T20WC : आज दुई खेल – भारत, न्युजिल्यान्ड, अफगानिस्तान र नामिबिया बिच प्रतिस्पर्धा

युएईमा जारि टि-ट्वान्टी विश्वकपको सातौं संस्करण अन्तर्गत आज सोमबार समुह २ अन्तर्गतका दुई खेल हुँदैछन्। दिनको पहिलो खेलमा ३:४५ बजे दिउँसो अफगानिस्तान र नामिबिया शेख जायद स्टेडियम अबुधाबीमा हुनेछ। दिनको दोश्रो खेल राति ७:४५ बजे भारत र न्युजिल्यान्ड बीच दुबई अन्तर्राष्ट्रिय स्टेडियममा हुनेछ।

अफगानिस्तानले सुपर-१२ चरणमा दुई खेल खेलीसकेको छ जसमध्ये पहिलो खेलमा स्कटल्याण्डलाई १३० रनले पराजित गर्दा पाकिस्तानसंग ५ विकेटको हार बेहोरेको छ। अर्कोतर्फ नामिबियाले पहिलो खेलमा स्कटल्याण्डलाई ४ विकेटले पराजित गरेको थियो। जितको साथ दुवै टिम सेमीफाइनल सम्भावना बलियो बनाउन चाहन्छ।

हेड टु हेड : अफगानिस्तान र नामिबिया इतिहासमै पहिलो पटक टि-ट्वान्टी अन्तर्राष्ट्रियमा एकअर्कासंग खेल्न लागेका हुन्।

अफगानिस्तानको सम्भावित ११ : हज्रतुल्लाह जजाई, मोहम्मद शाहजाद ( विकेटकिपर ) , रहमनुल्लाह गुर्बज, नजीबुल्लाह जद्रान, मोहम्मद नाबी ( कप्तान ) , अस्घर अफ्घान, गुल्बदीन नैब, राशिद खान, करिम जनत/फरिद एहमद, नभिन उल हक, मुजिब उर् रहमान

नामिबियाको सम्भावित ११ : क्रेग विलियम्स, जेन ग्रिन ( विकेटकिपर ) , जेरार्ड इरास्मस ( कप्तान ) , डेभिड विजा, माइकल भान लिंगेन, जेजे स्मित, जान फ्राईलिंक, पिकी या फ्रान्स, जान निकल, रुबेन ट्रंपलम्यान, बेर्नार्ड स्कल्ज

प्रतियोगिताको पहिलो खेलमा भारत र न्युजिल्यान्ड दुवै पाकिस्तानसंग पराजित भएका हुन्। भारत १० विकेटले तथा न्युजिल्यान्ड ५ विकेटले पराजित भएको थियो। पाकिस्तानले लगातार ३ जितको साथ सेमीफाइनल यात्रा लगभग सुनिस्चित गरिसकेको अवस्थामा भारत र न्युजिल्यान्ड बीच खेलको विजेता सेमीफाइनल पुग्ने सम्भावना बढी छ। किनकि अब दुवै टिमको आगामी खेलहरु तुलनात्मक रुपमा सजिलो टिम अफगानिस्तान, स्कटल्याण्ड र नामिबियासंग रहेको छ। त्यसैले आज जित्नु दुवै टिमको लागि महत्वपूर्ण छ।

हेड टु हेड : टि-२० अन्तर्राष्ट्रियमा भारत र न्युजिल्यान्ड हालसम्म १६ पटक आमने-सामने भएका छन् जसमध्ये दुवै टिमले समान एक/एक खेल जितेका छन्। टि-२० विश्वकपको कुरा गर्दा दुई पटक भएको भेटमा दुवै पटक न्युजिल्यान्डले भारतलाई पराजित गरेको इतिहास छ। तर अन्तिम ५ खेलको कुरा गर्दा भने सबै खेलमा भारतले न्युजिल्यान्डलाई पराजित गरेको छ।

भारतको सम्भावित ११ : रोहित शर्मा, केएल राहुल, बिराट कोहली ( कप्तान ) , सूर्यकुमार यादव, रिशभ पन्त ( विकेटकिपर ) , हार्दिक पान्ड्या, रभीन्द्र जडेजा, वरुण चक्रवर्ती, भुवनेश्वर कुमार, मोहम्मद शामी, जस्प्रित बुम्राह

न्युजिल्यान्डको सम्भावित ११ : मार्टिन गप्टिल, डेरेल मिचेल, केन विलियमसन ( कप्तान ) , जेम्स निशम, डेभोन कनवे, ग्लेन फिलिप्स, टिम सेफर्ट ( विकेटकिपर ) , मिचेल स्यान्टनर, इश सोढी, टिम साउदी, ट्रेन्ट बोल्ट





थप समाचार

अर्जुन ट्रफीको खेल तालिका सार्वजनिक, उद्घाटन खेलमा धनगढी र डडेल्धुरा भिड्ने

क्रिकेटको शहर धनगढीमा आगामी माघ १९ गतेदेखि २८ गते (फेब्ररी १ देखि १०) सम्म आयोजना हुने अर्जुन ट्रफी राष्ट्रिय क्रिकेट […]

प्रधानमन्त्री कप : सुदूरमाथि आर्मीको जित

काठमाडौँ । विभागीय टोली त्रिभुवन आर्मीले प्रधानमन्त्री कप राष्ट्रिय महिला टी–२० क्रिकेट प्रतियोगिता अन्तर्गत सुपर फोरको पहिलो खेलमा सुदूरपश्चिम प्रदेशलाई […]

केसीए यु–१४ क्रिकेट शुक्रबारदेखि, बिजेतालाई ५० हजार

काठमाडौँ । काठमाडौँ क्रिकेट एकेडेमीको आयोजनामा हुने केसिए यु–१४ क्रिकेट प्रतियोगिता शुक्रबार ११ गतेदेखि २२ गतेसम्म हुने भएको छ। प्रतियोगितामा […]

यु-१९ विश्वकप : नेपाल अस्ट्रेलियासँग पनि पराजित

काठमाडौं । मलेसियामा जारी आइसिसी यु-१९ टी-२० विश्वकप अन्तर्गत समूह चरणको आफ्नो अन्तिम खेलमा नेपाल अस्ट्रेलियासँग ८३ रनले पराजित भएको […]

अस्ट्रेलियाले दियो १४० रनको लक्ष्य

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत नेपाललाई अस्ट्रेलियाले १४० को विशाल लक्ष्य दिएको छ। वाइएसडी युकेएम क्रिकेट ओभलमा टस जितेर पहिला ब्याटिङ […]

नेपालले अस्ट्रेलियाविरुद्ध फिल्डिङ गर्दै

काठमाडौं। आइसिसी यु–१९ विश्वकपअन्तर्गत जित्नै पर्ने खेलमा नेपालले अस्ट्रेलियाविरुद्ध पहिला बलिङ गर्ने भएको छ। मलेसियाको वाइएसडी युकेएम क्रिकेट ओभलमा अस्ट्रेलियाकी […]