टि-२० विश्वकपको लागि पाकिस्तान टिमको घोषणा

२३ वर्षीय विकेटकिपर ब्याट्सम्यान आजम खानलाई समाबेश गर्दै पाकिस्तानले टि-ट्वान्टी विश्वकप २०२१ को लागि १५ सदस्यीय टोलिको घोषणा गरेको छ।

हाल करेबियन प्रिमियर लिग खेलीरहेका आजमले यसै वर्ष इंग्ल्यान्ड बिरुद्ध डेब्यु गर्दै मात्र ३ खेल खेलेका छन्। आजमले टि-२० क्रिकेटमा करिब १५० को स्ट्राइक रेटमा रन बनाइरहेका छन् जुन कारण उनलाई ब्याकअप विकेटकिपरको रुपमा टिममा समाबेश गरिएको छ। यसको नतिजा पाकिस्तानी पूर्व कप्तान सरफराज एहमदलाई भने टिमबाट बाहिर राखिएको छ। यस्तै अर्का अनुभवी खेलाडी शोयब मलिकलाई पनि टिममा राखिएको छैन।

१५ सदस्यीय टोलिमा असिफ अलि र खुस्दिल शाहलाई पनि मौका दिईएको छ जसले टिमको मध्यक्रम बलियो बनाउनेछन्। खुस्दिल अप्रिलमा जिम्बाब्वे बिरुद्ध टिममा थिए। शर्जिल खान र फखर जमानलाई भने टिममा मौका दिईएको छैन जो रिजर्भ खेलाडीको रुपमा उस्मान कादिर र शाहनवाज दहानीसंग टिमसंग यात्रा गर्नेछन्।

“असिफ अलि र खुस्दिल शाहको तथ्यांक बलियो नहोला तर उनीहरु निकै क्षमतावान छन्। मध्यक्रममा उनीहरुको उपस्थितिले हाम्रो समस्या समाधान हुनेमा ढुक्क छौँ। आजम खान आक्रामक ब्याट्सम्यान हुन् जसले विकेटकिपिंग पनि गर्न सक्छन् जसले गर सरफराजक स्थानमा उनलाई मौका दिईएको हो। मोहम्मद वासिमलाई पनि ठूलो सट खेल्ने क्षमताका कारण टिममा राखिएको हो।” पाकिस्तान टिमका प्रमुख छनोटकर्ता मुहमद वासिमले टिम घोषणा गर्ने क्रममा बताए।

“फखर जमान, शाहनवाज दहानी र उस्मान कादिर दुर्भाग्यशालि रहे। शोयब मक्सुद जुन सुकै स्थानमा ब्याटिंग गर्न सक्छन जसकारण फखर भन्दा माथिल्लो रोजाइमा रहे। टिममा अनुभवी स्पिनरहरु र पाँच फास्ट बलर हुँदा उस्मान कादिरलाई स्थान दिन गार्हो थियो।” उनले थपे।

विश्वकप अघि पाकिस्तानले इंग्ल्यान्ड र न्युजिल्यान्डसंग घरेलु मैदानमा सिरिज खेल्ने पनि पाकिस्तान बोर्डले बताएको छ। विश्वकपमा पाकिस्तानले अक्टोबर २४ तारिखमा चिर प्रतिद्वन्द्वी भारतसंग पहिलो खेल खेल्नेछ।

पाकिस्तानको टि-२० विश्वकप टिम : बाबर आजम ( कप्तान ), शदाब खान ( उपकप्तान ), असिफ अलि, आजम खान, हरिस रौफ, हसन अलि, इमाद वासिम, खुस्दिल शाह, मोहम्मद हफिज, मोहम्मद हसनैन, मोहम्मद नवाज, मोहमम्द रिज्वाज, मोहम्मद वासिम जुनीयर, शाहिन अफ्रिदी, र शोयब मक्सुद

यो पनि पढ्नुस – टि-२० विश्वकपको खेल तालिका सार्वजनिक, भारतको पहिलो खेल पाकिस्तानसंग





थप समाचार

एपिएलको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने

अर्घाखाँचीमा जारी अर्घाखाँची प्रिमियर लिग (एपिएल) क्रिकेटको फाइनलमा रोयल सन्धिखर्क र सौजन्य समाज किमडाँडा भिड्ने भएका छन् । सन्धिखर्कमा चलिरहेको […]

त्रिवि क्रिकेट मैदानमा कलाकार र नेताहरुबीच मैत्रीपूर्ण खेल

काठमाडौं । नेपाल विद्यार्थी संघ केन्द्रीय समितिद्वारा आयोजित अन्तर्राष्ट्रिय अन्तर विश्वविद्यालय टी–२० क्रिकेट प्रतियोगिताको पूर्वसन्ध्यामा मैत्रीपूर्ण खेलको आयोजना गरिएको छ। […]

प्रधानमन्त्री कप : सुदूरपश्चिम ९ बलमै विजयी

काठमाडौं । धनगढीमा जारी प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगितामा सुदूरपश्चिम प्रदेश ९ बलमा नै विजयी भएको छ। फाप्ला […]

ई-प्लानेट हाई स्कुल च्याम्पियनसिप: गण्डकी छनोटको उपाधि कास्की मोर्डनाइज्डलाई

ई-प्लानेट नेशनल हाई स्कुल टी टेन क्रिकेट च्याम्पियनसिप २०८१ को गण्डकी छनोट प्रतियोगिताको उपाधि कास्की मोर्डनाइज्ड एकेडेमीले जितेको छ। पुष […]

धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता हुने, देशभरका ८ वटा क्लबले सहभागीता जनाउने

धनगढी, माघ ०३ : क्रिकेटको शहर धनगढीमा अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट प्रतियोगिता आयोजना हुने भएको छ । गो ड्रिमर्सको आयोजनामा […]

पुलिसले जित्यो जय ट्रफीको उपाधि

काठमाडौं । नेपाल पुलिस क्लब जय ट्रफी मेन्स एलिट कपको च्याम्पियन बनेको छ। वीरगन्जको नारायणी क्रिकेट मैदानमा तेस्रो दिन बिहीबार […]