टि-२० विश्वकप छनोट : नेपालको पहिलो खेल ओमानसंग ( खेल तालिका सहित )

२०७८ माघ ७, शुक्रबार ०९:५९

यसै वर्ष अक्टोबर १६ तारिख देखि अस्ट्रेलियामा टि-ट्वान्टी विश्वकप प्रतियोगिता आयोजना हुँदैछ। उक्त प्रतियोगितामा आयोजक अस्ट्रेलिया सहित २०२१ टि-२० विश्वकपको प्रदर्शनको आधारमा १२ टिम छनोट भैसकेका छन्। भारत, अफगानिस्तान, बंगलादेश, इंग्ल्यान्ड, नामिबीय, न्युजिल्यान्ड, पाकिस्तान, स्कटल्याण्ड, दक्षिण अफ्रीका, श्रीलंका र वेस्टइन्डिज छनोट भैसकेका अन्य राष्ट्र हुन्।

टि-२० विश्वकप २०१२ मा कुल १६ टिम सहभागी हुनेछन् जसमध्ये अब चार टोलिको टुंगो लाग्न बाँकी छ। उक्त चार टोलिको टुंगो टि-२० विश्वकप ग्लोबल छनोट प्रतियोगिताले गर्नेछ। ग्लोबल क्वालीफायरमा कुल टोलि सहभागी छन् जसलाई दुई वटा समुहमा बिभाजन गरेर आठ/आठ टोलि सहभागी दुई वटा ग्लोबल क्वालीफायर खेलाइनेछ। दुवै प्रतियोगिताबाट दुई/दुई टिम टि-२० विश्वकप २०२२ मा छनोट हुनेछन्।

सन् २०१४ मा बंगलादेशमा आयोजना भएको टि-२० विश्वकप खेलेपछि नेपाल टि-२० विश्वकपमा छनोट हुन सकेको छैन। २०१५ को टि-२० विश्वकप क्वालीफायरमा कमजोर प्रदर्शन गरेको नेपालले त्यसपछि २०२१ टि-२० विश्वकपको एसिया छनोटबाटै बाहिरिएको थियो। यस पटक भने नेपाल टि-२० अन्तर्राष्ट्रिय वरियताको आधारमा सोझै ग्लोबल छनोटमा पुगेको हो।

नेपालले ओमानमा आगामी महिना फेब्रुअरी १७ देखि २४ तारिखमा ग्लोबल क्वालीफायर ‘ए’ खेल्दैछ। प्रतियोगितामा नेपाल सहित आयोजक ओमान, आयरल्याण्ड, जर्मनी, फिलिपिन्स, युएई, बहराईन, क्यानडा प्रतिस्पर्धा गर्दैछन्।

ग्लोबल छनोट (ए) मा सहभागी आठ टोलिलाई दुई वटा समुहमा बिभाजन गरिएको छ। नेपालको समुहमा ओमान, फिलिपिन्स र क्यानडा छन्। अर्को समुहमा युएई, बहराइन, आयरल्याण्ड र जर्मनी छन्। समुह चरणमा सबै टिमले एकअर्कासंग एक/एक खेल खेलेपछि समुहको शिर्ष दुई टिम सेमीफाइनल पुग्नेछ। दुईवटा सेमीफाइनलको विजेता टिम फाइनल पुग्नेछ भने टि-२० विश्वकप २०२२ को लागि समेत छनोट हुनेछ।

समुह ‘ए’ : नेपाल, ओमान, फिलिपिन्स र क्यानडा
समुह ‘बि’ : युएई, बहराइन, आयरल्याण्ड र जर्मनी

प्रतियोगितामा नेपालले पहिलो खेल ओमानसंग फेब्रुअरी १८ तारिखमा ओमान क्रिकेट एकेडेमी मैदानमा खेल्ने छ। खेल नेपाली समय बिहान ११:४५ बजे सुरु हुनेछ यस्तै दोश्रो खेल फिलिपिन्ससंग फेब्रुअरी १९ तारिखमा अल अमिरात क्रिकेट मैदानमा खेल्नेछ। खेल नेपाली समय बिहान ११:४५ बजे सुरु हुनेछ। तेश्रो खेल क्यानडासंग फेब्रुअरी २१ तारिखमा ओमान क्रिकेट एकेडेमी मैदानमा खेल्नेछ। खेल नेपाली समय बेलुका ३:४५ बजे सुरु हुनेछ।

नेपाल Vs ओमान : फेब्रुअरी १८ , ११:४५ बजे बिहान ( ओमान क्रिकेट एकडेमी मैदान )

नेपाल Vs फिलिपिन्स : फेब्रुअरी १९, ११:४५ बजे बिहान ( अल अमिरात क्रिकेट मैदान )

नेपाल Vs क्यानडा : फेब्रुअरी २१, ३:४५ बजे ( ओमान क्रिकेट एकडेमी मैदान )

टि-२० विश्वकप ग्लोबल क्वालीफायरको लागि घोषित नेपाली टिम :
 सन्दिप लामिछाने, कुशल भुर्तेल, आसिफ शेख, दिपेन्द्र ऐरी, ज्ञानेन्द्र मल्ल, शरद भेसावकर, आरिफ शेख, कुशल मल्ल, बिबेक यादव, प्रदिप ऐरी, लोकेश बम, करन केसी, अविनाश बोहरा, कमल सिंह ऐरी, जितेन्द्र मुखिया र शाहब आलम

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy