भारतले टस जित्यो, पहिले ब्याटिङ गर्दै

२०८१ असार १६, शनिबार १९:५४

काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकप खेलमा भारतले दक्षिण अफ्रिकाविरुद्ध टस जितेको छ ।

वेस्ट इन्डिजको बारबाडोसमा भारतका कप्तान रोहित शर्माले टस जितेर ब्याटिङ रोजेका हुन् ।

पहिलो पटक फाइनलमा स्थान बनाएको दक्षिण अफ्रिका भारतलाई पराजित गर्दै इतिहास रच्ने लक्ष्यमा छ । दक्षिण अफ्रिका यो विश्वकपमा अपराजित रहँदै फाइनल पुगेको हो । उसले यसअघि खेलेका आठै खेल जितेको थियो ।

उता, २००७ मा भएको पहिलो संस्करणको उपाधी विजेता भारत पनि दक्षिण अफ्रिकालाई हराउँदै उपाधी जित्ने लक्ष्यमा छ । २०१३ देखि आइसीसीको कुनै पनि प्रतियोगिता जित्न नसकेको भारत उपाधीको खडेरी तोड्न चाहन्छ । भारत पनि प्रतियोगितामा अपराजित रहेर फाइनल पुगेको हो ।

Leave a Reply

© 2026 WicketNepal - WordPress Theme by WPEnjoy