेन्ट म्यानेजमेन्ट प्रा.लि को आयोजनामा नेपालको सबैभन्दा ठूलो टेनिस बलको टि-१० क्रिकेट प्रतियोगिता नेपाल स्ट्रिट प्रिमियर लिग […]

काठमाडौँ क्रिकेट एकेडेमीद्वारा यु-१६ राष्ट्रिय क्रिकेटर अभय यादव सम्मानित, पूर्ण छात्रवृत्तिको घोषणा

काठमाडौँ — मलेसियामा सम्पन्न एसीसी यु-१६ इस्ट जोन कप विजेता नेपाली यु-१६ टिमका सदस्य अभय यादवलाई काठमाडौँ क्रिकेट एकेडेमीले सोमबार […]

इन्दु युनिभर्सल कलेजको ब्रान्ड एम्बासड

काठमाडौं। मैतिदेवीमा रहेको युनिभर्सल कलेजले नेपाली राष्ट्रिय महिला क्रिकेट कप्तान इन्दु बर्मालाई ब्रान्ड एम्बासडमा नियुक्त गरेको छ। यसैगरी उनी कक्षा […]

असर २९ देखि सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिप 

यही असार २९ देखि ३२ गतेसम्म सिटि सिप इन्डोर क्रिकेट च्याम्पियनसिपको पहिलो संस्करण आयोजना हुने भएको छ। नेक्सोभा स्पोर्ट्स प्रालिको […]

कास्की र नवलपुरको विजयी सुरुआत

काठमाडौँ। गण्डकी प्रदेशस्तरीय दोस्रो महिला टी२० क्रिकेट प्रतियोगितामा कास्की र नवलपुरले विजयी हासिल गरेका छन्। प्रादेशिक क्रिकेट संघ गण्डकीको आयोजनामा […]