टि-ट्वान्टी विश्वकप विजेतालाई कति छ पुरस्कार रकम ?

आईसीसी टि-ट्वान्टी विश्वकप २०२२ को उपाधिको लागि आज पाकिस्तान र इंग्ल्यान्ड प्रतिस्पर्धा गर्दैछन्। खेल अस्ट्रेलियाको मेलबर्न क्रिकेट ग्राउन्डमा नेपाली समय १:४५ बजे दिउँसो सुरु हुनेछ।

एकदिवसीय विश्वकप पछि आईसीसीले आयोजना गर्ने दोश्रो ठूलो प्रतियोगिताको विजेता र अन्य टिमहरुले कति रकम प्राप्त गर्नेछन् यो लेखमा प्रस्तुत गरेका छौँ। आईसीसीले प्रतियोगिता सुरु हुनु एक महिना अघि पुरस्कार रकम घोषणा गरेको थियो।

आईसीसीले टि-२० विश्वकप २०२२ को लागि कुल ५.६ मिलियन डलर अर्थात् ८५ करोड २८ लाख, ४४ हजार नेपाली रुपैयाँ पुरस्कार रकम खर्च गरेको छ।

टि-ट्वान्टी विश्वकप २०२२ को विजेताले १.६ मिलियन डलर अर्थात् २० करोड ९९ लाख ३० हजार नेपाली रुपैयाँ प्राप्त गर्नेछ। उपविजेता टिमले त्यसको आधा रकम प्राप्त गर्नेछ।

१६ देश सहभागी प्रतियोगिताको सेमीफाइनलमा पराजित हुने टिम भारत र न्युजिल्यान्डले ४ लाख डलर अर्थात् ५ करोड १३ लाख १४ हजार नेपाली रुपैयाँ प्राप्त गर्नेछ।

यस्तै सुपर-१२ चरणबाट बाहिरिने ८ वटा टिमले ८९ लाख ८० हजार नेपाली रुपैयाँ प्राप्त गर्नेछन्। यस्तै २०२१ विश्वकप जस्तै सुपर-१२ चरणमा ३० वटा खेलको विजेताले प्रत्येक खेलको ४० हजार डलर अर्थात् ५१ लाख ३१ हजार नेपाली रुपैयाँ प्राप्त गर्नेछन्।

यो पनि पढ्नुस : 

टि-२० विश्वकप फाइनल वर्षाले विथोल्ने सम्भावना, खेल नभए के हुन्छ ? यस्तो छ नियम

Related Posts

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy