पहिलो पटक टि-२० विश्वकप फाइनल पुगेपछि विलियमसनले के भने

इंग्ल्यान्डलाई ५ विकेटले पराजित गर्दा न्युजिल्यान्ड इतिहासमै पहिलो पटक टि-२० विश्वकपको फाइनल पुग्न सफल भयो। बुधबार राति इंग्ल्यान्डले दिएको १६७ रनको लक्ष्य १ ओभर बाँकी रहँदै पछ्याएको न्युजिल्यान्डले फाइनलमा दोश्रो सेमीफाइनलमा पाकिस्तान र अस्ट्रेलिया बीचको खेलको विजेतासंग प्रतिस्पर्धा गर्नेछ।

जितपछि न्युजिल्यान्ड कप्तान केन विलियमसनले दबाबमा उत्कृस्ट ब्याटिंग गरेका ओपनर डेरेल मिचेल र जेम्स निशमको तारिफ गरे –

“प्राय खेलाडीहरुलेसंगै धेरै प्रतियोगिता खेलीसकेका छन्। थाहा थियो कि खेल रोचक हुनेछ। उनीहरुले प्रतिस्पर्धात्मक योगफल बनाए। हामीले साझेदारी बनाईराख्नु पर्थ्यो र सहि समयको प्रतीक्षा गर्नु पर्थ्यो। राम्रो पक्ष हामीले विकेट जोगायों।”

“मिचेलले दबाबमा सुन्दर ब्याटिंग गरे र जब आवस्यकता थियो तब ठूलो सट प्रहार गरे। टि-२० क्रिकेट थोरै अन्तरको खेल हो। मैदानको एकापट्टीको छोटो भाग खेलमा निर्णायक बन्न सक्छ। उनि आएर र कडा प्रहारहरु गरे जुन काम उनले गर्दै आएका छन्। त्यसैले गर्दा गति प्राप्त भयो।”  जित मुस्किल देखिएको बेला मिचेल र निशमले पाँचौ विकेटको लागि मात्र १७ बलमा ४० रनको साझेदारी गरेका थिए।

“हामि खेल ( दोश्रो सेमीफाइनल ) हेर्ने छौँ र रोचक हुने अपेक्षा छ। थाहा छ हामीलाई अर्को चुनौती आउदैछ र ध्यान त्यसैतर्फ केन्द्रीत गर्नेछौँ।” उनले थपे।

हारपछि इंग्ल्यान्ड कप्तान ओएन मोर्गनले खेल जित्न पर्याप्त योगफल नबनाएको बताए – “केन र उनको टिमले हामीलाई पूर्णतः परास्त गरे। म केहि कुरालाई पनि दोष दिन चाहन्न। हामीले कडा प्रयास गर्यौं तर आज थोरैले चुक्न पुग्यौं। म मेरा खेलाडीहरु प्रति गर्व गर्छु। हामीले छक्का हान्न संघर्ष गर्यौं र पिचले पनि दोहोरो चरित्र देखायो। हामीले औशत योगफल तयार गर्यौं जुन बीचमा पुग्दा महसुस गरेको थिएँ। उनको ( निशम ) पहिलो बलबाटै छक्का हान्ने क्षमता छ जसलाई पुरै श्रेय जान्छ।”





थप समाचार

नेपाल र हङकङबीचको खेल रद्द

काठमाडौं। वुमन्स डे टी–२० अन्तर्राष्ट्रिय क्रिकेट प्रतियोगिताअन्तर्गत नेपाल र हङकङबीचको खेल वर्षाका कारण रद्द भएको छ। चार खेलमा पराजित भएको […]

पीएम कप : लुम्बिनी र एपिएफ विजयी

  काठमाडौं । प्रधानमन्त्री कप एकदिवसीय पुरुष राष्ट्रिय प्रतियोगितामा लुम्बिनी प्रदेश र विभागीय टोली एपिएफ विजयी भएका छन्। आइतबार भएको […]

पीएम कप : गण्डकीको लज्जास्पद हार, कोशीको पहिलो जित

काठमाडौँ । कोशी प्रदेशले प्रधानमन्त्री कप एकदिवसीय राष्ट्रिय पुरुष क्रिकट प्रतियोगितामा पहिलो जित दर्ता गरेको छ। भैरहवाको एक्स्ट्रा टेक ओभलमा […]

नेपाल र हङकङ भिड्दै

काठमाडौं । चार देशीय सिरिज अन्तर्गत तेस्रो स्थानका लागि आज नेपाल र हङकङ भिड्दै छन्। उक्त खेल नेपाली समयअनुसार दिउँसो […]

दिल्लीलाई हराउँदै मुम्बई इन्डियन्स च्याम्पियन

काठमाडौँ । मुम्बई इन्डियन्सले महिला प्रिमियर लिगको उपाधि जितेको छ। मुम्बईको ब्राबोर्न स्टेडियममा शनबिार सम्पन्न फाइनल खेलमा मुम्बईले दिल्ली क्यापिटल्सको […]

मधेश प्रदेशलाई आइजिपी कपको उपाधि

काठमाडौं । लुम्बिनी प्रदेश प्रहरी कार्यालयलाई १४ रनले हराउँदै मधेश प्रदेश प्रहरी कार्यालयले आइजिपी कप क्रिकेट प्रतियोगताको पहिलो संस्करणको उपाधी […]