टि-ट्वान्टी सिरिजका लागि चोटिल वार्नरको प्रतिस्थापनमा शर्ट, कमिंसलाई विश्राम

अष्ट्रेलियाका बायाँ हाते ओपनर ब्याट्सम्यान डेविड वार्नर चोटका कारण भारत विरुद्धको अन्तिम एक दिवसीय तथा टि-ट्वान्टी अन्तर्राष्ट्रिय सिरिजबाट बाहिरिएका छन्। ३ खेलको टि-ट्वान्टी सिरिजका लागि उनको स्थानमा अर्का बायाँ हाते ओपनर ब्याट्सम्यान डार्सी शटले मौका पाएका छन्।

भारतविरुद्ध आइतबार सम्पन्न दोस्रो एक दिवसीय खेलमा फिल्डिंगको दौरान असहज महसुस गरेपछि उनले मैदान छाडेका थिए। जोस हेजलवुडले गरेको चौथौं ओभरको चौथौं बलमा शिखर धवनले हिर्काएको बललाई मिड-अनमा डाइभ गरेर रोक्ने क्रममा उनि घाइते भएका थिए। स्क्यान गर्दा उनलाई ग्रोइन स्ट्रेन पुष्टि भएको थियो।

सिरिज अन्तर्गत पहिलो र दोस्रो खेलमा क्रमशः ६९ र ८३ रन बनाउदै वार्नरले शानदार प्रदर्शन गरेका थिए। उनले कप्तान एरोन फिन्चसंग पहिलो विकेटको लागि उत्कृष्ट साझेदारी गर्दै टिमको जितमा अहम् योगदान दिएका थिए। अष्ट्रेलियाली प्रमुख प्रशिक्षक जस्टिन ल्यांगर वार्नर १७ डिसेम्बरबाट सुरुहुने पहिलो टेस्टका लागि फिट रहनेमा आशावादी रहेका छन्।

प्याट कमिंसलाई विश्राम

अष्ट्रेलियाका दायाँ हाते तीव्र गतिका बलर प्याट कमिंसले तेस्रो एक दिवसीय तथा टि-ट्वान्टी सिरिजका लागि विश्राम पाएका छन्। हाल टेस्ट फर्म्याटको बलिंग वरियतामा पहिलो स्थानमा रहेका कमिंसलाई आगामी टेस्ट शृंखला अगाडी विश्राम दिएको हो। २७ वर्षीय कमिंसले पहिलो एक दिवसीयमा विकेट हात पार्न असफल रहेका थिए भने दोस्रो एक दिवसीयमा ६७ रन खर्चिएर ३ विकेट लिएका थिए।

“प्याट र डेवि टेस्ट सिरिजका लागि हाम्रो योजना अनुसार निकै महत्वपूर्ण छन्”

“डेविले आफ्नो चोटमा काम गर्नेछन्। प्याटको केसमा सबै खेलाडीलाई चुनौतिपूर्ण समरमा शारीरिक र मानसिक रुपमा फिट राख्न महत्वपूर्ण हुन्छ। मुख्य प्राथमिकता भनेको ठुलो र महत्वपूर्ण टेस्ट सिरिजको लागि पूर्ण रुपमा फिट राख्ने हो।” प्रमुख प्रशिक्षक ल्यांगरले बताए।

सिरिज अन्तर्गत घरेलु टिम पहिलो एकदिवसीयमा ६६ रनले दोश्रो एकदिवसीयमा ५१ रनले विजयी भएको थियो। तेश्रो तथा अन्तिम खेल डिसेम्बर २ ( बुधबार ) मा खेलिनेछ। त्यसपछि दुइ टिम बीच डिसेम्बर ४ देखि तिन वटा टि-२० को तथा डिसेम्बर ११ देखि चार वटा टेस्टको सिरिज खेलिनेछ।





थप समाचार

नामिबियामाथि स्कटल्यान्डको सहज जित

काठमाडौं । नामिबियामाथि स्कटल्यान्डले विश्वकप लिग टू सिरिज अन्तर्गतको खेलमा सहज जित हात पारेको छ । लिग टू सिरिज अन्तर्गत […]

पहिलो दिन नै खस्यो १३ विकेट

काठमाडौं । वेस्ट ईन्डिज र इंग्ल्याण्डबीचको तेस्रो तथा अन्तिम टेस्टको पहिलो दिनको खेलमा १३ विकेट खसेको छ । पहिलो दिन […]

पाकिस्तानलाई हराउँदै श्रीलंका फाइनलमा

काठमाडौं । श्रीलंकामा जारी एसिया कपको शुक्रबार भएको दोस्रो सेमिफाइनलमा पाकिस्तानलाई ३ विकेटले पराजित गर्दै घरेलु टोली फाइनलमा पुगेको हो। […]

टिएनपीएल सेप्टेम्बरमा हुने

काठमाडौं । तास्मानियन नेप्लीज क्रिकेट एसोसिएसनको आयोजनामा आगामी सेप्टेम्बरमा तास्मानियन नेप्लिज प्रिमियर लिग (टिएनपीएल) आयोजना हुने भएको छ । आयोजना […]

बंगलादेशलाई हराउँदै भारत नवौं पटक फाइनलमा

काठमाडौं । बंगलादेशलाई पराजित गरि भारत नवौं पटक एसीसी महिला एसिया कपको फाइनलमा प्रवेश गरेको छ । शुक्रबार भएको पहिलो […]

नेदरल्यान्ड्समा भ्रमणका लागि क्यानडाको टोली घोषणा

काठमाडौं । नेदरल्यान्ड्समा हुने  घरेलु टोली, अमेरिका तथा क्यानडा सहभागी रहने विश्वकप लिग टू सिरिज तथा त्रिदेशीय टी-२० सिरिजका लागि […]