टी-२० विश्वकप : भारतलाई हराउँदै दक्षिण अफ्रिका शीर्षमा

आईसीसी टी-२० विश्व कप क्रिकेटमा दक्षिण अफ्रिकाले भारतलाई हराएको छ । पर्थमा भएको खेलमा दक्षिण अफ्रिकाले भारतलाई ५ विकेटले हरायो ।

भारतले दिएको एक सय ३४ रनको सामान्य लक्ष्य दक्षिण अफ्रिकाले १९ ओभर ४ बलमा ५ विकेट गुमाएर भेटायो । उसका डेभिड मिलरले ५९ र एडन मारक्रमले ५२ रन बनाए । चौथो विकेटको लागि मिलर र मारक्रमले ७६ रनको महत्वपूर्ण साझेदारी गरे।

बलिङतर्फ भारतका अर्शदीप सिंहले २ विकेट तथा मोहम्मद शामी, हार्दिक पान्ड्या र रभीचन्द्रन आश्विनले १/१ विकेट लिए।

यसअघि टस जितेर पहिले ब्याटिङ गरेको भारतले निर्धारित २० ओभरमा नौ विकेट गुमाएर १ सय ३३ रन बनायो । उसका सूर्यकुमार यादवले ६८ रन बनाए । रोहित शर्माले १५ र बिराट कोहलीले १२ रन बनाए।

बलिङतर्फ दक्षिण अफ्रिकाका लुङ्गी एनगिडीले ४ तथा वेन पार्नेलले ३ विकेट लिए । प्लेयर अफ द म्याच घोषित एनगिडीले केएल राहुल, रोहित शर्मा र बिराट कोहलीको विकेट लिए।

यो जितसँगै दक्षिण अफ्रिका सुपर-१२ चरणको समुह ‘२’ मा ३ खेलमा ५ अङ्कसहित शीर्ष स्थानमा उक्लिएको छ । भारत ३ खेलमा ४ अङ्कसहित दोस्रो स्थानमा छ । ४ अंक सहित बंगलादेश दोश्रो, ३ अंक सहित जिम्बाब्वे चौंथो तथा पाकिस्तान २ अंक सहित पाँचौ स्थानमा छ। नेदरल्याण्ड अंकविहिन रहँदै छैठौं स्थानमा छ।





थप समाचार

प्रधानमन्त्री कप भक्तपुर छनोट : पासा र बिसीसी विजयी

काठमाडौं । प्रधानमन्त्री कप क्रिकेट प्रतियोगिताको भक्तपुर छनोट खेलमा पासा क्रिकेट एकेडेमी र बिसीसी विजयी भएका छन् । मुलपानी मैदानमा […]

क्रिकेटर महरालाई ५० हजारको खेलकुद साधना सम्मान

हालै मलेसियामा सम्पन्न १९ वर्षमुनिको विश्वकप महिला क्रिकेट प्रतियोगिता खेल्नु भएकी धनगढीकी स्नेहा महरा ५० हजार पुरस्कार राशिको चैतन्य खेलकुद […]

राष्ट्रिय टिमको मुख्य प्रशिक्षकको लागि आवेदन खुला

नेपाली राष्ट्रिय क्रिकेट टोलीको मुख्य प्रशिक्षकको लागि आवेदन खुलेको छ । नेपाल क्रिकेट सङ्घ (क्यान) ले रिक्त रहेको प्रशिक्षक पदका […]

त्रिवि क्रिकेट मैदानमा प्यारापिट र फ्लडलाइट जडानका लागि बोलपत्र स्वीकृत

काठमाडौँको कीर्तिपुरमा रहेको त्रिवि अन्तर्राष्ट्रिय क्रिकेट मैदानमा अन्तर्राष्ट्रिय स्तरको प्यारापिट निर्माण र फ्लड लाइट जडानका लागि बोलपत्र स्वीकृत भएको छ […]

कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण

सुनसरी । कोशी टप्पु वन्यजन्तु आरक्ष र कोशी नदिको किनारमा कोशी प्रिमियर लिग २०८१ को ट्रफी अनावरण गरिएको छ । […]

एनसिएसएस रुपन्देहीको नेतृत्वमा नारायण अधिकारी , क्रिकेट प्रशिक्षक बसन्त शाही सम्मानित

माघ २९ नेपाली क्रिकेट समर्थक समाज (एनसिएसएस) रुपन्देहीले क्रीकेट प्रशिक्षक वसन्त शाही ठकुरीलाई सम्मान गरेको छ । यस्तै जिल्लाको आठौ […]