भारतले टस जित्यो, पहिले ब्याटिङ गर्दै
, २०८१ असार १६, शनिबार १९:५४
काठमाडौं । नवौं संस्करणको टी-२० विश्वकप खेलमा भारतले दक्षिण अफ्रिकाविरुद्ध टस जितेको छ ।
वेस्ट इन्डिजको बारबाडोसमा भारतका कप्तान रोहित शर्माले टस जितेर ब्याटिङ रोजेका हुन् ।
पहिलो पटक फाइनलमा स्थान बनाएको दक्षिण अफ्रिका भारतलाई पराजित गर्दै इतिहास रच्ने लक्ष्यमा छ । दक्षिण अफ्रिका यो विश्वकपमा अपराजित रहँदै फाइनल पुगेको हो । उसले यसअघि खेलेका आठै खेल जितेको थियो ।
उता, २००७ मा भएको पहिलो संस्करणको उपाधी विजेता भारत पनि दक्षिण अफ्रिकालाई हराउँदै उपाधी जित्ने लक्ष्यमा छ । २०१३ देखि आइसीसीको कुनै पनि प्रतियोगिता जित्न नसकेको भारत उपाधीको खडेरी तोड्न चाहन्छ । भारत पनि प्रतियोगितामा अपराजित रहेर फाइनल पुगेको हो ।
थप समाचार
अन्तर्राष्ट्रिय क्रिकेट
नेपालको सुपर थ्रीको सम्भावना कायमै
काठमाडौं। आइसिसी महिला टी-२० विश्वकप एसिया छनोटमा बहराइनलाई पराजित गरेको नेपालको सुपर थ्रीको सम्भावना कायमै रहेको छ। थाइल्यान्डको बैङ्ककस्थित टेर्डथाई […]
नेपाली क्रिकेट
बेलायत जाने नेपाली टोलीको बिदाइ
काठमाडौं। आइसिसी विश्वकप लिग २ अन्तर्गत त्रिकोणात्मक एकदिवसीय सिरिजका लागि स्कटल्यान्ड जाने नेपाली क्रिकेट टोलीको बिदाइ भएको छ। नेपाल क्रिकेट […]
आईपीएल
नेपाल हङकङसँग पराजित
काठमाडौं। नेपाल आइसिसी महिला टी–२० विश्वकप एसिया छनोटमा हङकङसँग पराजित भएको छ। मंगलबार सम्पन्न खेलमा नेपाल सात विकेटले पराजित भएको […]